पिडा भए गजल लेख, दुख परे गजल लेख ।
खुशीहरू मनबाट, पर सरे गजल लेख ।।
निर सागर जोर मार्छ कोशिश गरी सम्हाल्नु है ।
छल्किएर आखाँ बाट तल झरे गजल लेख ।।
यौवनको आँगनीमा सुख खोज्दै भौंतारिन्छौ
त्यै दैलोमा कुर्दा कुर्दै खुशी मरे गजल लेख ।।
आँखा भरी सजाउँछौ स्वप्न मिठो भविष्यको ।
विपनीमा यथार्थले आँखा तरे गजल लेख ।।
लेखनीमा भाव कुँद्ने हुदोँ रैछ रहर सबको
मनले नै हातलाई बाध्य गरे गजल लेख ।।
Monday, September 20, 2010 at 4:35pm
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
धर्ती आकाश भुल्छु, बादल बन्छु । सुख दुख भुल्छु, पागल बन्छु ।। पैताला र शिरको भेद भुल्छु । चालमा ताल दिन्छु, पायल बन्छु ।। सोच्छु एक थरी, हुन...
-
बोलाए हुन्थ्यो त म हाजिर हुन्थे सेवामा सम्झनै गरे हुन्थ्यो त मुस्कुराउँदै आउँथे यादमा तिम्रो र मेरो ईच्छा एकै भएपछि गुनासो के रह्यो ति...
-
एउटा सानो दुइ कोठे ढुंगाको भवनामा दुइवटा सरकारी कार्यालय र ती दुई कार्यालयका कुरूवा उनी र म । त्यही नाताले समय कटाउन हामी साथी हुनै पर्ने भय...
-
एकदिन साथी सब्बु संयम र म कालीप्रसाद बासकोटा दाइलाइ भेट्न गएका थियौं । एक लाइन सुनाउनु भयो, 'टोलाई रहन्छौ हर साँझ ए चन्द्रमा तिमी आज ...
-
आज (२०६८ माघ २५ गते) विवाह बन्धनमा बाँधिएका साथीहरू होम कुमारी राइ र प्रचन्द्र श्रेष्ठ र भोली (२०६८ माघ २६ गते) विवाह बन्धनमा बाँधिन गइरह...
गजल त टन्नै आउने भो त्यसो भए । :) सुन्दर गजल ।
ReplyDeleteThanks Dinesh guru,
ReplyDeleteपिउन र गजल लेख्न बहाना लाख !