Friday, October 6, 2017

गजल १०७

बतास चल्दा जहाँ-जहाँ छेकिएको थियो
ठिक त्यहीँ हाँगा सिधा देखिएको थियो

त्यो प्रेमपत्र आगोले नि जलाएन आखिर
"मन सागर हो" त्यसमा लेखिएको थियो

त्यही नाम फेरि लेख्न हात चल्न थाले
बालुवामा लेखेको नाम मेटिएको थियो

हामी हिँड्दा-हिँड्दै सानो कुरा भुलिएछ
हिँड्ने साथी कहाँनिर भेटिएको थियो

No comments:

Post a Comment

Popular Posts