Saturday, June 25, 2016

गजल १००

Image by: ImageZoo
मालीले फूल टिपी कोसेली दियो
उसलाई मौरीसँग दुश्मनी थियो

आफ्नो दुःखभन्दा के ठूलोे खोज्दैथेँ
त्यही बेला नौलाख तारा गनियो


दोबाटोमा उल्झन थप्यो साथीले
मुख मोडियो अनि एक्लै हिँडियो

त्यसो त रूझ्न मन पराउन्नँ म
छाता सापटी दे’को बेला भिजिय

म फेरि गुन्जिएमा कान थुन्नु होला
धून फेर्न आउन्न, एकतारे परियो

प्रकाशितः http://baahrakhari.com/np/entertainment/ektareyagajal/

No comments:

Post a Comment

Popular Posts