Saturday, July 2, 2016

तस्बीर (कविता)

जिवनमा एक्लो दिनहरू पनि थिए 

मनमा सजाएको युगल तस्बीरहरु 
आँखाभरी नाचेको बेला 
ती एकाङ्कीहरु मेट्न 
म तस्बीर खिँच्थे 

दृष्यहरु रेखाहरुमा 
खिँचिएकाहरु मध्य 
दुःख र विछोडका तस्वीरले 

आँसुका रेखाहरु कोरिन्थे 
खुशी र मिलनका तस्बीरहरु डाहले 
जलाँउथे मन 

दूरी त भूगोलको मात्र त थियो 
तर दूरी साँच्चिकै दूरी बन्दै गयो
नाप्दै जाँदा पाईलाहरुले 
एक विन्दूमा पुगेर थाहा भयो 
भूगोलको दूरी पछि 
मिलनका विन्दू कहिल्यै आउने छैन 
र 
त्यही दिन आँखामा युगल तस्बीर टुट्यो ! 

आजकल म तस्बीर खिँच्दिन 
दुःख र सुख दुवै 
तस्बीरमा कोरिन्न आँखाहरूमा 
न त आँसु नै बाँकी छ 
न त मनमा बाँकी नै छ डाह 
छ त केवल एउटा रित्तो फ्रेम 
जहाँ कुनै पनि तस्बीर अटाउन सक्छ
तर एउटा कामना छ, मनमा की 
त्यो रित्तो फ्रेममा मुस्काएको अनुहार होस

No comments:

Post a Comment

Popular Posts