Showing posts with label Apabad. Show all posts
Showing posts with label Apabad. Show all posts

Wednesday, June 20, 2012

उज्यालो बढे झै भयो आज झन् झन्

बेतुक ही बेतमलब हँस ले हम
क्यूँ ना हम इस लम्हे मे जी लें हम
चलो बाँट ले हम जिन्दगी
जरा आज यूँ कर ले
कहो क्या खयाल है??

कहिले विना खुशी, विना काउकुती, विना कुनै कारण हाँस्नु भएको छ??

भन्छन् नि खुशी खोज्दै बाँच्नु पर्छ, खुशी भएर बाँच्नु पर्छ । तर धेरैजसो मान्छे दुःखी भएरै बाँच्छन् । खुशी सुटुक्क आएर छोएर जाँदा पनि गुनासो रहन्छ तिनीहरूको, छोएर गएको खुशी किन सँगै रहेन भनेर । तिनीहरू जान्दैनन् यसरी छोएर जाने खुशीसँग रमाउन जान्यो भने यो फेरी फेरी आउँछ अनि सँधै साथ रहन्छ । मेरो मनको भने ठेगान छैन, कहिले यही धेरैजसोको भिडमा हराउँछ, कहिले धेरैजसो मध्य अपवाद बनेर खुशी भइरहन्छ त्यसै त्यसै ।

आज पनि यस्तै दिन आएको छ । किन खुशी छु, मलाई पनि थाहा छैन । विहान बाइक हुइँक्याउँदा हुइँक्याउँदै त्यसै मन प्रसन्न भएर आयो विना कारण । अफिस पुग्ने बित्तिकै पुरानो साथी समीरको फोन आयो । एक्लो जिवनको खुशीयाली अन्त्य गर्दै दाम्पत्य जीवनको चुनौती झेल्ने आँट गरेको रहेछ साथीले, अनि म चै साक्षी बनिदिनु पर्ने भयो । तर ठ्याक्कै त्यही दिन कार्यालयको प्रतिनिधित्व गर्दै एउटा सेमिनारमा जानु पर्ने भएकोले जान्न त भनेँ । फोन राख्या मात्रै थिएँ, अर्को साथीको निम्तो याद आयो  । भोली रातो मछिन्द्रनाथको  रथ लगनखेलबाट तानेर जावलाखेल लाने अरे, अर्थात भोलीको चार दिन पछि भोटो देखाउने, अर्थात सार्वजनिक विदा । लौ साथीको जन्त जाने त लेखेरै आएको रहेछ । मेरो जन्मदिनको दिन साथीले एउटा अर्को खुशी भेटाउने भयो । म त्यसै खुशी ।

Popular Posts