Showing posts with label आमा. Show all posts
Showing posts with label आमा. Show all posts

Friday, April 20, 2012

मेरो पहिलो सम्झना, आमाको मुस्कान



तपाईँको दिमाग खोतल्नुस् एकछिन् । याद गर्ने कोशिश गर्नोस् तपाइँको जिन्दगीको पहिलो सम्झना, के याद आउँछ? मलाई भने मेरो आमाको मिठो मुस्कान याद आउँछ, मेरो उमेर कति थियो होला चै याद भएन तर आमाको काखमा पल्टेर आमाले कपाल सुम्सुम्याउँदै मुस्कुराउनु भएको सम्झना अझै पनि मेरो दिमागमा छ । अझै पनि त्यो मुस्कान मेरो स्मृतीमा छाउँदा बेग्लै आनन्द आउँछ, मेरो जिन्दगीको सारा तनाव एकैछिनमा बिलाउँछ, यस्तो शक्ती छ यो मुस्कानमा । 

भन्छन् आमाले बच्चा जन्माउन धेरै शारिरीक पिडा खप्नु पर्छ रे । जसले जे सुकै भनोस् मैले त्यो पिडाको एक अंश पनि महसुश गर्न सक्दिन, मात्र अनुमान लगाउने हो । तर होश सम्हाले देखि मैले मेरो आमाले परिवारका लागि गर्नु भएको धेरै दुःखहरू देखेको छु, त्यो पक्कै पनि महसुस गर्न सक्छु । हामी माध्यमिक विद्यालय तिर हुँदाको ताका परिवारमा आर्थिक संकट पर्दा बुवालाई सहयोग गर्न आमाले पनि काम गर्न थाल्नु भएको थियो । काठमाडौंको रैथाने परिवारमा जन्मिएकी मेरी आमा तराइका गाउँ गाउँ कामको सिलसिलामा जिल्ला भरी भ्रमण गर्नु पर्ने थियो । ढल्किँदै गरेको उमेर सँगै आमाले साइकल सिक्नु भयो, तराइको प्रचण्ड गर्मी सहँदै गाउँ गाउँ जानु हुन्थ्यो । म अनुमान लगाउन सक्छु कति असहज हुन्थ्यो त्यो काम वहाँको लागि, कामको सिलसिलामा आई पर्ने विभिन्न समस्याले वहाँलाइ कति तनाव दिन्थ्यो, त्यो वहाँको व्यवहारमा प्रष्ट देखिन्थ्यो त्यो बेला । तर पनि वहाँको त्यही मेहनतले गर्दा हामी दिदीभाइको विद्यालय शिक्षा सजिलै सकियो । वहाँले त्यती बेला आफ्नो क्षमता भन्दा बढीको दुःख गर्नु भएको थियो । त्यो दुःख बराबरको सुख अहिलेसम्म नि दिन सकिएन छैन जस्तो लाग्छ ।

समयको क्रम सँगै शिक्षा र रोजगारका लागि हामी काठमाडौं छिर्यौं । मामाघर यता भएर पनि धेरै सजिलो भयो । बुवा बितेपछि एक्लो हुनु भएकी आमा जिल्ला तिरै एक्लै पर्नु भयो । तर पनि वहाँ यहाँ आउन चाहनु भएन । बुढो ज्यान एक्लै बस्नु पर्दा साह्रै कठिन थियो । त्यसमाथी विभिन्न रोगहरूको आक्रमणले जिवनयापन झनै गाह्रो थियो । तर पनि वहाँ कहिले हामी सँगै काठमाडौं आउन चाहनु भएन, कारण एउटै थियो । यो महंगो शहरमा हामी त बल्लतल्ल गुजारा गरिरहेका थियौं, वहाँ पनि थपिएर हामीलाइ झनै गाह्रो हुने थिएन । तर वहाँले यो कुरा बुझ्नु भएन कि वहाँ उता बस्दा हामीलाइ झनै गाह्रो भएको थियो ।

एउटा दुर्घटनामा परी लडेर दुवै हातको हड्डी चर्किए पछि चै बाध्य भएर आउनु भयो । एकचोटी यता आएपछि हामीले फर्केर जान दिएँनौ । अहिले आमा हामी सँगै बस्नु हुन्छ । तर उमेरको खेला होला, समयक्रम सँगै वहाँ बच्चा जस्तो र हामी बुढो जस्तो हुँदै गएका छौं । सोचमा भएको पुस्तान्तर व्यवहारमा देखिन थालेको छ । जति उमेर बढ्दै गयो, त्यती नै वहाँ चिडचिडे, बोलीरहने, जिद्दी हुँदे जानु भएको छ । हामी भने झन् झनै बुज्रुक हुँदै गएका छौ जसले गर्दा वहाँ र हामीहरूको सामान्य कुरा पनि मिल्न छोडेको छ । दिनैको कुरा हो, वादविवाद हुने । कहिले वहाँ रिसाउने, कहिले हामी रिसाउने । आजको दिन देखि चै एउटा वाचा मेरी आमालाई, म तिमीसँग जे जुन सुकै अवस्थामा पनि झर्किने छैन । मलाई थाहा छ म रिसाउँदा तिमीलाइ कति चित्त दुख्छ....


आजको दिन पनि विहानै वहाँले उठाउनु भयो । सामान्यतया, मलाइ कसैले विहान उठाएको मनपर्दैन । राती दुइबजे सम्म ब्लग, टुइटर, फेसबुकमा रमाई रहने म, विहानै ६ बजे कसैले झक्झकाएर कराउँदा झनक्कै रिस उठ्छ । तर आज रिस उठेन , सदा झै आजपनि विहानै उठाउनुभयो आमाले "बाबु, उठ चिया चिसो भइ सक्यो" म भने अरू दिन भन्दा फरक हुँदै भने "दिदी, ढोग गरेँ" (म आमालाइ दिदी भनेर सम्बोधन गर्छु) उही चिरपरिचित मुस्कान मुहारमा सजाउँदै आमाले भनिन् "नाटक गर्छ गधा..."


हुन त यस्तो गर्नु नाटकै हो । आजको एकदिन आमा आमा टुइटर, फेसबुकमा बखान गर्नु, अनि मातातिर्थ औंसी मनाउँदै आमालाइ केही मिठो परिकार खुवाउनु, उपहार दिनु नाटकै त हो । त्यो आमाको गुण कसरी तिर्न सक्नु जसले निस्वार्थ माया गरेकी छिन् आफ्नो सन्तानलाई? म त सक्दिन..सँधैको रिनी नै हुँ म आमाको । संसार नै मेरो विरुद्ध पल्टिदाँ खेरी पनि मेरो चिन्ता गर्ने र माया गर्ने एकमात्र व्यक्ती मेरो आमा हुनेछिन् , त्यो आमालाई मैले के नै दिएर सकुँला र?
-----


कवि तिर्थ श्रेष्ठको भावना, नेपथ्यको साथमा


कैलाश खेरको भावना, चलचित्र दशविदानियाँ


इस तरह मेरी गुनाहों को वो धो देती है
माँ बहुत गुस्से में होती है तो रो देती है

आमाः मुनब्बर राना

मातातिर्थ औंसीका दिन मुनब्बर रानाका केही शेरहरू सम्पूर्ण आमा र ति आमाहरूका सन्तानमा समर्पण

लबों पर उस के कभी बददुवा नही होती
बस एक माँ है जो कभी खफा नही होती

इस तरह मेरी गुनाहों को वो धो देती है
माँ बहुत गुस्से में होती है तो रो देती है

मैंने रोते हुए पोछें थे किसी दिन आँसू
मुद्दतों नही धोया माँ ने दुपट्टा अपना

अभी जिन्दा है माँ मेरी मुझे कुछ भी नही होगा
मैं जब घर से निकलता हुँ दुवा भी साथ चलती है

जब भी कश्ती मेरी शैलाब मे आ जाती है
माँ दुवा करती हुई ख्वाबमें आ जाती है

ए अँधेरे देख ले मुंह तेरा काला हो गया
माँ ने आँखे खोल दि घरमें उजाला हो गया

मेरी ख्वाहिश हे के में फिर से फरिश्ता हो जाऊँ
माँ से इस तरह लिपटुँ कि बच्चा हो जाऊँ

मुनब्बर माँ के आगे युँ कभी खुलकर नही रोना
जहाँ बुनीयादी हो इतनी नमीं अच्छी नही होती 



सर्जकः मुनब्बर राना



Popular Posts