तिम्रो मेरो बिचको दूरी हामी एक साथ तरौँला
अलिकति तिमी झर्नु अलिकति म चढौँला
लामो यात्रा जीन्दगानी सँग सगै लागौँ हामी
अलिकति तिमी सुस्ताउ अलिकती म लम्कौँला
एक अर्का बिना रैछौँ खाली खाली हामी दुवै
अलिकती तिमी भर्नु अलि धेरै म भरौँला
गाँठो हाम्रो चिसिएमा प्रेमज्वाला सल्काउँला
धेरै धेरै तिमी ताप्नु अलिकति म तापौँला
सारा जग बैरी भए भिड्नु छ है एक भई
अलिकति तिमी आँट्नु अलि धेरै म आँटौला
December 12, 2010
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
सबै भेद विभेद भन्दा पर बसेर आऊ हामी सुनौं एकअर्कालाई न तिमीलाई म बुझ्ने कर होस् न मलाई तिमी बुझ्ने कर रहोस् बस्, तिमी सुनाउ म सुन्...
-
क्यालेन्डर चिथोरेर भित्तामा हेर फेरी एउटा बिहानी उदाएको छ फरक दिनको उस्तै बिहानी हो या फरक दिनको नयाँ कहानी हो सिरक भित्रैबाट हात तन्क...
-
फोटो र ब्लगको कुनै सम्बन्ध छैन अस्ती देखेको सपनाका कुरा गर्छु । ठाउँ चिनिन तर अमेरिका हुनुपर्छ । किनकी म अनुज र अभिसँग थिएँ ...
-
बेतुक ही बेतमलब हँस ले हम क्यूँ ना हम इस लम्हे मे जी लें हम चलो बाँट ले हम जिन्दगी जरा आज यूँ कर ले कहो क्या खयाल है?? कहिले विना खु...
-
उ र म ... हामी धेरै पुरानो साथी पनि होईन, लगभग एक वर्ष भयो होला चिनजान भएको । फेसबुकबाट साथी बनेपछि एउटा कार्यक्रममा भेटघाट भएको थियो हाम्र...
No comments:
Post a Comment