Showing posts with label Nepal. Show all posts
Showing posts with label Nepal. Show all posts

Monday, August 24, 2015

गजल ९६


Sad Clown by Steven Ponsford
भुलिएला पीडा सबै घाउ निको हुञ्जेलसम्म
चोट माथी चोट दिनु बरू खत बसुञ्जेलसम्म

विषले विष काट्छ भनि सुने थियो कसैबाट
विष माथि विष पिई रह्यो प्राण रहुञ्जेलसम्म

दिल जल्दा ओँठ चल्दा कान बन्द हुन्छन् अरे
मौनता यो मेरो तिम्रो रीस नमरूञ्जेलसम्म

भत्केको घरबाट निस्की जुलुसमा मिसिएँ म
भाग्य बैरी यो सतीको श्राप नहटुञ्जेलसम्म

खरानीले छोपी राख्नु कलिला ती पालुवाहरू
यो डढेलो रहने हो बतास चलुञ्जेलसम्म

#कैलालीकाण्ड
२०७२ भदौ ०७

Sunday, November 10, 2013

यसपाली भोट के मा?

चारै तिर चुनावको चर्चा छ । कोही चुनाव हुन्छ र जितौंला भनेर चर्चा गर्नमा व्यस्त छन् । कोही चुनाव होला र आफू हारिएला, हराइएला भनेर विरोध गर्न व्यस्त छन् । जे जस्तो होस्, नेपाली लागि पर्या छन् चुनावमा । 

अधिकांशलाई चुनावसँग वास्ता छैन भन्दै चुनावकै गफ गर्नबाट फुर्सद छैन । सबै चोर हुन्, कसले चै के गर्छ र भन्दै कोही न कोहीलाई गाली गर्नबाट फुर्सद हुन्न यस्तालाई । कोही भने भोट हाल्दिन भन्दै कुर्लदै छन्, भने कोही चै कसले खुवाउँला र त्यसका नाममा भोट हाल्छु भनि गफ दिउँला भनेर ढुकेर बसेका छन् । 

Popular Posts