Thursday, December 21, 2017

Social Media Fever

मान्छेहरू सामाजिक सञ्जालमा आफ्ना बारे धेरै कुरा बाँड्छन् । केहि त यतिविध्न लिप्त हुन्छन् कि, जिन्दगीका हरेक क्रियाकलाप समाजिक सञ्जालमा नराखि बस्नै सक्दैनन् ।

उदाहरणका लागिः कुनै दिन रमाइलोका लागि रेस्टुरेन्टमा गए भने त्यहाँ जानु अघि लुगा छान्ने, लुगा लगाएपछि, जाँदैगर्दा बाटोको, पुगेपछि मेनुको, खानाको, पेयपदार्थको, त्यहाँको वातावरणको, सङ्गीत बजाइरहेको, त्यसमा झुमिरहेको फोटो यत्रतत्र हाल्छन् । फेसबुक, फेसबुक स्टोरी, इन्स्टाग्राम, इन्स्टा स्टोरी, व्हाट्सएप स्टेटस, टुइटर, स्न्यापच्याट आदिइत्यादी सबैठाउँमा उनिहरू के गरिराखेका छन् भन्ने कुराको पलपल खबर पाइन्छ । उनिहरू कतै घुम्न जाँदैछन् भनेपनि यस्तै पलपलका खबर पाइन्छ । प्याकिङ गर्दा देखि गन्तव्यमा पुगुञ्जेलसम्म, यात्रा शुरू गरेदेखि घर नफर्किएसम्मका हरेक क्षणका तस्वीर जताततै पोखिरहेका हुन्छन् । कुनै सामाजिक अवसर जस्तै विवाहमा सहभागि भएका छन् भने त कुरै नगरौं । त्यो समारोह सकिएको हप्तौंसम्म त्यसका तस्वीर बाँडिएका हुन्छन् । हेरिसाध्य छन् र? 


मान्छेका जिन्दगी उनिहरूले सामाजिक सञ्जालमा बाँड्ने तस्वीर भएको छ । जे हुन्छ, त्यो सामाजिक सञ्जालमा देखिन्छ । यसरी हेर्ने हो भने त जेका तस्वीर सञ्जालमा बाँडिदैन, त्यो त उनिहरूको जिन्दगीमा हुँदैहुन्न? खाएको, लाएको, घुमेको तस्वीरले त्यो घटना भइरहेको प्रमाणित गर्दछन् । शौचालयका, स्नानघरका तस्वीर त आउन्न त । तिनिहरूले हग्दैनन् होला त? नुहाउन पनि नुहाउँदैनन् होला है? तस्वीर आउन्न त । हुन त "I don't give a shit" भन्छन्, Shit नदिएकै होला नि त । नत्र तस्वीर आउँथ्यो ।

कतिका प्रेमसम्बन्ध हुन्छन्, कतिका हुँदैनन् । हुनेका जोडीका तस्वीर आउँछन्, नहुनेका आउन्नन् । दशठाउँ घुमेको, खाएको तस्वीर देख्दा यदि जोडी देखिँदैन भने तीनका जोडी छैन भन्ने बुझम् त? भए त तस्वीर आउँथ्यो होला । तस्वीर देखिन्न त । च्व च्व च्च! बिचरा एक्लो मन कति दुःखी होला? है? 

हर्हराउँदो उमेर, कल्कलाउँदो जोवन । यौनजीवन झन् के होला? कति छट्पटिएका होलान् । कति गुम्साएर राखेका होलान् आफूलाई । यौन क्रियाकलापमा संलग्न हुन नपाएका हुन् कि हुन नचाहेका हुन्? नचाहेका हुन् भने त के भन्नु तर हुन नपाएका पनि होलान् । भएका भए त तस्वीर आउँथ्यो नि, तस्वीर आउन्न त । 

कुरो यत्ति हो । तिमीहरूले दिनरात सामाजिक सञ्जालमा जीवनघटना बाँडीरहँदा हामीले बुझ्ने भनेको यही यत्ति हो । जे देखाउँदैनौ, त्यो तिम्रो जीवनमा छैन । माया लाउँछ के तिमीहरूको । 

जाउँ गएर जिन्दगी भेटाउ । * Go! Get a Life.

No comments:

Post a Comment

Popular Posts