Showing posts with label Kailali. Show all posts
Showing posts with label Kailali. Show all posts

Monday, August 24, 2015

गजल ९६


Sad Clown by Steven Ponsford
भुलिएला पीडा सबै घाउ निको हुञ्जेलसम्म
चोट माथी चोट दिनु बरू खत बसुञ्जेलसम्म

विषले विष काट्छ भनि सुने थियो कसैबाट
विष माथि विष पिई रह्यो प्राण रहुञ्जेलसम्म

दिल जल्दा ओँठ चल्दा कान बन्द हुन्छन् अरे
मौनता यो मेरो तिम्रो रीस नमरूञ्जेलसम्म

भत्केको घरबाट निस्की जुलुसमा मिसिएँ म
भाग्य बैरी यो सतीको श्राप नहटुञ्जेलसम्म

खरानीले छोपी राख्नु कलिला ती पालुवाहरू
यो डढेलो रहने हो बतास चलुञ्जेलसम्म

#कैलालीकाण्ड
२०७२ भदौ ०७

Popular Posts