पाईलालाई के थाहा छ र बाटो कहाँ जान्छ ।
यो त लाग्छ त्यतै तिर जता मनले लान्छ ।।
हिँड्दा हिँड्दै कदम मेरा अँधेरीमा अल्झे ।
उजेलीको आशा मारी थाक्न कहाँ मान्छ ।।
सुस्ताएका बटुवाको कुरा सुने हुन्थ्यो ।
अटेरी मन आफ्नो राजा आफूलाई नै ठान्छ ।।
जता गयो सपनाको ताँती पछि पछि।
आँखा चिम्ली हिँड्ने बानी ठक्कर अनेक खान्छ ।।
२०६७।०७।०१ आईतबार , एकादशी
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
नाम जेसुकै दिए नाताको , भावना उही रहन्छ । पाउने नपाउने दैव खुशी, चाहना उहि रहन्छ ।। नचाहे पनि मेरो हाल बुझ्न, तिम्रो खुशी। तिमी सँगै रा...
-
याद छ त्यो वालापनको दिन? हामी दुइ खेल्दै बगैंचामा पुगेका थियौ एउटा बुटामा ढुङ्गाले खोपेर मैले एउटा पिपलपाते आकृति कोरेको थिएँ हाँस्दै ...
-
यो संसार अजिब छ भन्थे, कोही कोही देख्दा चै साँच्चीकै संसार अजिब छ भन्ने कुरा माथी विश्वास लाग्छ । कुरो एउटा स्वप्रसिद्ध व्यक्तित्वको हो । वह...
-
तिमी बिनाको जब रात आउँछ भित्तालाई नि खूब बात आउँछ मिठ्ठो लाग्दैछ मलाई यो जिन्दगी आजकाल तिम्रो, मात्र याद आउँछ आँखा खोलेर सपना बिच्का...
No comments:
Post a Comment