नयाँ वर्षको पहिलो दिन, त्यो पनि विदेशमा । देशमा हुँदो हुँ त क्यालेन्डर, रेडियो, टिभी, सुनसान बाटोघाटो आदि-ईत्यादीले चिच्याई चिच्याई नयाँवर्ष र विदाको घोषणा गर्दो हो । तर यो देशमा नयाँवर्षको चहलपहल कहाँ र किन पाउनू? फेसबुकमा नेपाली राजदूतावासका कर्मचारीहरूले नयाँवर्षको अवसरमा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको जानकारी गराएका थिए, जाउँ कि जस्तो लागेको थियो । त्यसै पनि बीसवटा देशका मान्छेसँग कनिकुथी अँग्रेजी बोल्दा बोल्दै वाक्क भईसकेको थिएँ । राम्रै जमघट होला नेपालीहरूको, केही नभए पनि नेपाली त बोल्न पाईन्छ नि भन्ने सोचियो । अरू युनिभर्सिटीमा पढी रहेका साथीहरू पनि जाने भएपछि, जाने जाँगर चल्यो । फेरी हिजो भर्खर किनेको नयाँ क्यामेरामा नेपालीहरूको फोटो खिँचेर नै उद्घाटन गरुँ कि जस्तो लागेर आयो ।
Showing posts with label Article. Show all posts
Showing posts with label Article. Show all posts
Tuesday, July 30, 2013
नयाँ ठाउँ, नयाँ वर्ष र नेपाली अनुभूति
Saturday, March 23, 2013
I Miss Gali ~ आई मिस गाली !
देश छोडेको लगभग एक महिना पुगेछ । आफू मस्तराम मान्छे, जहाँ पुगेपनि रमाउन सक्ने भएकाले रमाइएकै छ । फेरी संसार पहिले जस्तो ठूलो रहेन । मात्र केही घन्टाको समयान्तरले पारेको अप्ठेरो बाहेक भेटघाट, गफगाफमा खासै समस्या परेको छैन । फेसबुक, टुइटर, स्काइप, भाइबर, काकाओ, व्हाट्स एप लगायत विभिन्न माध्यमहरूबाट कुरा गर्न मनलागेका मान्छेहरू भेटिएकै छन्, गफ हाँकिएकै छ । यतापनि चिनाजान बढेपछि जिन्दगी सजिलो भएको छ । सबै सँग रमाइलो गरिन्छ र सँधै खुशी रहने मान्छेको रूपमा चिनिएको छु । कसैले रमाइलो गरेकोमा चित्त दुखाएका छैनन् ।
तर केही कुरा साँच्चिकै मिस हुन्छन् । यो भाषा र संस्कृति नमिल्ने ठाउँमा मलाई सबैभन्दा मिस हुने कुरा चाँही 'गाली' हो । ब्लगमा छाडा नलेखुँ भनेको तर विषयवस्तु नै त्यही भएपछि म विप बिना नै सबैकुरा भन्छु । चित्त नबुझाउन पाउनु हुन्न कसैले ।
बाटोमा एक्कासी पुरानो साथी भेटियो भने के भन्नुहुन्छ? हाम्रो त सबैभन्दा पहिलो जाने सम्वाद नै
"मुजी...कहाँ मर्या थिस् साले?"
"ओइ जाँठ्ठा केटी पाएपछि खुब भाउ खाछस् है!!? "
"मुजी...कहाँ मर्या थिस् साले?"
"ओइ जाँठ्ठा केटी पाएपछि खुब भाउ खाछस् है!!? "
Tuesday, November 27, 2012
धुँवागफ - जाँडवार्ता
फेसबुकमा साथीले एउटा भिडियो शेयर गरेको रहेछ । कुनै देशमा बालबालिका प्रयोग गरेर धूमपान गर्ने व्यक्तिहरू माझ चेतना फैलाउने गज्जबको तरिका अपनाइएको रहेछ । मैले पनि केही साथीहरूलाई मेसेज मार्फत त्यो भिडियोको लिंक दिएँ ।
Best Video Against Smoking
हेरिसकेपछि एकजना महिला साथीको जवाफ तुरुन्त आयो
"हेरेँ"
"कस्तो प्रभावकारी हुन्छ है? हाम्रो तिर पनि यसो गर्न पाए त..."
"हो त्त... मलाई पनि अहिल्यै छोडूँ छोडूँ भयो"
म एकछिन अवाक् भएँ । नपत्याउँदो मान्छेबाट चुरोट पिउने गरेको कुरो आयो ।
जिस्किएको होला भन्ठानेँ
"हाहाहा..छोड्नलाई पहिले शुरु त गर"
"होइन, म खान्छु.."
म अझै जिस्किँदै थिएँ "हाहा..अरूले पिउँछन्, तिमी खाँदी रै'छौ"
"हाहाहा..होइन हौ, म कहिले काँही पिउँछु, प्रोफेसनल नै त होइन नि"
"तिमी अहिलेसम्म तेश्रो केटी हौ, म चुरोट खान्छु भनेर गफ दिने"
"हाहाहा..म साँच्चिकै खान्छु नि
मलाई एकदम रहर लाग्छ....
अमिर खानको धोबीघाट हेरेपछि चस्का लागेको
तीन चारचोटी खाएँ, अनि बानी पर्ला भनेर खाइन...
कहिले काँही खान्छु "
मलाई चै अब चिन्ता लाग्यो "धत् उल्लू केटी ! चुरोटले केही राम्रो गर्दैन"
"थाहा छ"
"बरु नशा लिनै मन भए गाँजा तान...त्यसले केही साइड इफेक्ट गर्दैन"
"भो..गाँजाको त गन्धै मन पर्दैन"
"ए, त्यस्तो नशा लिन मन लागे, दारु खाउ हेहेहे"
"हेहेहे दारु त खान्छु, :P
तर त्यस्तो मात्ने गरी होइन, मार्फा मेरो फेभरेट हो"
म फेरी जिस्किने मूडमा आए
"नमात्तिने भए के खानु त? पिरो नहुने खुर्सानी टोके जस्तो"
"हाहाहा..खाएर मात्तियो भने त सबै सिक्रेट पर्दाफाश हुन्छ नि, त्यै भएर"
"धत्, नमात्तिने भए खानु बेकार छ"
उनले बचाउ गर्दै भनिन्
"एक गिलास खायो भने झुम्म हुन्छ
अर्को एक गिलास थप्यो भने फिलिलि....
अरु थप्यो भने त वाक्वाक्... बेइज्जत अरुका अगाडी...
खाएको दिन त केही हुँदैन...
तर भोली देखि कसरी मुख देखाउनू अरुका अगाडी"
मेरो तर्फबाट सामान्य सुझाव गयो "घरमा बसेर खानु नि"
उनको रमाईलो स्पष्टिकरण थियो "ल के कुरा गर्नु, जातले पाएको नि"
मलाई भने यो कुरो पचेन "ल्या..जातको बहाना फेरी?? म पनि त आधा नेवार हुँ, खान्न क्यारे कहिले पनि"
उनको अर्को स्पष्टिकरण आयो "म खासमा एकदम सोझो मान्छे हुँ,
चुरोट चाँही धोबीघाटमा आमिर खानले खाएको देखेर खाएको
रक्सी चाँहि साथीहरूको उक्साहटमा .... फेरी आफूलाई उक्साउनै हुन्न"
मेरो हाँसो छुट्यो "हाहाहा... सोझो मान्छे अरे... यस्तालाई सोझो होइन कमजोर भन्छन् "
"हो भन्या....."
"खै, मलाई अहिलेसम्म कोइ माईका लालले मलाई दारू पिलाउन सकेका छैनन्"
"मलाई त कसैले एक्सट्रिम नउक्साएसम्म खान्न"
"मेरो त गर्लफ्रेन्डले नि सकिन...कोशिश गरेकी थिई, उल्टै गालामा खाईन् दनक्... :P"
"हाहाहा...अलि अलि पनि नखाने मान्छे त के काम हौ??"
मेरो दिमाग घुम्यो फेरी "ए..त्यसो भए म काम नलाग्ने मान्छे है??"
"मैले त्यसो भन्न खोज्या होइन"
"अनि के त? जड्याहाहरूको कुरा नै जड्याहा, धरमराउँदो"
"धत्, त्यसो नभन्नू.. म जड्याहा होइन । मान्छेले जड्याहा नै भन्न थाले अब"
"ल ल... जड्यहा होइन............... पार्ट टाइम जड्याहा"
"होइन क्या, पार्ट टाइम पनि होइन...कहिले काँही...
कहिलेकाँही को नि कहिलेssssssssssss काँहीssssssssssss"
"खुप..."
"म कन्सियस छु, टेस्ट गर्ने मात्र हो, त्यस्तो झल्लू हुने गरी खा'को छैन.....खाँदिन"
"त्यै त म भन्छु..झल्लु नै नभएपछि खानुको के मजा?"
"धत्, हुन्न .. झल्लू भएपछि आफूलाई होइन अरुलाइ मज्जा हुन्छ"
"खै होला, मलाई के थाहा र?? :P"
"मलाई थाहा छ...अरु झल्लू हुँदा मजा लुट्या छु "
"ल....भो अब सकाउँ कुरा, अब यो सबै कुरा समेटेर एउटा ब्लगपोस्ट तयार गर्छु"
"के रे?? लाssssssssss मान्छेले उल्ल्याई उल्लयाई सबै कुरा ओकाले त :("
"हाहाहा...ब्लगपोस्टको टाइटल के राखुँ?? जाँडवार्ता?? :P"
"जे सुकै राख्नू............"
"त्यै त म भन्छु..झल्लु नै नभएपछि खानुको के मजा?"
"धत्, हुन्न .. झल्लू भएपछि आफूलाई होइन अरुलाइ मज्जा हुन्छ"
"खै होला, मलाई के थाहा र?? :P"
"मलाई थाहा छ...अरु झल्लू हुँदा मजा लुट्या छु "
"ल....भो अब सकाउँ कुरा, अब यो सबै कुरा समेटेर एउटा ब्लगपोस्ट तयार गर्छु"
"के रे?? लाssssssssss मान्छेले उल्ल्याई उल्लयाई सबै कुरा ओकाले त :("
"हाहाहा...ब्लगपोस्टको टाइटल के राखुँ?? जाँडवार्ता?? :P"
"जे सुकै राख्नू............"
Thursday, October 18, 2012
एक दिनः तीन घटना
घटना १ - दुर्घटना वा षडयन्त्र
छिमेककी आन्टी एकाबिहानै घरमा आईपुगिन् । आमा चिया लिएर कोठामा पस्नु मात्र भएको थियो । मभने सुत्या जस्तो गरी ओछ्यानमै गुट्मुटिएको थिएँ । आन्टी हत्तपत्त आउँदिनन्, आए पछि पक्कै पनि केही ठूलो कुरा (उनका लागि) लिएर आउँछिन् । मलाई भने ति आन्टीका कुरा उत्पात उल्टापुल्टा लाग्छन् । नकारात्मक बाहेक केही सोच्नै नसक्ने । आन्टीको हस्याङ्गफस्याङ्ग र आतुरी हेर्दा आज पनि पक्कै केही उल्का भएको छ भन्ने लाग्दै थियो । आमाले ढोका खोलेपछि भित्र पस्ने बित्तिकै वहाँको मुख पनि खुलिहाल्यो ।
"थाहा छ मेरी बुहारीले तातो पानी जिउ माथी खन्याई नि"
मेरो नलाग्या निद्रा पनि उड्यो, जुरुक्क उठेँ । आमाले सोध्नुभयो "ओहो ! कसरी नि? अनि धेरै पोल्यो त? हस्पिटल लग्यो?"
आन्टीले मुख बंग्याउँदै भनिन् "ह्या..के को हस्पिटल लानु, हातमा अलिकति परेको छ । पानी उमाल्दै थिई ताप्केमा, पल्टाइ नि तेस्ले, ठिकै छ अहिले त । गोल्भेडाँ पिसेर लगाई आफै.."
आमालाई अझै पनि ति भाउजूको माया लाग्दै थियो "हैन त्यति गरेर हुन्छ त? क्लिनिक सम्म त लैजानु पर्ने कि?"
आन्टी झर्किइन् "तेस्लाई के डाक्टरकाँ लानु? दसैंमा घरको काम गर्नु पर्ला भनि जानीजानी घोप्टाएकी तेस्ले"
मलाई खपिनसक्नु भयो "काँ आन्टी, कसैले जानीजानी ति उम्लेको पानी आफ्नो जिउमा खन्याउँछ, नचाहिने कुरा..."
आन्टीले मतिर फर्किएर आँखा मुख नचाउँदै भनिन् "तिमी जस्ता फुच्चेहरूलाइ के थाहा? आईमाइहरूले के के गर्छन् भनेर, अस्ती प्रतिज्ञाले पनि यस्तै त गरेकी थिई"
म तिर्मिराएँ..को प्रतिज्ञा??
यसो आमा तिर हेरेँ, आमैले कुरो बुझिन् अनि ति आन्टी झै आँखा मुख नचाउँदै बोलिन्
"त्यो क्या स्टारपलसमा आउँछ नि 'प्रतिज्ञा....', त्यसकी हिरोइन् क्या..."

घटना २ - सेक्सी गजल
रत्नपार्क तिर तुफान शान्त 'नेपाल' र म मुकुन्दे दाईको भाषण सुन्न भनि लाग्दै थियौं ।
छिमेककी आन्टी एकाबिहानै घरमा आईपुगिन् । आमा चिया लिएर कोठामा पस्नु मात्र भएको थियो । मभने सुत्या जस्तो गरी ओछ्यानमै गुट्मुटिएको थिएँ । आन्टी हत्तपत्त आउँदिनन्, आए पछि पक्कै पनि केही ठूलो कुरा (उनका लागि) लिएर आउँछिन् । मलाई भने ति आन्टीका कुरा उत्पात उल्टापुल्टा लाग्छन् । नकारात्मक बाहेक केही सोच्नै नसक्ने । आन्टीको हस्याङ्गफस्याङ्ग र आतुरी हेर्दा आज पनि पक्कै केही उल्का भएको छ भन्ने लाग्दै थियो । आमाले ढोका खोलेपछि भित्र पस्ने बित्तिकै वहाँको मुख पनि खुलिहाल्यो ।
"थाहा छ मेरी बुहारीले तातो पानी जिउ माथी खन्याई नि"
मेरो नलाग्या निद्रा पनि उड्यो, जुरुक्क उठेँ । आमाले सोध्नुभयो "ओहो ! कसरी नि? अनि धेरै पोल्यो त? हस्पिटल लग्यो?"
आन्टीले मुख बंग्याउँदै भनिन् "ह्या..के को हस्पिटल लानु, हातमा अलिकति परेको छ । पानी उमाल्दै थिई ताप्केमा, पल्टाइ नि तेस्ले, ठिकै छ अहिले त । गोल्भेडाँ पिसेर लगाई आफै.."
आमालाई अझै पनि ति भाउजूको माया लाग्दै थियो "हैन त्यति गरेर हुन्छ त? क्लिनिक सम्म त लैजानु पर्ने कि?"
आन्टी झर्किइन् "तेस्लाई के डाक्टरकाँ लानु? दसैंमा घरको काम गर्नु पर्ला भनि जानीजानी घोप्टाएकी तेस्ले"
मलाई खपिनसक्नु भयो "काँ आन्टी, कसैले जानीजानी ति उम्लेको पानी आफ्नो जिउमा खन्याउँछ, नचाहिने कुरा..."
आन्टीले मतिर फर्किएर आँखा मुख नचाउँदै भनिन् "तिमी जस्ता फुच्चेहरूलाइ के थाहा? आईमाइहरूले के के गर्छन् भनेर, अस्ती प्रतिज्ञाले पनि यस्तै त गरेकी थिई"
म तिर्मिराएँ..को प्रतिज्ञा??
यसो आमा तिर हेरेँ, आमैले कुरो बुझिन् अनि ति आन्टी झै आँखा मुख नचाउँदै बोलिन्
"त्यो क्या स्टारपलसमा आउँछ नि 'प्रतिज्ञा....', त्यसकी हिरोइन् क्या..."
घटना २ - सेक्सी गजल
रत्नपार्क तिर तुफान शान्त 'नेपाल' र म मुकुन्दे दाईको भाषण सुन्न भनि लाग्दै थियौं ।
Monday, September 24, 2012
त्यो शानदार "डाबर च्यवनप्राश" चौका....
[ बेहतरिन स्ट्रोक, फिल्डरको बिट किया..लेकिन बाउन्डरीलाइनपे फिल्डर तैनाथ,कोई रन नहीँ..
बहुत बढिया शाट...सिधे फिल्डरके हातो में
शानदार स्ट्रोक..और ए गेदं हावामे, बाउन्ड्री लाईन के बाहर.....की तरफ..और ए शानदार फिल्डिङ...
और ए बेहतरिन गेदं, अफस्टंप के बाहर टप्पा खाके अन्दर कि तरफ आती हुई, और उतनी हि बेहतरिन स्ट्रोक बल्लेबाज की । गेंद हवा मे लहराती हुई फिल्डर कि तरफ, फिल्डर मुस्तैद तैनाथ... और ए आउट....
लेकिन....गेदं फिल्डर के हातो के बिच से होते हुए बाउन्ड्रीलाइन के बाहर..चार रन.. ]
Thursday, August 2, 2012
लूः यथार्थपरक पात्रहरू रहेको फिल्मी स्क्रिप्ट
"लू" पढियो । म कुनै समीक्षक होइन र पुस्तकको समिक्षा गर्नसक्ने गरी ज्ञान पनि आर्जेको छैन । एउटा सामान्य पाठकको रूपमा लागेको कुरा लेख्दैछु । विशेष गरी यो उपन्यासको चर्चा बढी नै भएकोले । लू पढ्न धेरै समय लाग्यो । साथी जनक सँग किताब लिएको लगभग एक महिनाको समयमा बल्ल तल्ल भ्याइयो । एक त त्यसै पढ्न भनेपछि जाँगर नचल्ने, त्यसमाथि किताबले पनि अगाडी पढ्न घच्घचाउन सकेन ।"लू" पश्चिम तराईको ऐना हो । यसले नेपालगञ्ज देखि नवलपरासी क्षेत्रसम्मको अवधि भाषी जनजिवन प्रस्टरूपमा देखाउँछ । त्यहाँको भाषा, रहनसहन, बोलीचाली र सामाजिक यथार्थताको स्पष्ट, सरल र सहज शैलीमा बयान गरेको छ । मेरो किशोरावस्था पश्चिम तराईकै कपिलवस्तुमा बितेको हुँदा उपन्यास पढुन्जेल मलाई उही परिवेशमा डुलाइ रह्यो । रेडियोलाल, बजरंगी, इलैया, हरदेइ, कमला, नुसरत, करीम आदि पात्रहरू सजिव बनेर आँखा अगाडी आए । आफू हुर्केको परिवेशमा रहेका पात्रहरू सँग तुलना गर्न पुगिएछ पढुन्जेल ।
Wednesday, August 1, 2012
भारतमा नक्कली कपिलवस्तु
(यो समाचार मैले लेखेको होइन, तर सबैको जानकारीमा आउनुपर्छ जस्तो लागेर बाँडेको मात्र हुँ – एकतारे)
भारत सरकारले कपिलवस्तु भारतमा रहेको भनी
प्रचारप्रसार तथा निर्माण कार्य तीव्र पारेकोे छ । नेपाल भारत
सीमानाअन्तर्गत उत्तर प्रदेश राज्यको सिद्धार्थनगर जिल्लास्थित पिपरहवा
भन्ने स्थानमा उक्त नक्कली कपिलवस्तु निर्माण गरेको हो । कपिलवस्तुको
भन्सार नाका चाकरचौडाको तीन किमि दक्षिण एक दरबार निर्माण गरिएको छ ।
प्राचीन कला तथा संस्कृतिको नक्कल गरी भारतीय पुरातत्वविदहरूको सहयोगमा
उनीहरूले नेपालको जस्तै देखिने कपिलवस्तु निर्माण गरेका छन् ।

अलिगढवा र पिप्राहवामा बनाइएका नक्कली कपिलवस्तु अझै निर्माण विस्तार भइरहेको छ । त्यहाँ रहेका ठुल्ठूला बोर्डमा राजा शुद्धोधनको दरबार र भगवान् गौतमबुद्धले २९ वर्ष बिताएको स्थल भनेर लेखिएको छ । सुर्खीचुना, इँटाको धुलो र चाक्लो इँटाबाट अझै दरबार निर्माण कार्य भइरहेको छ । केही वर्षयतादेखि भारतले यस क्षेत्रलाई ‘कपिलवस्तु’ नामकरण गरी व्यापक भौतिक पूर्वाधारको विकास गर्नुका साथै त्यहाँ अन्र्तराष्ट्रिय विमानस्थल समेत निर्माण कार्य सुरु गरेको छ ।
Sunday, July 22, 2012
हाइवे हेरे पछिः अतिसम्मोदवर्धन

सर्वप्रथम म कुनै चलचित्र समीक्षक वा अझ भन्दा चलचित्रको उल्लेख गर्न लायक दर्शक पनि होइन । त्यसैले पाठकहरूले मेरो यस लेखोटमा अभिव्यक्त कुराहरूले समग्र नेपाली चलचित्रको तुलनात्मक मापदण्डलाई कुनै पनि रूपमा अभिव्यक्त गर्दैनन् भन्ने बुझिदिनुहोला । आजको मेरो “हाइवे” दर्शन, नितान्त मेरा वैज्ञानिक एवं कला संस्कृतिप्रेमी अग्रज समीरमणि दीक्षितको नेपाली चलचित्रलाई भेटी चढाऔं भन्ने आह्वानको पालना एवं र सहृदयी सूरज अर्यालको मित्रवत् प्रस्ताव (यसमा यातायात सुविधा संलग्न छ है! ) को फलस्वरूप थियो ।
Wednesday, June 27, 2012
सुर्ती चुरोट खाने नै हो त?
चुरोट पिउनु हुन्छ?
सुर्ती, खैनी सेवन गर्नु हुन्छ??
यदि गर्नुहुन्छ भने अब होशियार हुनुहोस् । मिति २०६८ वैशाख २६ गते नै प्रमाणीकरण भएर कार्यान्वयनमा आईसकेको सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ सेवन गर्नेहरूलाइ नेपाल प्रहरीले हिजो (२०६९।०३।१३) देखि कार्यवाही शुरू गरेको छ ।
सबैभन्दा पहिले सूर्तीजन्य पदार्थ अन्तरगत के-के पर्दो रहेछ बुझौं ।
Wednesday, June 20, 2012
उज्यालो बढे झै भयो आज झन् झन्
बेतुक ही बेतमलब हँस ले हम
क्यूँ ना हम इस लम्हे मे जी लें हम
चलो बाँट ले हम जिन्दगी
जरा आज यूँ कर ले
कहो क्या खयाल है??
क्यूँ ना हम इस लम्हे मे जी लें हम
चलो बाँट ले हम जिन्दगी
जरा आज यूँ कर ले
कहो क्या खयाल है??
कहिले विना खुशी, विना काउकुती, विना कुनै कारण हाँस्नु भएको छ??
भन्छन् नि खुशी खोज्दै बाँच्नु पर्छ, खुशी भएर बाँच्नु पर्छ । तर धेरैजसो मान्छे दुःखी भएरै बाँच्छन् । खुशी सुटुक्क आएर छोएर जाँदा पनि गुनासो रहन्छ तिनीहरूको, छोएर गएको खुशी किन सँगै रहेन भनेर । तिनीहरू जान्दैनन् यसरी छोएर जाने खुशीसँग रमाउन जान्यो भने यो फेरी फेरी आउँछ अनि सँधै साथ रहन्छ । मेरो मनको भने ठेगान छैन, कहिले यही धेरैजसोको भिडमा हराउँछ, कहिले धेरैजसो मध्य अपवाद बनेर खुशी भइरहन्छ त्यसै त्यसै ।
आज पनि यस्तै दिन आएको छ । किन खुशी छु, मलाई पनि थाहा छैन । विहान बाइक हुइँक्याउँदा हुइँक्याउँदै त्यसै मन प्रसन्न भएर आयो विना कारण । अफिस पुग्ने बित्तिकै पुरानो साथी समीरको फोन आयो । एक्लो जिवनको खुशीयाली अन्त्य गर्दै दाम्पत्य जीवनको चुनौती झेल्ने आँट गरेको रहेछ साथीले, अनि म चै साक्षी बनिदिनु पर्ने भयो । तर ठ्याक्कै त्यही दिन कार्यालयको प्रतिनिधित्व गर्दै एउटा सेमिनारमा जानु पर्ने भएकोले जान्न त भनेँ । फोन राख्या मात्रै थिएँ, अर्को साथीको निम्तो याद आयो । भोली रातो मछिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल लाने अरे, अर्थात भोलीको चार दिन पछि भोटो देखाउने, अर्थात सार्वजनिक विदा । लौ साथीको जन्त जाने त लेखेरै आएको रहेछ । मेरो जन्मदिनको दिन साथीले एउटा अर्को खुशी भेटाउने भयो । म त्यसै खुशी ।
Thursday, June 7, 2012
उमेर र सपना
क्ररिब ४ वर्ष अगाडी कोरिएको यो गन्थन...
=======================
५ वर्षे सबिन
............
रसबरी, जेरी स्वारी,
स्कूल नजाने,
बासँग बाइकमा घुम्ने,
१० वर्षे सबिन
..............
मःम,
खेलौना मोटर, साइकल,
स्कूलबसमा घुम्ने,
टिफिन टाइममा चोर पुलिस, रेस्लिङ,
=======================
५ वर्षे सबिन
............
रसबरी, जेरी स्वारी,
स्कूल नजाने,
बासँग बाइकमा घुम्ने,
१० वर्षे सबिन
..............
मःम,
खेलौना मोटर, साइकल,
स्कूलबसमा घुम्ने,
टिफिन टाइममा चोर पुलिस, रेस्लिङ,
Tuesday, June 5, 2012
हुनेवाली र तिनका दाजु
मेरो बहिनी छैनन्, बहिनी र दाजु विचको माया कस्तो हुन्छ भन्ने पनि राम्ररी बुझ्न पाएको थिइन मैले । तर आज एउटा घटना पछि चै स्पष्ट भएँ, बहिनीका लागि दाजुहरूले के सम्म गर्दा रहेछन् । फिल्ममा, यथार्थमा देखिरहेको कुरा चै हो यो, एउटा दाजुले बहिनीलाइ लभ गर्ने केटोलाइ कहिले रूचाएन । आफ्ना हजार गर्लफ्रेन्ड होस्, बहिनीलाइ चै कुनै केटोले जिस्काउन सम्म पनि हुँदैन । दाजु मर्न मार्न तयार हुन्छन् ।
Sunday, May 27, 2012
अखण्डता vs संघियता
शिर्षकमा नजानु होला, यो शिर्षकले हाम्रो राष्ट्रको जल्दो बल्दो विषयलाइ सम्बोधन गरेको छैन । यो त म निरिह जनताको एउटा सानो दुःखको सानो कथा हो ।
मेरो ज्यूबाजे र हजुरबाले तराइको एउटा जिल्लाको एउटा गा.वि.स.को लगभग एउटा सिंगै वडा नै आर्जेका थिए । साम, दाम, दण्ड, भेद के के प्रयोग गरी कसरी आर्जे मलाइ थाहा भएन । तर हजुरबाको मुखबाट जग्गा आर्जेको गौरवगाथा चै खुब सुन्न पाइन्थ्यो । कसरी आफ्नो जग्गा जमिन तीन गाउँ फैलाएको भन्ने कुरामा खुब गर्व गर्थे हजुरबा ।
मेरो बुवाले अन्तरजातिय विवाह गरेका कारण हजुरबा र बुवाको सम्बन्ध राम्रो रहेन । आमा र बुवा घर जानु भएको कहिले रूचाउनु भएन वहाँले । म नाती भएकोले होला मलाइ चै माया गर्नुहुन्थ्यो । बुवाले पनि बाँचुन्जेल घरबाट केही लिनु भएन । बुवा र आमा एक्लैको बलबुतामा परिवार चलाउनु भयो, हामीलाइ हुर्काउनु भयो ।
बुवा बित्नु भएपछि भने अंशको कुरा आयो । बाजेले अंश दिनै मान्नु भएन, मैले पनि माग्न गइन खासै आवश्यकता पनि परेको थिएन । त्यसपछि हजुरबा पनि बित्नु भयो । परिवारमा अलि आर्थिक संकट पनि छाउन थालेपछि चै मलाइ मेरो पुश्तैनी हकअधिकार पाउनु पर्छ भन्ने चेतना जागृत भएर आयो । म मेरो एकसूत्रिय माग राखेर काकाकहाँ पुगेँ । मेरो माग ठाडै अस्विकार गरी विखण्डनकारीको दर्जा दिए तिनले । यत्रो वर्ष त्यो जग्गा र घरका लागि केही नगरेको, अनि बुढा मरेपछि भाग खान आएको भनि ठाडो आरोप लाग्यो । मैले ठाडो प्रतिवाद गरेँ, घरमा बस्न नदिएर, हकअधिकार र कर्तव्य केही पनि नतोकेको हुनाले घरपरिवारका लागि योगदान दिन नपाएको गुनासो गरेँ, तर काका मान्नु भएन ।
मेरो ज्यूबाजे र हजुरबाले तराइको एउटा जिल्लाको एउटा गा.वि.स.को लगभग एउटा सिंगै वडा नै आर्जेका थिए । साम, दाम, दण्ड, भेद के के प्रयोग गरी कसरी आर्जे मलाइ थाहा भएन । तर हजुरबाको मुखबाट जग्गा आर्जेको गौरवगाथा चै खुब सुन्न पाइन्थ्यो । कसरी आफ्नो जग्गा जमिन तीन गाउँ फैलाएको भन्ने कुरामा खुब गर्व गर्थे हजुरबा ।
मेरो बुवाले अन्तरजातिय विवाह गरेका कारण हजुरबा र बुवाको सम्बन्ध राम्रो रहेन । आमा र बुवा घर जानु भएको कहिले रूचाउनु भएन वहाँले । म नाती भएकोले होला मलाइ चै माया गर्नुहुन्थ्यो । बुवाले पनि बाँचुन्जेल घरबाट केही लिनु भएन । बुवा र आमा एक्लैको बलबुतामा परिवार चलाउनु भयो, हामीलाइ हुर्काउनु भयो ।
बुवा बित्नु भएपछि भने अंशको कुरा आयो । बाजेले अंश दिनै मान्नु भएन, मैले पनि माग्न गइन खासै आवश्यकता पनि परेको थिएन । त्यसपछि हजुरबा पनि बित्नु भयो । परिवारमा अलि आर्थिक संकट पनि छाउन थालेपछि चै मलाइ मेरो पुश्तैनी हकअधिकार पाउनु पर्छ भन्ने चेतना जागृत भएर आयो । म मेरो एकसूत्रिय माग राखेर काकाकहाँ पुगेँ । मेरो माग ठाडै अस्विकार गरी विखण्डनकारीको दर्जा दिए तिनले । यत्रो वर्ष त्यो जग्गा र घरका लागि केही नगरेको, अनि बुढा मरेपछि भाग खान आएको भनि ठाडो आरोप लाग्यो । मैले ठाडो प्रतिवाद गरेँ, घरमा बस्न नदिएर, हकअधिकार र कर्तव्य केही पनि नतोकेको हुनाले घरपरिवारका लागि योगदान दिन नपाएको गुनासो गरेँ, तर काका मान्नु भएन ।
Labels:
Article,
federalism,
Humor,
Unity,
अखण्ड नेपाल,
लेख,
व्यंग,
संघियता
Friday, May 4, 2012
त्रिशुली किनार हुँइकिदाँ - २
त्रिशुली किनार हुइँकिदाँ -१ बाट अगाडी
अघि बढ्नु अघि रोमाले फेरी सम्झाए, घुमाउरो बाटो छ अलि सावधान भएर चलाउनु । ३० -४० को स्पीड मात्र नि...खोइ किन यिनलाइ मेरो बाइक कुदाइ देखि डर लाग्या हो? मलाइ याद भएन । कुनै दिन सँगै डुलाएँ कि काठमाडूँमा सातो जाने गरी? सिधा बाटो, त्रिशुली किनारै किनार बाटो अघि बढ्यो । खुला बाटो, गाडी कम..तापनि विस्तारै गुडेँ म । यताउति हेर्दै विस्तारै..अचम्म के लाग्यो भने, यताका वासिन्दाले गज्जबले बाइक हुँइक्याउँदा रैछन् । हेल्मेट पनि लाउन नपर्ने, डर पनि नलाग्ने ।
हामी नेपालीको धेरैजसो घुमघाम धार्मिकस्थलमा गएर टुंगिन्छ । बाटोमा देविघाट पर्दो रहेछ । अब यहाँ नरोकिइ अगाडी जाने कुरै भएन । तादी खोला र त्रिशुलीको दोभानमा अवस्थित देविथान प्रशिद्ध नै छ हिन्दू धर्मावलम्वी माझ ।
Thursday, May 3, 2012
सहमतीः हिजोआजको तातो शब्द
हिजो साँझ देखि नै गाइँगुइँ थियो । 'आज केही हुन्छ है' भन्दै । एक हूल पत्रकार बानेश्वर ढुकेर बसेका थिए , ताजा खबर ब्रेक गर्न । एक हूल युवाहरू नयाँ संविधानलाइ स्वागत गर्न भन्दै सांकेतिक विरोधमा उत्रिएका थिए त्यही बानेश्वर बाहिर । म भने आरामले ट्विटरमा साथीहरूको ट्विट हेर्दै थिएँ । थाहा थियो न्यूज ब्रेक यहिँ बाटै हुन्छ भनेर । हुन पनि त्यही भयो । सालोक्यले पहिलो न्यूज ब्रेक गरे, सबै मन्त्रीहरूको राजिनामा भनेर ।
संविधान बनाउन हतार भइसक्यो, सहमति भएको छैन मुख्य मुख्य बुँदाहरूमा । आधा देश बन्द छ, सबैजना दलहरू विचको सहमति र त्यसपछि जारी हुने संविधानको प्रतिक्षामा छन् । दलका नेताहरू भने वैठक माथी वैठक गरिरहेका छन् । जुन निकायबाट संविधानका बारेमा छलफल हुन पर्ने हो, त्यहाँको वैठक चाँही स्थगन माथी स्थगन हुँदैछ ।
आखिर सहमति के कुरामा अड्कीयो त? मलाइ चै थाहा थियो । घटनाक्रमले मेरो ठहरलाइ पुष्टयायो पनि । 'सत्ता' का लागि सहमति नभएको रहेछ । अब हिजो जारी भएको ५ बुँदे सहमतिले नै प्रस्ट्यायो नि । सबै मन्त्रीहरूले राजिनामा दिने, 'राजनैतिक सहमतिय सरकार' गठन गर्ने । अनि संविधान जारी गर्नका लागि अर्को सरकार गठन गर्ने अरे... कुरोको चुरो आखिर कुर्सी मै त अड्किएको रहेछ त ।
Sunday, April 22, 2012
जसको वयान गर्न म सक्दिन
यो संसार अजिब छ भन्थे, कोही कोही देख्दा चै साँच्चीकै संसार अजिब छ भन्ने कुरा माथी विश्वास लाग्छ । कुरो एउटा स्वप्रसिद्ध व्यक्तित्वको हो । वहाँ जहिँ तहिँ छाउनु भएको छ हाम्रो देशमा । देशको उच्च नेतृत्ववर्ग सँग वहाँको राम्रो हिमचिम छ । वहाँको बखान गर्न तिर लाग्दिन म । हजार जिब्रो भएको शेषनागले भगवान विष्णुको वखान गर्न नसके जस्तै हो । वहाँसँग ठोक्किएका दुइ साथीका दुइ फरक फरक घटना ।
०एक०
०दुइ०
हाम्रो कार्यालय अलि विशिष्ट प्रकारको छ (नामै खोलेर भन्न चाहन्न, कसैलाइ जान्ने चाहना छ भने प्राइवेटमा भनुँला) । विभिन्न राष्ट्रिय महत्वका कार्यक्रम भइरहन्छन् हाम्रोमा । हामीलाइ मोबाइलले साह्रै दुःख दिएको थियो । बेला न कुबेला बज्ने । अझै राष्ट्रिय गान बजेको बेला 'मुन्नी बदनाम' 'शिलाकी जवानी' बजिदिँदा साह्रै खल्लो हुन्थ्यो । त्यही भएर मोबाइल ज्यामर खरिद गरियो । अनि पहिलो पटक एउटा कार्यक्रममा सहभागी कसैलाइ जानकारी नै नदिइ प्रयोग गरियो । अचानक सबैको मोबाइलमा नेटवर्क हरायो । धेरैले त थाहा पनि पाएनन् । तर एकजना पत्रकार बन्धु भने मच्ची मच्ची ठूलो स्वरमा "म कार्यक्रममा व्यस्त छु, तपाइँ पछि फोन गरी सम्झाउनु होला' भन्दै कुर्लिँदै थिएँ । हामी दंगदास, हाम्रो मोबाइल बन्द गर्ने यन्त्रले काम गरेन भनेर । हत्त पत्त आफ्नो मोबाइल निकाल्यौ, हामि सबैको मोबाइलमा टावर गायब थियो । अनि ती पत्रकार बन्धुलाइ सोध्यौ, 'हजुर तपाइँको मोबाइल काम गर्या छ', उनको जवाफ थियो , 'किन नचल्नु?'
==========
==========
अब यि दुइ घटना सुनाइ सकेपछी बढी बखान गर्नु नपर्ला र वहाँलाइ चिनि पनि सक्नु भयो होला । अझै पनि चिन्न सक्नु भएन भने टिभी खोल्नुस्, कुनै पनि समाचार च्यानल लगाउनुस् वहाँ पक्कै पनि कुनै न कुनै नेता सँग टाँस्सिएको चित्र देख्न पाउनु हुनेछ :)
Friday, April 20, 2012
मेरो पहिलो सम्झना, आमाको मुस्कान
तपाईँको दिमाग खोतल्नुस् एकछिन् । याद गर्ने कोशिश गर्नोस् तपाइँको जिन्दगीको पहिलो सम्झना, के याद आउँछ? मलाई भने मेरो आमाको मिठो मुस्कान याद आउँछ, मेरो उमेर कति थियो होला चै याद भएन तर आमाको काखमा पल्टेर आमाले कपाल सुम्सुम्याउँदै मुस्कुराउनु भएको सम्झना अझै पनि मेरो दिमागमा छ । अझै पनि त्यो मुस्कान मेरो स्मृतीमा छाउँदा बेग्लै आनन्द आउँछ, मेरो जिन्दगीको सारा तनाव एकैछिनमा बिलाउँछ, यस्तो शक्ती छ यो मुस्कानमा ।
भन्छन् आमाले बच्चा जन्माउन धेरै शारिरीक पिडा खप्नु पर्छ रे । जसले जे सुकै भनोस् मैले त्यो पिडाको एक अंश पनि महसुश गर्न सक्दिन, मात्र अनुमान लगाउने हो । तर होश सम्हाले देखि मैले मेरो आमाले परिवारका लागि गर्नु भएको धेरै दुःखहरू देखेको छु, त्यो पक्कै पनि महसुस गर्न सक्छु । हामी माध्यमिक विद्यालय तिर हुँदाको ताका परिवारमा आर्थिक संकट पर्दा बुवालाई सहयोग गर्न आमाले पनि काम गर्न थाल्नु भएको थियो । काठमाडौंको रैथाने परिवारमा जन्मिएकी मेरी आमा तराइका गाउँ गाउँ कामको सिलसिलामा जिल्ला भरी भ्रमण गर्नु पर्ने थियो । ढल्किँदै गरेको उमेर सँगै आमाले साइकल सिक्नु भयो, तराइको प्रचण्ड गर्मी सहँदै गाउँ गाउँ जानु हुन्थ्यो । म अनुमान लगाउन सक्छु कति असहज हुन्थ्यो त्यो काम वहाँको लागि, कामको सिलसिलामा आई पर्ने विभिन्न समस्याले वहाँलाइ कति तनाव दिन्थ्यो, त्यो वहाँको व्यवहारमा प्रष्ट देखिन्थ्यो त्यो बेला । तर पनि वहाँको त्यही मेहनतले गर्दा हामी दिदीभाइको विद्यालय शिक्षा सजिलै सकियो । वहाँले त्यती बेला आफ्नो क्षमता भन्दा बढीको दुःख गर्नु भएको थियो । त्यो दुःख बराबरको सुख अहिलेसम्म नि दिन सकिएन छैन जस्तो लाग्छ ।
समयको क्रम सँगै शिक्षा र रोजगारका लागि हामी काठमाडौं छिर्यौं । मामाघर यता भएर पनि धेरै सजिलो भयो । बुवा बितेपछि एक्लो हुनु भएकी आमा जिल्ला तिरै एक्लै पर्नु भयो । तर पनि वहाँ यहाँ आउन चाहनु भएन । बुढो ज्यान एक्लै बस्नु पर्दा साह्रै कठिन थियो । त्यसमाथी विभिन्न रोगहरूको आक्रमणले जिवनयापन झनै गाह्रो थियो । तर पनि वहाँ कहिले हामी सँगै काठमाडौं आउन चाहनु भएन, कारण एउटै थियो । यो महंगो शहरमा हामी त बल्लतल्ल गुजारा गरिरहेका थियौं, वहाँ पनि थपिएर हामीलाइ झनै गाह्रो हुने थिएन । तर वहाँले यो कुरा बुझ्नु भएन कि वहाँ उता बस्दा हामीलाइ झनै गाह्रो भएको थियो ।
एउटा दुर्घटनामा परी लडेर दुवै हातको हड्डी चर्किए पछि चै बाध्य भएर आउनु भयो । एकचोटी यता आएपछि हामीले फर्केर जान दिएँनौ । अहिले आमा हामी सँगै बस्नु हुन्छ । तर उमेरको खेला होला, समयक्रम सँगै वहाँ बच्चा जस्तो र हामी बुढो जस्तो हुँदै गएका छौं । सोचमा भएको पुस्तान्तर व्यवहारमा देखिन थालेको छ । जति उमेर बढ्दै गयो, त्यती नै वहाँ चिडचिडे, बोलीरहने, जिद्दी हुँदे जानु भएको छ । हामी भने झन् झनै बुज्रुक हुँदै गएका छौ जसले गर्दा वहाँ र हामीहरूको सामान्य कुरा पनि मिल्न छोडेको छ । दिनैको कुरा हो, वादविवाद हुने । कहिले वहाँ रिसाउने, कहिले हामी रिसाउने । आजको दिन देखि चै एउटा वाचा मेरी आमालाई, म तिमीसँग जे जुन सुकै अवस्थामा पनि झर्किने छैन । मलाई थाहा छ म रिसाउँदा तिमीलाइ कति चित्त दुख्छ....
आजको दिन पनि विहानै वहाँले उठाउनु भयो । सामान्यतया, मलाइ कसैले विहान उठाएको मनपर्दैन । राती दुइबजे सम्म ब्लग, टुइटर, फेसबुकमा रमाई रहने म, विहानै ६ बजे कसैले झक्झकाएर कराउँदा झनक्कै रिस उठ्छ । तर आज रिस उठेन , सदा झै आजपनि विहानै उठाउनुभयो आमाले "बाबु, उठ चिया चिसो भइ सक्यो" म भने अरू दिन भन्दा फरक हुँदै भने "दिदी, ढोग गरेँ" (म आमालाइ दिदी भनेर सम्बोधन गर्छु) उही चिरपरिचित मुस्कान मुहारमा सजाउँदै आमाले भनिन् "नाटक गर्छ गधा..."
हुन त यस्तो गर्नु नाटकै हो । आजको एकदिन आमा आमा टुइटर, फेसबुकमा बखान गर्नु, अनि मातातिर्थ औंसी मनाउँदै आमालाइ केही मिठो परिकार खुवाउनु, उपहार दिनु नाटकै त हो । त्यो आमाको गुण कसरी तिर्न सक्नु जसले निस्वार्थ माया गरेकी छिन् आफ्नो सन्तानलाई? म त सक्दिन..सँधैको रिनी नै हुँ म आमाको । संसार नै मेरो विरुद्ध पल्टिदाँ खेरी पनि मेरो चिन्ता गर्ने र माया गर्ने एकमात्र व्यक्ती मेरो आमा हुनेछिन् , त्यो आमालाई मैले के नै दिएर सकुँला र?
-----
कवि तिर्थ श्रेष्ठको भावना, नेपथ्यको साथमा
कैलाश खेरको भावना, चलचित्र दशविदानियाँ
इस तरह मेरी गुनाहों को वो धो देती है
माँ बहुत गुस्से में होती है तो रो देती है
Labels:
Article,
Mother,
Mother's day,
आमा,
मातातिर्थ औंसी,
लेख
Sunday, April 1, 2012
मेरो अप्रिल फूल
आज विहान देखि अप्रिल फूल मनाउने क्रममा ७ वटी केटीलाइ "आइ लभ यू " भनेर मेसेज पठाइयो । जम्मैको भाँती भाँतीका जवाफ आयो..
१. साँच्ची हो?????? :D आइ लभ यू टु
२. अँ...म सोचेर भन्छु
३. मेरो ब्वाइफ्रेन्ड नभएको भए त पक्का आइ लभ यू टू नि..मेरो ब्रेकअप नहुन्जेल कुर है
४. धत्, के पठाएको यो? यसरी लेखेरै पठाउनु पर्छ? झन्डै मेरो श्रीमानले पढेको यो मेसेज...
५. मैले तिमीलाइ साथी मात्र सोचेको छु । सरी ल..
६. धत्..मैले त तिमीलाइ भाइ मानेको छु । यस्तो सोच्छौ?? पाप लाग्छ तिमीलाइ
७.
.
.
.
.
.
७ औको कुनै पनि जवाफ आएन... बरू
अर्को ८ औं नयाँ नम्बरबाट जवाफ आयो
साले, कुत्ता, चोर, धोखेबाज..मेरो नयाँ नम्बर बल्ल चिनिस् है ???
यी ८ नम्बरी आफ्नै गर्लफ्रेन्ड परिछिन् :(
Tuesday, March 27, 2012
बाटो नपाई, कुलेखानी काठमाडौं- ३
बाटो नपाई, कुलेखानी काठमाडौं- १ तथा
बाटो नपाई, कुलेखानी काठमाडौं- २ बाट अगाडी

इन्द्रसरोवरलाइ हेरिरहेँ... एकछिन त नजर हटेन त्यो सुन्दर दृश्यबाट । आहा !! क्या गजब.. निलो पानीमाथी बतासले स्पर्श गर्दा तरंगीत छालहरू शर्माएर किनार तिर लाग्दै थिए । मानौ इन्द्रसरोवरमा पानी र बतासको रमाइलो जुहारी चल्दैछ ।
बाटो नपाई, कुलेखानी काठमाडौं- २ बाट अगाडी

टन्न खाएपछि ज्यानले एउटै कुरा खोज्छ...निद्रा । धेरैलाइ भाते निद्राले थिचिसकेको थियो । फाल्गुनको मौसम न धेरै चिसो न गर्मी..घाममा मस्तले पल्टेर सुत्न पाए हुने जस्तो लाग्दै थियो । होटल भन्दा लगभग एक किमीको दूरीमा रहेको खुला चौर याद आयो, पछिल्लो पटक आउँदा खुब रमाइलो गरिया थियो त्यहाँ । उतै जाने सल्लाह भयो । आखिर पुगियो त्यही ठाउँमा...पुगेपछि म चै अकमक्क भएँ । पहिला भन्दा निक्कै फरक थियो त्यो ठाउँ । सिमेन्टको बन्दरगाह जस्तो Ramp बनेको रहेछ । पहिले त्यहाँ पुग्दा त केही पनि थिएन । यति छोटो समयमा कसरी बन्यो अजिब लाग्दै थियो । खासमा जलाशयको पानी घटेको अवस्था रहेछ । पहिले पानी भरिँदा त्यो Ramp नदेखिएको रहेछ ।
इन्द्रसरोवरलाइ हेरिरहेँ... एकछिन त नजर हटेन त्यो सुन्दर दृश्यबाट । आहा !! क्या गजब.. निलो पानीमाथी बतासले स्पर्श गर्दा तरंगीत छालहरू शर्माएर किनार तिर लाग्दै थिए । मानौ इन्द्रसरोवरमा पानी र बतासको रमाइलो जुहारी चल्दैछ ।
Friday, March 23, 2012
अनुमति
दिउँसोको समय, फुर्सदै फुर्सद... क्यामेरा बोकेर रत्नपार्क तिर लागेँ । रानीपोखरीको फोटो अहिलेसम्म खिचेको थिइन । आज चाहिँ भ्याउनु पर्यो भनेर उतैतिर लम्किएँ । बागबजारबाट भोटाहिटी तर्फ जाँदै गर्दा पार्कको छेउमा एकजना दाजु पैसा बेच्न बसेका थिए । रमाइलो लाग्यो...क्यामेरा सोझ्याएँ । क्लिक क्लिक...फोटो खिँचीहाले । त्यसपछि यसो क्यामेरा बाहिर चियाएँ । दाजु त रातापिरा भएर खाउँला झै गरेर हेर्दै थिए म तिर ।
आँखा जुध्नासाथ पड्की हाले 'के फोटो खिँचेको?'
'हैन..काम छैन, के फोटो खिंचीराको'
Subscribe to:
Posts (Atom)
Popular Posts
-
एकाबिहानै आँखा खुल्यो । छामछाम छुमछुम गर्दै छेवैमा रहेको मोबाइल समातियो र टुइटर खोलिहालियो । केही दिन अगाडी लेखिएको टुइटमा रिटुइट भएको नो...
-
कार्यकक्षमा एकाबिहानै एकजना अपरिचित व्यक्ति आइपुगे र सिधै सोफामा विराजमान भए । "भाइ नमस्कार म फलाना" "अँ....नमस्कार सर, ब...
-
एउटा रमाइलो साँझ, धरहराको फेदमा...केही रमाइला मनहरूको साथ धरहराको फेदमै अस्ताउँदै अर्को एउटा तातो दिन म त राम्री छु :) ब्रो त ...
-
आजकाल जुनसुकै पत्रिकामा टुइट छापिएको देख्नु भएको छ? सामाजिक सञ्जाल चलाउनु हुन्छ? अनि टुइटरको बारेमा उत्सुकता छ? टुइटरमा आउनु भयो तर टुइ...
-






