पिडा भए गजल लेख, दुख परे गजल लेख ।
खुशीहरू मनबाट, पर सरे गजल लेख ।।
निर सागर जोर मार्छ कोशिश गरी सम्हाल्नु है ।
छल्किएर आखाँ बाट तल झरे गजल लेख ।।
यौवनको आँगनीमा सुख खोज्दै भौंतारिन्छौ
त्यै दैलोमा कुर्दा कुर्दै खुशी मरे गजल लेख ।।
आँखा भरी सजाउँछौ स्वप्न मिठो भविष्यको ।
विपनीमा यथार्थले आँखा तरे गजल लेख ।।
लेखनीमा भाव कुँद्ने हुदोँ रैछ रहर सबको
मनले नै हातलाई बाध्य गरे गजल लेख ।।
Monday, September 20, 2010 at 4:35pm
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
भोग्दा भोग्दै थाकेँ धेरै, धिक्कारें यो जीवनलाई सबैलाइ उस्तै रैछ, स्विकारें यो जीवनलाई लक्ष्य छैन हिड्छु त्यसै छाम्दै मनका रहरहरू जता ति...
-
दशैं गयो । सक्कियो । नेपालीको एकहप्ते चुमचुम सक्कियो । काठमाडौं आजदेखि फेरि जाग्यो । बिहानै देखि कोटेश्वर चोकमा जाम थियो । तर धूलो अझै ...
-
संसार त्यागी मर्नु अनि बाँच्नु तिम्रो बसमा छैन पिर भारी बिसाएर हाँस्नु तिम्रो बसमा छैन पिर अनि खुशीयाली, थुंगा थुंगा छरिएका एउटै माला ब...
-
बतास चल्दा जहाँ-जहाँ छेकिएको थियो ठिक त्यहीँ हाँगा सिधा देखिएको थियो त्यो प्रेमपत्र आगोले नि जलाएन आखिर "मन सागर हो" त्यसमा ...
गजल त टन्नै आउने भो त्यसो भए । :) सुन्दर गजल ।
ReplyDeleteThanks Dinesh guru,
ReplyDeleteपिउन र गजल लेख्न बहाना लाख !