निभाएर सेलाई दे मनको त्यो दीप तेरो
किन जल्छस् तँ? जब मेट्नु छैन अँधेरो
डेरा गरी ग्रहण बसेपछि घरमा
हुन्न रैछ उज्यालो पोतिएर कमेरो
बाटो तैँले खनेको कहाँ पुग्ने तँ नै जान
कहाँ भन्छ यात्राले बाटो भयो अप्ठेरो
धर्ती सारा नापेर सागरमा मिल्नु छ
उर्लिएर नाघी हिंड् तँ ! दहको यो घेरो
-19 मँसिर 2067
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
हिँडि रहेछु म निरन्तर धरतीको अन्त छैन म त सिद्धिन्छु यो समय असतीको अन्त छैन यौटा टाकुरा नाप्छु फेरी अर्को शिखर उभिदिन्छ कैले हो मैले सुस्ता...
-
सुख दुःख अथाह यो बोकी हिँड्ने छाती छ छाती भित्रै भरिएको हावा भने भारी छ विहानीको रंगमा नि छैन कुनै उमंग निधारको पसिनामा उसै पनि लाली छ देख्न...
-
"चिया चिसो भो" सारा संसारको पीर एकतरफ, आमाको चिया चिसो हुने चिन्ता एकतरफ । बिहान बिहानै पाँच बजे चिया पकाएर खुवाउने आमालाई के थ...
-
मनको वागमा बसन्तको मौसम पर्दा कलम चलोस् अधरले मोती झल्काई, खुशी छर्दा कलम चलोस् सुख दुख साथी तिम्रा पालै पालो आउँछन् जान्छन् खुशीयाली मनको ...
-
'डिँगडँग्' ' डिँगडँग्' तीनचोटी सम्म पनि डोरबेल बजाउँदा ढोका नखोलिए पछि प्रदीपको दिमागको तापक्रम पानी उम्लिने विन्दू...
No comments:
Post a Comment