Sunday, September 25, 2016

गजल १०४


हरेक जन्मदिनले भन्छ मेरो उमेर बढेको छ
हरेक दिन मलाई लाग्छ मेरो आयू घटेको छ

चुँडिएको चङ्गालाई कस्तो लाग्छ होला?
माथी उडी रहेको छ कि त्यो खस्दै गरेको छ

सानो छँदा सपनामा भगवान आउँथे सँगै खेल्न
जीवन बुझ्न परेपछि निँद्रा मेरो खुम्चेको छ

उसले भन्थ्यो मैले सँधै मलाई मात्र माया गरेँ
भन्नै सकेन मलाई उसलेे बढी माया गरेको छ

पहाड-मैदान छाल खाने लहरका भाका सुन्यौ?
बरालिने एउटा नदीलाई सागरले डाकेको छ

1 comment:

  1. उसले भन्थ्यो मैले सँधै मलाई मात्र माया गरेँ
    भन्नै सकेन मलाई उसैले बढी माया गरेको छ ।।

    माथिका हरफहरु मनपर्‌यो मलाई ।

    ReplyDelete

Popular Posts