प्रेमका मसी उडी गए सादै रहे मनका पाना।
कथा आफ्नो खोजी हिड्नु जिउनलाई भो बहाना॥
पाईला मेरा लम्की दिन्छन् उजेलीको झल्को देखि ।
बाटो मेरो अल्झाउँछन् सम्झनाका तानाबाना॥
जब जब झल्किदिन्छ नौनी सरी मन कोमल ।
हात हातमा छुरा लिई पालो कुर्छ यो जमाना ॥
पिडा पनि प्यारो नै छ जानु हुन्न मुटु छाडी ।
परेलीको डिल माथी कोरिएको छ सिमाना ॥
मुहारमा हाँसो लिई उदाउँछ सबिन तर।
अधेँरी मै रहिदिन्छ दिलको यो तहखाना ॥
November 22, 2010
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
एकजना साथी विदेश जानु अगाडी भेटघाट गरौं भन्दै थिए, ल त जमघट गरूँ न भनेर सबैलाइ बोलाइयो । जमलस्थित एउटा क्याफेमा साथीहरूलाइ कुर्दै थिएँ । क्य...
-
एकादेशमा... एउटा केटा थियो एउटी केटी थिई केटाको कोही थिएन केटीको दाई थियो .. .. .. .. .. .. .. .. कथा सक्काईयो ।
-
'डिँगडँग्' ' डिँगडँग्' तीनचोटी सम्म पनि डोरबेल बजाउँदा ढोका नखोलिए पछि प्रदीपको दिमागको तापक्रम पानी उम्लिने विन्दू...
-
पाउमा शिर झुकाउन उर्दि जारी भएको छ जो चै थियो शैतान उही अवतारी भएको छ रमिते भै हेरी बस्यो सदाचारी भनाउँदो रोक्ने छ्क्ने हात भने दुराचारी भए...
-
अब के? व्हाट् नेक्स्ट? समाजले सफलता भनेर ठहर्याएको एउटा मुकाममा पुगेर खुशी हुन पुगेपछि आउने मनोभाव बडो सकसपूर्ण हुने रहेछ । जिन्दगीमा अगा...
No comments:
Post a Comment