प्रेमका मसी उडी गए सादै रहे मनका पाना।
कथा आफ्नो खोजी हिड्नु जिउनलाई भो बहाना॥
पाईला मेरा लम्की दिन्छन् उजेलीको झल्को देखि ।
बाटो मेरो अल्झाउँछन् सम्झनाका तानाबाना॥
जब जब झल्किदिन्छ नौनी सरी मन कोमल ।
हात हातमा छुरा लिई पालो कुर्छ यो जमाना ॥
पिडा पनि प्यारो नै छ जानु हुन्न मुटु छाडी ।
परेलीको डिल माथी कोरिएको छ सिमाना ॥
मुहारमा हाँसो लिई उदाउँछ सबिन तर।
अधेँरी मै रहिदिन्छ दिलको यो तहखाना ॥
November 22, 2010
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
याद छ त्यो वालापनको दिन? हामी दुइ खेल्दै बगैंचामा पुगेका थियौ एउटा बुटामा ढुङ्गाले खोपेर मैले एउटा पिपलपाते आकृति कोरेको थिएँ हाँस्दै ...
-
नाम जेसुकै दिए नाताको , भावना उही रहन्छ । पाउने नपाउने दैव खुशी, चाहना उहि रहन्छ ।। नचाहे पनि मेरो हाल बुझ्न, तिम्रो खुशी। तिमी सँगै रा...
-
यो संसार अजिब छ भन्थे, कोही कोही देख्दा चै साँच्चीकै संसार अजिब छ भन्ने कुरा माथी विश्वास लाग्छ । कुरो एउटा स्वप्रसिद्ध व्यक्तित्वको हो । वह...
-
तिमी बिनाको जब रात आउँछ भित्तालाई नि खूब बात आउँछ मिठ्ठो लाग्दैछ मलाई यो जिन्दगी आजकाल तिम्रो, मात्र याद आउँछ आँखा खोलेर सपना बिच्का...
-
धेरै पछि आएको छ खुल्ला आकाशको मौसम रंगीन चंगा सँगै आयो हर्ष उल्लासको मौसम परदेशमा सुख खोज्दा आउँछ याद झलझली आफ्ना सँग यौटै थाल मिठो एक गाँस...
No comments:
Post a Comment