कुरा कुरा बाझी दियो, हामी बिच झगडा भो ।
कामधाम एकातिर, बेकारको लफडा भो ।।
तेरो मेरो लिने दिने हुन थाल्यो तुलना जो ।
माया प्रेम कुना सर्यो, अंहकार तगडा भो ।।
तिम्रो खुशी तिम्रो इच्छा, काम मेरो अरू छैन ।
गधा जस्तो जुनी मेरो, जीन्दगानी रगडा भो ।।
रिसाउनु रम्नु यहीँ आँसु हाँसो मेल यहीँ ।
सँधै भिड्नु परे पनि प्यारो यही अखडा भो ।।
Wednesday, August 11, 2010 at 3:57pm
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
याद छ त्यो वालापनको दिन? हामी दुइ खेल्दै बगैंचामा पुगेका थियौ एउटा बुटामा ढुङ्गाले खोपेर मैले एउटा पिपलपाते आकृति कोरेको थिएँ हाँस्दै ...
-
नाम जेसुकै दिए नाताको , भावना उही रहन्छ । पाउने नपाउने दैव खुशी, चाहना उहि रहन्छ ।। नचाहे पनि मेरो हाल बुझ्न, तिम्रो खुशी। तिमी सँगै रा...
-
यो संसार अजिब छ भन्थे, कोही कोही देख्दा चै साँच्चीकै संसार अजिब छ भन्ने कुरा माथी विश्वास लाग्छ । कुरो एउटा स्वप्रसिद्ध व्यक्तित्वको हो । वह...
-
तिमी बिनाको जब रात आउँछ भित्तालाई नि खूब बात आउँछ मिठ्ठो लाग्दैछ मलाई यो जिन्दगी आजकाल तिम्रो, मात्र याद आउँछ आँखा खोलेर सपना बिच्का...
No comments:
Post a Comment