पिडा भए गजल लेख, दुख परे गजल लेख ।
खुशीहरू मनबाट, पर सरे गजल लेख ।।
निर सागर जोर मार्छ कोशिश गरी सम्हाल्नु है ।
छल्किएर आखाँ बाट तल झरे गजल लेख ।।
यौवनको आँगनीमा सुख खोज्दै भौंतारिन्छौ
त्यै दैलोमा कुर्दा कुर्दै खुशी मरे गजल लेख ।।
आँखा भरी सजाउँछौ स्वप्न मिठो भविष्यको ।
विपनीमा यथार्थले आँखा तरे गजल लेख ।।
लेखनीमा भाव कुँद्ने हुदोँ रैछ रहर सबको
मनले नै हातलाई बाध्य गरे गजल लेख ।।
Monday, September 20, 2010 at 4:35pm
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
अब के? व्हाट् नेक्स्ट? समाजले सफलता भनेर ठहर्याएको एउटा मुकाममा पुगेर खुशी हुन पुगेपछि आउने मनोभाव बडो सकसपूर्ण हुने रहेछ । जिन्दगीमा अगा...
-
Beauty of bike ride is you get to stop where ever you like and enjoy the scenery. This time I got bored of K-town and was heading for Lumb...
-
सिकी पाठ विगतबाट, अघी बढ्ने सोचहरू यात्रा फेरी थालेको छु पछ्याउँदै डोबहरू खुला आँखा राखी हिडेँ, सफर लाग्छ अन्तहिन पर्खिदैछन् होला कतै, मलाई ...
-
पाईलालाई के थाहा छ र बाटो कहाँ जान्छ । यो त लाग्छ त्यतै तिर जता मनले लान्छ ।। हिँड्दा हिँड्दै कदम मेरा अँधेरीमा अल्झे । उजेलीको आशा मारी थ...
गजल त टन्नै आउने भो त्यसो भए । :) सुन्दर गजल ।
ReplyDeleteThanks Dinesh guru,
ReplyDeleteपिउन र गजल लेख्न बहाना लाख !