Tuesday, December 10, 2013

जागिर

आजकाल कार्यालयमा म कामहरुबाट 
फुर्सद निकालेर व्यस्त हुने गरेको छु

काम सघाउने बहानामा
आफ्नो काम गर्न उनको टेबल सामु
उभिएको हुन्छु


औंलाहरू टेबलमा छरिएका कागजहरूसँग 
बल्झिँदै-अल्झिँदै गर्दा 
कानको लोतीबाट फुस्किएर 
गाला र ओँठसँग जिस्किदै गरेका 
कपालका रेशाहरूलाई

Monday, November 25, 2013

बिहानीको प्रहरमा (गजल - ८८)

जसो गरी रमाउँछ बच्चा नयाँ शहरमा
रमाउँदै छु सपनामा बिहानीको प्रहरमा


भत्काउँछु छिनमा नै छिनमै जोड्छु नयाँ संसार
घटजोडले नयाँ रंग खुल्छन् मेरो रहरमा



शिशिरको स्याँठ होस् वा बसन्तको मन्द बतास्
प्रेमिल गीतका धुनहरू सुहाउँछन् अधरमा

Sunday, November 10, 2013

यसपाली भोट के मा?

चारै तिर चुनावको चर्चा छ । कोही चुनाव हुन्छ र जितौंला भनेर चर्चा गर्नमा व्यस्त छन् । कोही चुनाव होला र आफू हारिएला, हराइएला भनेर विरोध गर्न व्यस्त छन् । जे जस्तो होस्, नेपाली लागि पर्या छन् चुनावमा । 

अधिकांशलाई चुनावसँग वास्ता छैन भन्दै चुनावकै गफ गर्नबाट फुर्सद छैन । सबै चोर हुन्, कसले चै के गर्छ र भन्दै कोही न कोहीलाई गाली गर्नबाट फुर्सद हुन्न यस्तालाई । कोही भने भोट हाल्दिन भन्दै कुर्लदै छन्, भने कोही चै कसले खुवाउँला र त्यसका नाममा भोट हाल्छु भनि गफ दिउँला भनेर ढुकेर बसेका छन् । 

Friday, November 8, 2013

म गन्दैछु (गजल - ८७)

दूर आकाश भरी तारा जमात भए ।
म गन्दैछु कति रहर बर्बाद भए ।।


भेट भ'को हिजै जस्तो मात्र लाग्छ?

पुरानो भो साथ अनि ती याद भए ।।

Friday, October 25, 2013

बातका याद (गीत)

स्वरः छिरङ शेर्पा र श्रेया सोताङ
संगीतः कालीप्रसाद बासकोटा
शब्दः एकतारे


तिम्रो मेरो बिचको स-सानातिना बात
मिठो-मिठो बनेको छ यो हाम्रो साथ
छरिएका यी क्षण यी पल हामी बिच
गाँसिएर टुक्रा टुक्रा बन्दैछन् याद

दुःख बाँडे दुःखै घट्ने, दुःख सुनाउ तिम्रो
सुख बाँडे खुशी बढ्ने, सुख लैजाउ मेरो
बाँडी चुँडी साँचौं मुटु भरी
फेरीफेरी जिन्दगी यो गरौं साटासाट

जिन्दगी यो बढे जस्तै बढ्दै जाओस् माया
जिन्दगी यो घाम बने यही नै बनोस् छाया
घामछायाँ एकै भएसरी
जुनिजुनि रहीरहोस् हाम्रो यो साथ...

Wednesday, July 31, 2013

Seoul-mates: Ektaare Photography

It's fascinating to study people while roaming around Seoul city. Everyone of them is busy in themselves. But you'll always find people who care each other forgetting their surrounding. Here are some photographs taken around Seoul. Everyone of them are speaking their story, you can feel it. (Click the picture to Large view)

Tuesday, July 30, 2013

मिसाइल त्रास (कथा)

तस्वीर साभारः नेपाल साप्ताहिक
साँझको बेला हल्का हिउँ जस्तो आकाशबाट झर्दै थियो। हिउँ हो वा पानी हो, मैले ठम्याउन सकिनँ। सब-वे भित्र एसीको तातो हावाबाट एक्कासि खुलामा आउँदा अत्यन्त चिसो महसुस भयो। चिसोले ठिहिर्‍याएर हात पाइन्टको खल्तीभित्र हालेँ। अप्रिलको सुरुआतमा यो अचम्मको मौसम थियो। हिजोसम्म कलेजमा प्रोफेसरले 'स्प्रिङ् लाग्यो, अब मौसम न्यानो हुन्छ, जताततै स्प्रिङ् फूलहरू देखिनेछ' भन्दै थिए त। क्यामेरा लिएर घुम्ने बेला आयो भनेर म फुरुङ्ग परेको थिएँ। तर, यो चिसोपनले अर्कै मोड ल्याउँदै छ।

नयाँ ठाउँ, नयाँ वर्ष र नेपाली अनुभूति

नयाँ वर्षको पहिलो दिन, त्यो पनि विदेशमा । देशमा हुँदो हुँ त क्यालेन्डर, रेडियो, टिभी, सुनसान बाटोघाटो आदि-ईत्यादीले चिच्याई चिच्याई नयाँवर्ष र विदाको घोषणा गर्दो हो । तर यो देशमा नयाँवर्षको चहलपहल कहाँ र किन पाउनू? फेसबुकमा नेपाली राजदूतावासका कर्मचारीहरूले नयाँवर्षको अवसरमा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको जानकारी गराएका थिए, जाउँ कि जस्तो लागेको थियो । त्यसै पनि बीसवटा देशका मान्छेसँग कनिकुथी अँग्रेजी बोल्दा बोल्दै वाक्क भईसकेको थिएँ । राम्रै जमघट होला नेपालीहरूको, केही नभए पनि नेपाली त बोल्न पाईन्छ नि भन्ने सोचियो । अरू युनिभर्सिटीमा पढी रहेका साथीहरू पनि जाने भएपछि, जाने जाँगर चल्यो । फेरी हिजो भर्खर किनेको नयाँ क्यामेरामा नेपालीहरूको फोटो खिँचेर नै उद्घाटन गरुँ कि जस्तो लागेर आयो । 

साथीहरू सँग साँझ दूतावास नजिकको स्टेसन बाहिर भेला हुने सल्लाह भयो । दूतावास भर्खरै नयाँ भवनमा सरेको रहेछ, कसैले देखेको चैं रहेनछ । दिइएको ठेगाना पहिले नै गुगल नक्सामा हेरेको चै थिएँ तर नक्सामा हेर्नु र ठाउँमै पुगेर हेर्नुमा आकाश जमिनको फरक हुन्छ । त्यसमाथि कसैको पनि मोबाईलमा ईन्टरनेट नचल्ने, कसरी जाने भन्ने समस्या पर्यो । एकजना साथीले दूतावासमा फोन गरेर बाटो सोध्नु भयो,

Tuesday, June 25, 2013

म फुर्सदमा छु (गजल ८५)

बगरका ढुंगा टार्छु, म फुर्सदमा छु ।
हिउँदमा बाढी बार्छु, म फुर्सदमा छु ।।

काम गर्ने कोही यता भेटिएलान् कि ।
देश बनाउने बात मार्छु, म फुर्सदमा छु ।।

ढिलो गरे पक्का हुन्छ हतारमा के भर ।
कामकाज पर सार्छु, म फुर्सदमा छु ।।

ढुंगा ढुंगा जुटे पहाड, जुधेमा धूलो ।
धूलो माटो नै बढार्छु, म फुर्सदमा छु ।।

फलको आश नगर भनि 'गीता'ले भन्यो । 
जित्न बाँकी सबै हार्छु, म फुर्सदमा छु ।।

'एकतारे' सँधै मिठो कहाँ होला र? ।
चुप् लाग् भनि म हकार्छु, म फुर्सदमा छु ।।

Saturday, June 8, 2013

दाग

बसन्तपुरको ईनारमाथी बसेर
सिसाको गिलासमा लोकल चिया
खुब स्वाद मानेर खान्थयौँ

मिठो स्वाद चियाको हुन्थ्यो कि गफको
कि हाम्रो साथको हुन्थ्यो
कहिल्यै याद गरिएन

एकदिन गफैगफमा
दिल खोलेर हाँस्दा
तिम्रो गिलासको चिया छल्किएर
मेरो छातीमाथी पोखिएको थियो
तातो चियाले पोलेको थियो,
तर पोलाइले पीडा दिएन


अहिले पनि त्यही टिशर्ट लगाउँछु
हरेक चोटी धुन खोज्दा
सेतो टिशर्टमा लागेको दाग
नमेटियोस् जस्तो लाग्छ

Sunday, May 26, 2013

ठगलाई ठग्दा

"ल है कलंकी ओर्लिने कोही छ भने आऊनुस् है "
कानै नजिक कन्डक्टर चिच्याए पछि मेरो निद्रा खुल्यो । घडी हेरेँ, रातीको ११ बजिसकेको रहेछ ।
विहान ७ बजेदेखि बसको साँघुरो सिटमा एकोहोरो बसाई, खानीखोला देखि शुरु भएको एकोहोरो जाम, उकालोमा इञ्ची इञ्ची गर्दै सरेको बसको पट्यार लाग्दो घच्घच्याईले मस्त निदाईएछ । सिटमा सँगै बसेको साथी पनि कता ओर्लिसकेछ थाहै भएन । चावहिलसम्म जाने भन्दै थियो, सँगै जाउँला भनेर सोचेको थिएँ । अब एक्लै जानु पर्ने भयो ।हुन त नजिकै त हो बसुन्धरा भनेको । फेरी बस पनि पाइएला भन्ने आशा जाग्यो ।कलंकी मै आधाउधी बस खाली भयो । स्वयम्भू पुग्दा त बसमा बसकाो स्टाफ बाहेक जम्मा  ४ जनामात्र बाँकी रह्यौँ ।एउटै परिवार थियो बाकी तीनजना, त्यो पनि म्हेपी जाने रहेछन् । भन्नाले, म मात्र बाँकी रहेँ ।

बसपार्क बाहिरै ओर्लिएँ ।
बस रोक्ने ठाउँमा हेरेँ, लहरै ट्याक्सीहरू रहेछन् । ट्याक्सीहरू भित्र बत्ती नबलेको देख्दा लाग्दै थियो सबै ड्राइभर सुतिरहेछन् । २० मिनेट कुरेँ, बाटोमा फाट्ट फुट्ट बाइक बाहेक केही पनि आएन । अब ट्याक्सी चढ्नुको विकल्प रहेन ।

Wednesday, May 22, 2013

आँसु सुकाउँछ (गजल ८४)

दुःखी मन बरसातमा आँसु सुकाउँछ
आकाश बढी दुःखी भनि चित्त बुझाउँछ


मायालुले प्रेम सँगै चोट पनि दिन्छन्
थाहै हुन्न मनमा के कति अटाउँछ

Friday, May 17, 2013

घामको चुम्बन (कविता)


मैले घामलाई केही सिकाएर पठाएको छु 
तिम्रो सामु क्षितिजमा डुब्दै गर्दा 
तिमिलाई त्यो घामले दिने शीतल आभासमा 
मेरो अनुभूती गर्नु


त्यो साँझको घाम सँगै 
सुनौला सपना पठाएको थिएँ

Saturday, May 11, 2013

सादा प्रेमपत्र (कविता)

लेख्दा लेख्दै प्रेमपत्र,
बतासले यी कागजका पाना उडाई लगे कता कता
बेमौसमी बर्सातले
पोखिएका मनका बह सबै
पखालेर फेरी सादै पारिदिए होलान् ती पानाहरू

भन्छन्,
यो बर्सातको पानी
धरतीको उचाइँ र मैदान छिचोल्दै

Monday, April 29, 2013

झरी (कविता)

आकाशमा बदली भएको देख्दादेख्दै पनि 
छाता नबोकी घरबाट निस्कने
अझै बाँकी छन् यो शहरमा?
 

सिमसिम झरीमा म रुझ्दै गर्दा 
बाटोमा मुस्कान साट्ने कोही त भेटियोस्

Tuesday, April 23, 2013

बेरोजगार कवि (कविता)


तिम्रा लागि केही मिठा शब्द भरी
कविता लेखुँ भन्दा
तिम्रो अघि सबै बिम्ब फिक्का लाग्न थाल्छन्
घन्टौं घन्टौं घोरिन्छु
अन्तमा
मात्र दुई शब्द बाँकी रहन्छन् लेख्नका लागि
एउटा तिम्रो नाम, अर्को माया

स्काईपमा तिमी सँग बात गर्दा
म चुप्प लागेर 
एकोहोरो तिम्रा कुराहरू सुन्छु

पृष्ठभूमिमा हिन्दी– नेपाली– अँग्रेजी –उर्दू
रोमान्टिक गीतहरू
र्र्यान्डम मोडमा बजेको सुन्दा
कति झिँझो लाग्दो हो, कति रिस उठ्दो हो
विन्ती !नरिसाई देउ है

म ती गीतहरूमा प्रेमिल शब्दहरू खोज्दैछु

प्रेममा मान्छे कवि बन्छ भन्थे
प्रेममा परेर यो कवि
बेरोजगार भएको छ !!

दुई धारा नुनिलो (गजल ८३)

Monday, April 22, 2013

रूझाई (कविता)

मनको कुनामा तह मिलाई वरी
पट्याएर राखेका यादहरू
पत्रपत्र फुकाएर फैलाउन खोज्दैछ जूनले
अब रातको प्रहरमा झल्यास्स उज्यालो हुनेछ
बिजुली चम्किनेछ
 बदली हुनेछ
अनि,
आज
फेरी पनि यादहरू भिज्नेछन्

Saturday, March 23, 2013

I Miss Gali ~ आई मिस गाली !

देश छोडेको लगभग एक महिना पुगेछ । आफू मस्तराम मान्छे, जहाँ पुगेपनि रमाउन सक्ने भएकाले रमाइएकै छ । फेरी संसार पहिले जस्तो ठूलो रहेन । मात्र केही घन्टाको समयान्तरले पारेको अप्ठेरो बाहेक भेटघाट, गफगाफमा खासै समस्या परेको छैन । फेसबुक, टुइटर, स्काइप, भाइबर, काकाओ, व्हाट्स एप लगायत विभिन्न माध्यमहरूबाट कुरा गर्न मनलागेका मान्छेहरू भेटिएकै छन्, गफ हाँकिएकै छ । यतापनि चिनाजान बढेपछि जिन्दगी सजिलो भएको छ । सबै सँग रमाइलो  गरिन्छ र सँधै खुशी रहने मान्छेको रूपमा चिनिएको छु । कसैले रमाइलो गरेकोमा चित्त दुखाएका छैनन् । 

तर केही कुरा साँच्चिकै मिस हुन्छन् । यो भाषा र संस्कृति नमिल्ने ठाउँमा मलाई सबैभन्दा मिस हुने कुरा चाँही 'गाली' हो । ब्लगमा छाडा नलेखुँ भनेको तर विषयवस्तु नै त्यही भएपछि म विप बिना नै सबैकुरा भन्छु । चित्त नबुझाउन पाउनु हुन्न कसैले । 

बाटोमा एक्कासी पुरानो साथी भेटियो भने के भन्नुहुन्छ? हाम्रो त सबैभन्दा पहिलो जाने सम्वाद नै
"मुजी...कहाँ मर्या थिस् साले?"
"ओइ जाँठ्ठा केटी पाएपछि खुब भाउ खाछस् है!!? "

Friday, March 1, 2013

रमाउँदै थिएँ (गजल– ८२)

जब म बाटोमा हराउँदै थिए
मलाई कुर्नेहरू रिसाउँदै थिएँ


अल्मलिए पाईला झनै हतारमा
डराउँदै थिएँ कि रमाउँदै थिएँ

जहाँ पनि पुग्छु त्यही जून देख्छु
म आकाशे स्वप्न सजाउँदै थिएँ

उसले सोध्छ मेरो आँसु किन छैन?
आँखाका सपना जोगाउँदै थिएँ

मेरो मनबाट म कहिले निस्किन
जता पुगेँ पनि रमाउँदै थिएँ

Tuesday, February 19, 2013

भुलाउनु छ (गजल ८१)

सपना तिम्रो देख्दै तिमीलाई भुलाउनु छ
आखिर कुनै बहानामा निदरी त्यो बोलाउनु छ

बोतल लिँदा दोधार हुन्छ पिउँ कि नपिउँ भनि
नशा माथी अर्को नशा फेरी किन  मिसाउनु छ

भरिएथ्यो तिम्रो माया अब याद नि थपियो
एउटा सानो मुटु मेरो कति ठूलो देखाउनु छ

नगर भो प्रस्ताव अब नायक बन्न त्यो कथामा
छोड यार ! मलाई किन जमाना हसाउनु छ

ठेक्का नलि 'एकतारे' संसारको दुःख साट्ने
यौटा छाडी बाँकीलाई त पक्कै रूवाउनु छ

Sunday, February 3, 2013

केही कविताहरू


१. दूरी


हामी बिच खहरे उर्लिएको छ
को पारी जाने, को वारी आउने?
मौसम फेरिएला,
खहरे सुस्ताउला
विश्वास जिउँदै राखौं
आउ,
बगरमा फूल फुलाई
प्रतिक्षा गरौं


२. रूप

तिमीले मलाई हेर्दा ऐना बन्न भन्छ्यौ
मलाई हेरी रहदाँ मुस्काई रहन्छु भन्छ्यौ
तर थाहा छ? चोट लागे ऐना त फुट्छ नि


३. त्रिवेणी
डायरी मे दबा हुवा सूखा गुलाब लौटा आया
कहती थी आजकल मेरे शेर बहुत चुभतेँ हैँ
उम्मिद मे हुँ के वो खिल के वापस आएगेँ


४. गुलजार
जिन राहों मे हम चले, सिर्फ धूल मिट्टी देख पाते है
गुलजार वो है, जो धूल मिट्टीको तालमहल बना देँते है

५. शेर
ये अंधेरा क्या निगलेगा मुझे ! मैं खुद इस में समा जाऊँ ।

ये देर का सूरज क्या काम, अब उजाले चुभेंगे मुझे ।।
 
 

Popular Posts