Friday, November 8, 2013

म गन्दैछु (गजल - ८७)

दूर आकाश भरी तारा जमात भए ।
म गन्दैछु कति रहर बर्बाद भए ।।


भेट भ'को हिजै जस्तो मात्र लाग्छ?

पुरानो भो साथ अनि ती याद भए ।।


उज्यालोमा आँखा चिम्ली हेर्ने गर ।
अँध्यारोमा पाइला चाल्ने त्यो आँट भए ।।

सपनाको होली खेल्दा दाग बस्यो ।
पखालिन्थे आँखाहरू बर्सात भए ।।


1 comment:

Popular Posts