Wednesday, April 11, 2012

हुन्थ्यो नि (गजल-७१)

दुइ मुटु एकै धड्कन बनिदिए हुन्थ्यो नि
तिम्रै भएँ, मात्र तिम्रै ! भनिदिए हुन्थ्यो नि


घट्ने थियो बोझ थोरै अनिँदा यी रातको
मैले जस्तै ताराहरू गनिदिए हुन्थ्यो नि 


आसुँ पनि काम लाग्थे साँच्ने ठाउँ पाए त
दुइ मन जोड्ने कुलो खनिदिए हुन्थ्यो नि


यो मनको आँधी हुरी त्यो मनको बादल घुम्टी
मेघ मात्र होइन वर्षा पनि दिए हुन्थ्यो नि



9 comments:

  1. No any extreme cause.. but honestly .... पनिमा दिल खुलेन सर्कार !!

    ReplyDelete
    Replies
    1. इमान्दार भएर भन्दा यो चाँही अलि जबरजस्तीको काफिया हो । त्यही भएर पनि होला । :)

      Delete
  2. मात्रा मिलाउने धुनमा लय भने भंग भएको छ एकाध ठाउँमा । पढ्दा त्यस्तो पाएँ । खासगरी अन्तिम सेरमा ।
    यो चाहिँ गजब छ ।

    घट्ने थियो बोझ थोरै अनिँदा यी रातको
    मैले जस्तै ताराहरू गनिदिए हुन्थ्यो नि

    ReplyDelete
    Replies
    1. यो मामिलामा अझै पनि कमजोर नै छु । धन्यवाद प्रतिक्रयाका लागि :)

      Delete
    2. Ramro chha sabin ji khushi lagyo !!!!

      Delete
  3. मिठो गज़ल, मत्लामा जुन जादु छ,त्यो अन्त्यसम्म कायम छ ।
    यहाँको ब्लग सर्कलमा मेरो ब्लग पनि जोड्नुस ल ? मैले तपाईलाई जोडेको छु ।
    मेरो ब्लग ठेगाना - http://blog.krishnathapa.com हो,
    धन्यवाद ।

    ReplyDelete
    Replies
    1. धन्यवाद कृष्णजी ।

      Delete
  4. यो मनको आँधी हुरी त्यो मनको बादल घुम्टी
    मेघ मात्र होइन वर्षा पनि दिए हुन्थ्यो नि
    --- नेपाली साइत्ये बाङघमयमा एउटा नयाँ प्रयोग । गज्जप छन सबिनजी का गजलहरु ।

    ReplyDelete

Popular Posts