
सर्वप्रथम म कुनै चलचित्र समीक्षक वा अझ भन्दा चलचित्रको उल्लेख गर्न लायक दर्शक पनि होइन । त्यसैले पाठकहरूले मेरो यस लेखोटमा अभिव्यक्त कुराहरूले समग्र नेपाली चलचित्रको तुलनात्मक मापदण्डलाई कुनै पनि रूपमा अभिव्यक्त गर्दैनन् भन्ने बुझिदिनुहोला । आजको मेरो “हाइवे” दर्शन, नितान्त मेरा वैज्ञानिक एवं कला संस्कृतिप्रेमी अग्रज समीरमणि दीक्षितको नेपाली चलचित्रलाई भेटी चढाऔं भन्ने आह्वानको पालना एवं र सहृदयी सूरज अर्यालको मित्रवत् प्रस्ताव (यसमा यातायात सुविधा संलग्न छ है! ) को फलस्वरूप थियो ।