सूर्य हाँस्यो विहानमा आज केही नयाँ हुन्छ
स्वप्न नाच्यो सिरानमा आज केही नयाँ हुन्छ
अँधेरीको काल कट्यो, उजेलीमा बाटो खुल्यो
पिर सुत्यो चिहानमा आज केही नयाँ हुन्छ
पहाड सरी बाधाहरू छेक्न खोज्छन् बाटो मेरो
चिरा पर्यो पखानमा आज केही नयाँ हुन्छ
वर्षा याम विदा गरी मन खुल्यो सगर सरी
आश पलायो चिस्यानमा आज केही नयाँ हुन्छ
नौलो मेरो सुरूवातको सन्देश लिइ चरी गायो
आत्मा जाग्यो आव्हानमा आज केही नयाँ हुन्छ
रचना २०६७ श्रावण १७
परिमार्जन २०६७ भदौ २७
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
ससारनै देखाइ दियौ दिलको यो थुनामा जूनताराको झिलिमिली पाउँछु यै कुनामा एक हाँसोले मनभित्रको खडेरी नै हरायो प्रेमको वर्षा पाइ नयाँ पालुव...
-
अब के? व्हाट् नेक्स्ट? समाजले सफलता भनेर ठहर्याएको एउटा मुकाममा पुगेर खुशी हुन पुगेपछि आउने मनोभाव बडो सकसपूर्ण हुने रहेछ । जिन्दगीमा अगा...
-
लौ न! लौ न!! कस्तो आपत मेरो साथ लागी आयो जो माथी यी औंला उठे, उ सँगै नाम गाँसी आयो लहरको सवारीमा रहर भेट्न खोजुन् जति लहरले बेर्दा भन्छन...
-
मलाई बिहे मनपर्दैन । मैले यो भन्दा खेरि संसार रिसाओस् मतलब भएन, मेरी श्रीमति रिसाउनु भएन । खासमा मलाई बिहे मन नपरेको हैन । मन नपरेको भए ब...
-
पिडा सँगै मुस्काउछ उही कथा जीवनको मुस्कानमै हराउँछन् दुई धारा नयनको विछोडमा आँसु झारिन् आँसु सँगै प्रेम भयो फेरी फेरी बग्दा न्यानो पाउँ...
No comments:
Post a Comment