Showing posts with label Ghazal. Show all posts
Showing posts with label Ghazal. Show all posts

Friday, October 6, 2017

गजल १०७

बतास चल्दा जहाँ-जहाँ छेकिएको थियो
ठिक त्यहीँ हाँगा सिधा देखिएको थियो

त्यो प्रेमपत्र आगोले नि जलाएन आखिर
"मन सागर हो" त्यसमा लेखिएको थियो

गजल १०६

एक हातमा फूल अर्कोमा छुरी छ
ऊ सँग नै अँगालिन मञ्जुरी छ

टाढा हुँदा माया हुन्छ त्यसैले त
सँगै हिँड्दा छुटिन कै आतुरी छ

Sunday, November 20, 2016

गजल १०५

प्राइभेटमा के छ? सरकारीमा के छ?
काम त काम हुनुपर्थ्यो‌, रोजगारीमा के छ?

Sunday, September 25, 2016

गजल १०४


हरेक जन्मदिनले भन्छ मेरो उमेर बढेको छ
हरेक दिन मलाई लाग्छ मेरो आयू घटेको छ

Sunday, August 28, 2016

गजल– १०३

बाटोले नि सोध्न थाल्यो आखिर पुग्ने कता रै'छ?
बाटोलाई नि थाहा छैन सक्किने ऊ कहाँ रै'छ?

बाटो हेरी बाटैबाटो अघि लाग्यो एक फिरन्ते
दोबाटोको घर भित्र टुङ्गिने एक कथा रै'छ

Sunday, August 21, 2016

गजल १०२

यो रातमा टिल्पिलाउँछन् तारा एक्लै भएर
अँगालोमा राखेको छु मैले जून बेरेर

तिमी आए पछि अब भित्ता भित्ता बोल्नेछन्
राखेका छन् अनिँदा रातका कथा साँचेर

Wednesday, August 3, 2016

गजल १०१

कि त आफैं बाटो खोलिदेऊ भगवान्
या कोदालो हातमा राखिदेऊ भगवान्

अरु केही पनि माग्ने छैन तिमीसँग
बस् आमाका इच्छा बुझिदेऊ भगवान्

Saturday, June 25, 2016

गजल १००

Image by: ImageZoo
मालीले फूल टिपी कोसेली दियो
उसलाई मौरीसँग दुश्मनी थियो

आफ्नो दुःखभन्दा के ठूलोे खोज्दैथेँ
त्यही बेला नौलाख तारा गनियो

Wednesday, June 15, 2016

गजल ९९

जो थिए भुली गए, जो छन् ती मीत भए
मायालु फेरिनु त मायाका रीत भए

धूलोका पत्रपत्र फ्रेमका घुम्टी बने
जब त्यो तस्बिरका मुस्कान अतीत भए

Thursday, May 19, 2016

गजल ९८

हजार चोट सहेर उ हाँसे जस्तो गर्छ
आकाश पाताल बीचको हद नापे जस्तो गर्छ

अचानोले खुकुरीलाई प्रेम त गर्न खोज्छ
हरेक चोटमा ती गोदना खोपेे जस्तो गर्छ

Monday, May 16, 2016

गजल ९७

त्यो बसन्त पछि वर्षात् लगातार आएको छ
एक फूल झरेपछि बूँद हजार आएको छ

फूल टिप्न हुन्न भनि जसले भन्यो जिन्दगी भर
उसको चितामा फूलगुच्छा उपहार आएको छ

Monday, August 24, 2015

गजल ९६


Sad Clown by Steven Ponsford
भुलिएला पीडा सबै घाउ निको हुञ्जेलसम्म
चोट माथी चोट दिनु बरू खत बसुञ्जेलसम्म

विषले विष काट्छ भनि सुने थियो कसैबाट
विष माथि विष पिई रह्यो प्राण रहुञ्जेलसम्म

दिल जल्दा ओँठ चल्दा कान बन्द हुन्छन् अरे
मौनता यो मेरो तिम्रो रीस नमरूञ्जेलसम्म

भत्केको घरबाट निस्की जुलुसमा मिसिएँ म
भाग्य बैरी यो सतीको श्राप नहटुञ्जेलसम्म

खरानीले छोपी राख्नु कलिला ती पालुवाहरू
यो डढेलो रहने हो बतास चलुञ्जेलसम्म

#कैलालीकाण्ड
२०७२ भदौ ०७

Monday, July 6, 2015

गजल - ९५

मालीले फूल टिपेर कोसेली दियो
उसलाई मौरीसँग दुश्मनी थियो

आफ्नो दुःख भन्दा के ठूलोे खोज्दैथेँ
त्यही बेला नौलाख तारा गनियो

Thursday, June 11, 2015

गजल - ९४

के पो थिएँ म, के भएँ अहिले
अहिले म छु, के थिएँ पहिले

संसार देख्थेँ, आँखा खुल्ला थिए
आँखामा सपना पाल्ने गर्थे मैले

एकतारे सुनिनेछ बुझिनेछ
अरू साज थाक्ने छन् जहिले

Friday, June 5, 2015

गजल - ९३

तिमी हाँस्दै गरेको ठूलो तस्बीर अझै हासेकै छ
भलै निधार बीचमा त्यसको सीसा चर्केको छ

हाम्रो कोठामा जताततै धूलै–धूलो जमेको छ
जहाँ छुन्छु त्यहाँ तिम्रो नाम लेख्न मिलेको छ

(धन्यवाद विनु सुवेदीलाई, यो शेरको भावका लागि)

तिम्रा सबै सामानहरू यो कोठामा उस्तै नै छ
मात्र पात्रो फेरिएको छ, घडी घुमी रहेको छ

म आकाशमा जून हेर्छु त्यही जून मलाई हेर्छ
यो दूरीमा जून र मेरो चोखो प्रेम बाँचेको छ

जति हिँडे पनि पाईला पुग्ने छैन लक्ष्य सम्म
हरेक नयाँ दोबाटोमा गलत बाटो रोजेको छ

Monday, April 13, 2015

गजल ९२



न त अडाउँछ न त बहाउँछ लहर
घोप्टिएको डुङ्गालाई के छाल के बगर

जुन यात्रीले बाटोलाई अपनाउँछ
पाईला जहाँ रोकिन्छ, त्यही हो घर

समय मै आउनु जोगाउनु मलाई
म्याद हुन्जेल ओखती, गुज्रेमा जहर

Sunday, November 23, 2014

गजल ९१

 कि त तिम्रो त्यो मन भारी हो
नत्र त्यो सोच अहंकारी हो

पस्किनु अघि भन्नुपर्थ्यो नि
हजुर पनि मांसाहारी हो

Monday, August 25, 2014

बा (गजल)

मन्दिर मस्जिद धाउने संसार मैले पनि भोगेको छु
बा ले कपाल मुसार्दा नै मैले देव भेटेको छु

कलिला यी पाईलालाई हल्लाउँथ्यो यो धरती
मेरो बा को औंला थामी म अझै नि अडेको छु

Sunday, January 12, 2014

बालुवामा (गजल-८९)

नगरुँ भो अब जोरजाम बालुवामा
महलको हुन्न केही काम बालुवामा

लहर बनि आउनु विलिन गर्नु आफूमा
लेखिनेछु फेरी बदनाम बालुवामा

किनाराको प्यास हो या नदी नै छ प्यासी
छालहरु किन लाग्छन् लाम बालुवामा

Monday, November 25, 2013

बिहानीको प्रहरमा (गजल - ८८)

जसो गरी रमाउँछ बच्चा नयाँ शहरमा
रमाउँदै छु सपनामा बिहानीको प्रहरमा


भत्काउँछु छिनमा नै छिनमै जोड्छु नयाँ संसार
घटजोडले नयाँ रंग खुल्छन् मेरो रहरमा



शिशिरको स्याँठ होस् वा बसन्तको मन्द बतास्
प्रेमिल गीतका धुनहरू सुहाउँछन् अधरमा

Popular Posts