फैल्यो यति धर्ती माथि देह अटेन
माथि सिँगो आकाशले शिर ढाकेन
चौध भुवन त्रिलोक नै विजय गर्यो
आफैँ हारी सक्दा पनि अहं थाकेन
भाग बन्डा कम हुन्छ सोचेर होला
आफन्तकै गला रेट्न पछि परेन
आफैँलाई सजाएर रमायो आफैँ
आफू भन्दा पर कुनै संसार देखेन
मुठ्ठी बन्द गरी जान मन कहाँ थियो?
आखिरमा कालसँग जोर चलेन
Thursday, September 16, 2010 at 1:15pm
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
How lonely can a person get in a big city? Among millions of people its hard to find friend. Here are few moment I captured during my ...
-
मलाई जिस्काउँदै मुस्कुराइ हेर्यौ मानौं जून उदायो तिम्रो दुई आँखाहरू झिल्मिल सितारा झै चम्किए एक्कासी झल्मलायो मेरो अँधेरी मन तिमी गएपछि...
-
हिजो देखि नै मन ठाउँमा थिएन । अस्थिर । जिन्दगीमा के-के हुने हुने । घुमिफिरी उस्तै परिस्थिति बारम्बार आइदिने । पटक पटक भोगेपछि त बानी हुनु...
-
एउटा सानो दुइ कोठे ढुंगाको भवनामा दुइवटा सरकारी कार्यालय र ती दुई कार्यालयका कुरूवा उनी र म । त्यही नाताले समय कटाउन हामी साथी हुनै पर्ने भय...
-
प्रश्नै प्रश्नको सांग्लोले जिवन बेरिएको रहेछ बाँच्नलाइ जवाफ चाहिँदो रहेछ प्रश्न देखि वाक्क लागेपछि बाँच्नै देखि वाक्क भइदो रहेछ अनि ल...
No comments:
Post a Comment