सूर्य हाँस्यो विहानमा आज केही नयाँ हुन्छ
स्वप्न नाच्यो सिरानमा आज केही नयाँ हुन्छ
अँधेरीको काल कट्यो, उजेलीमा बाटो खुल्यो
पिर सुत्यो चिहानमा आज केही नयाँ हुन्छ
पहाड सरी बाधाहरू छेक्न खोज्छन् बाटो मेरो
चिरा पर्यो पखानमा आज केही नयाँ हुन्छ
वर्षा याम विदा गरी मन खुल्यो सगर सरी
आश पलायो चिस्यानमा आज केही नयाँ हुन्छ
नौलो मेरो सुरूवातको सन्देश लिइ चरी गायो
आत्मा जाग्यो आव्हानमा आज केही नयाँ हुन्छ
रचना २०६७ श्रावण १७
परिमार्जन २०६७ भदौ २७
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
सबै भेद विभेद भन्दा पर बसेर आऊ हामी सुनौं एकअर्कालाई न तिमीलाई म बुझ्ने कर होस् न मलाई तिमी बुझ्ने कर रहोस् बस्, तिमी सुनाउ म सुन्...
-
क्यालेन्डर चिथोरेर भित्तामा हेर फेरी एउटा बिहानी उदाएको छ फरक दिनको उस्तै बिहानी हो या फरक दिनको नयाँ कहानी हो सिरक भित्रैबाट हात तन्क...
-
फोटो र ब्लगको कुनै सम्बन्ध छैन अस्ती देखेको सपनाका कुरा गर्छु । ठाउँ चिनिन तर अमेरिका हुनुपर्छ । किनकी म अनुज र अभिसँग थिएँ ...
-
बेतुक ही बेतमलब हँस ले हम क्यूँ ना हम इस लम्हे मे जी लें हम चलो बाँट ले हम जिन्दगी जरा आज यूँ कर ले कहो क्या खयाल है?? कहिले विना खु...
-
उ र म ... हामी धेरै पुरानो साथी पनि होईन, लगभग एक वर्ष भयो होला चिनजान भएको । फेसबुकबाट साथी बनेपछि एउटा कार्यक्रममा भेटघाट भएको थियो हाम्र...
No comments:
Post a Comment