Monday, November 25, 2013

बिहानीको प्रहरमा (गजल - ८८)

जसो गरी रमाउँछ बच्चा नयाँ शहरमा
रमाउँदै छु सपनामा बिहानीको प्रहरमा


भत्काउँछु छिनमा नै छिनमै जोड्छु नयाँ संसार
घटजोडले नयाँ रंग खुल्छन् मेरो रहरमा



शिशिरको स्याँठ होस् वा बसन्तको मन्द बतास्
प्रेमिल गीतका धुनहरू सुहाउँछन् अधरमा



उर्लि जाने भेललाई पासो थापी निल्न खोज्दा
सदा बन्जर रही दिन्छ प्यासी धर्ती बगरमा


ढाडको डाम हेरेपछि उसले पनि याद राखोस्
हातैमात्र फेरीने हो धार उस्तै हुन्छ खञ्जरमा

No comments:

Post a Comment

Popular Posts