माया नै हो धर्म मेरो माया नै भो जात मेरो।
माया प्रेमको भजनमा बित्छ दिन रात मेरो ॥
भाग्य सँग भिड्न सक्छु आँट मेरो कसले नापोस् ।
डराउँछ आजभोली दशा साढे सात मेरो ॥
अचम्मको नशा रै'छ मन भुल्ने यो बानीमा।
उडाउँदैछ आकाशमा पिरतीको मात मेरो॥
चुपचाप लुकाए थेँ तिम्रो छवि यो मनमा।
नयनले धोका दिँदा खुल्यो खुराफात मेरो॥
साथ हुन्छु जहिले नि सुख दु:ख फरक छैन।
गाँसिएका छन् त्यो तिम्रो हातमा यो हात मेरो॥
मन भित्र वास तिम्रो देउता भन्नु तिमी भयौ।
गर्ला माफ ईश्वरले यस्तो विश्वासघात मेरो॥
Friday, September 3, 2010 at 1:42pm
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
नाम जेसुकै दिए नाताको , भावना उही रहन्छ । पाउने नपाउने दैव खुशी, चाहना उहि रहन्छ ।। नचाहे पनि मेरो हाल बुझ्न, तिम्रो खुशी। तिमी सँगै रा...
-
याद छ त्यो वालापनको दिन? हामी दुइ खेल्दै बगैंचामा पुगेका थियौ एउटा बुटामा ढुङ्गाले खोपेर मैले एउटा पिपलपाते आकृति कोरेको थिएँ हाँस्दै ...
-
यो संसार अजिब छ भन्थे, कोही कोही देख्दा चै साँच्चीकै संसार अजिब छ भन्ने कुरा माथी विश्वास लाग्छ । कुरो एउटा स्वप्रसिद्ध व्यक्तित्वको हो । वह...
-
तिमी बिनाको जब रात आउँछ भित्तालाई नि खूब बात आउँछ मिठ्ठो लाग्दैछ मलाई यो जिन्दगी आजकाल तिम्रो, मात्र याद आउँछ आँखा खोलेर सपना बिच्का...
No comments:
Post a Comment