Friday, May 4, 2012

त्रिशुली किनार हुँइकिदाँ - २

त्रिशुली किनार हुइँकिदाँ -१ बाट अगाडी


अघि बढ्नु अघि रोमाले फेरी सम्झाए, घुमाउरो बाटो छ अलि सावधान भएर चलाउनु । ३० -४० को स्पीड मात्र नि...खोइ किन यिनलाइ मेरो बाइक कुदाइ देखि डर लाग्या हो? मलाइ याद भएन । कुनै दिन सँगै डुलाएँ कि काठमाडूँमा सातो जाने गरी? सिधा बाटो, त्रिशुली किनारै किनार बाटो अघि बढ्यो । खुला बाटो, गाडी कम..तापनि विस्तारै गुडेँ म । यताउति हेर्दै विस्तारै..अचम्म के लाग्यो भने, यताका वासिन्दाले गज्जबले बाइक हुँइक्याउँदा रैछन् । हेल्मेट पनि लाउन नपर्ने, डर पनि नलाग्ने । 

हामी नेपालीको धेरैजसो घुमघाम धार्मिकस्थलमा गएर टुंगिन्छ । बाटोमा देविघाट पर्दो रहेछ । अब यहाँ नरोकिइ अगाडी जाने कुरै भएन । तादी खोला र त्रिशुलीको दोभानमा अवस्थित देविथान प्रशिद्ध नै छ हिन्दू धर्मावलम्वी माझ । 



 देवीघाट




तादी खोला पुल
हाम्रो भ्रमण टोली
रोमाकान्त काफ्ले, विपिन आचार्य, एकतारे, बासुदेव भट्टराइ र धोलकराज ढकाल

म नास्तिक हुँ । देउतामा विश्वास लाग्दैन तरपनि मन्दिर जान्छु कहिलेकाँही । बच्चा बेलामा आमाले डोर्याएर लग्थिइन् । गइदिन्थे, तर मूर्ती पुजा गर्न, ढोग्न कहिले मनबाट आएन । अहिले पनि टिका सम्म लगाइदिन्छु कसैले लगाइदिएमा । मन्दिर जाने एउटा अर्को महत्तवपूर्ण कारण छ ... केटीहरू । केटिहरूलाइ खुब रहर हुन्छ मन्दिर जाने, अब मन्दिर गएपछि देवीहरूको दर्शन चै खुब पाइन्छ । त्यही भएर पनि मन्दिर गइराखिन्छ बेलाबेलामा । यहाँ पनि देवीको दर्शन नहुने त कुरै भएन


त्रिशुलीको किनारसम्म पुगेर पानी नखेलाइकन फर्किने कुरै भएन । किनार तिर लागियो । विभिन्न थरिका मान्छे, विभिन्न चर्तिकला । केही केटाहरू ढुंगा हानाहान गर्दै थिए वारिपारी बसेर । कसले नदि पारी बसेको केटोको टाउकोमा ढुंगा बजार्ने भन्ने प्रतियोगिता चल्दै रहेछ । केटाहरू जिउ ज्यान लगाएर लागिपरेका थिए, तर सफल चै कोही भएनन् । बरू नजिकै बसेका हामीलाइ चै ढुंगाले स्वागत गर्ने हो कि भन्ने पिर पर्दै थियो । 


मलाइ खोला किनारमा ठूलो ढुंगामाथी बसेर फोटो खिचाउने रहर थियो । तर दुर्भाग्य त्रिशुली किनारमा सजिलो गरी पुग्न सकिने कुनै ठूलो ढुंगो देखिएन । एउटा ढुंगामा महादेव ठडिएका रहेछन् । उनकै साथ बसेर रहर पुरा गरियो । 


मन्दिर तिर फर्किदाँ चौतारोमा रमाइलो दृश्यहरू देखिएका थियो । एकजना बाजे आनन्द मान्दै, हाँस्दै राम भजन गाउँदै थिए । केही बच्चाहरू रमाइलो कुटाकुटमा व्यस्त थिए, एउटा जोडी पनि देखियो गफमा रमाएको । जिन्दगी यस्तै छ, सबैको रमाउने आ आफ्नो पारा हुन्छ, रमाएकै राम्रो सबै । रमाउन्जेल न हो जिन्दगीको मजा लाग्ने...
विदुर मैले अपेक्षा गरे भन्दा ठूलो क्षेत्र रहेछ । बाटोको बायाँ तिर देखिने रमाइलो फाँटले झल्झली तराइको याद दिलायो । विदुर बजारमा बाटो फराकिलो रहेछ, सफा रहेछ । म खासै पहाडी बजारहरू पुगेको छैन तर जहिले पनि साँघुरो, उकालो भएको बजार होला भन्ने सोच्थेँ । तर विदुर धेरै फरक रहेछ । 





No comments:

Post a Comment

Popular Posts