बाटो नपाई, कुलेखानी काठमाडौं-१ बाट क्रमशः
सिस्नुको फोटो खिँच्दै थियौ, फोन आयो साथीहरूको । शायद हामी कतै हराएको होकी भन्ने चिन्ता हुँदै थियो उनिहरूलाइ । "के हो तिमीहरूको चाला कता गायब?" उतापट्टी लक्की थिए
'के हुनु नि, यहाँ गज्जबको ठाउँमा छन्, तिमीहरू आएनौ क्यार...अनि के चिन्ता गरिरा? दुवैजना केटा पो छम् त..हराए नि के चिन्ता?' जितेन्द्रले जवाफ फर्काए
अनि हामी फर्कियौं, उता कफि तयार भइसकेको थियो । साथीहरूले चुस्की लिँदै थिए । साथीहरूलाइ हाम्रो भन्दा पनि क्यामेराको प्रतिक्षा बढी रहेछ । पुग्ने बित्तिकै फोटो लिने क्रम शुरू भयो । शोक पनि अजिब अजिबका हुन्छन् मान्छेका, फोटो लिने पनि अजिबकै शोक हुन्छ । मान्छेलाइ राम्रो देखिनै पर्ने फोटोमा, कालो चश्मा, टोपी आदीको अत्याधिक प्रयोग भयो फोटो लिने क्रममा । फोटो लिने क्रममा साथी सितेश मज्जाले हाँसे । कालीले प्वाक्क भनिहाले...'हाँस्दा पनि कस्तो देखिएको...दाँतैमा हानु जस्तो' सबै गलल हाँसे ।
----
उकालो सकिएपछि ओह्रालोको पालो आउँछ, अब क्रम ओह्रालो लाग्ने थियो । हामी तीनवटा बाइक सवारी छजना । संयोग वा दुर्भाग्य के भन्ने, तिनैजना बाइक चलाउने चै दुब्लापातला, पछाडी बस्ने सवार चै तुलनात्मक रूपमा मोटा । मेरो भागमा परे ७५ केजी तौल भएका जितेन्द्र । ओह्रालो लाग्ने बित्तिकै म भने तिनवटै बाइकको अगाडी लागेँ । अगाडी लाग्नुको दुइटा फाइदा थियो, एक त आफ्नो गतिमा छिट्टो कुदाउन पाइने, दोश्रो धूलो खान नपर्ने । ओह्रालो धेरै बेर त थिएन, लगभग १५ मिनेटको बाटो पछि नै समथर बाटो आयो, तर यत्तिजेन्लमा मेरो हालत अलि खराब भइसकेको थियो । पछाडीबाट मोटोघाटो मान्छेले ठेल्दा त म बाइकको ट्यांकीमा नै पुगेँ, भने जितेन्द्र चै बाइकको अगाडी सिटमा, कहीले समथर बाटो आउला भनि हतार हुँदै थियो मलाइ । मैले चढेको सिबिजीको सिट त अलि 'Driver Friendly' थियो तर काली र लक्की चढेको पल्सर र सितेश र प्रबलको स्टनरमा के हालत भयो होला म अनुमान लगाउन सक्छु..बिचराहरू च्याप्पिए होलान्....
अगाडी सिधा बाटो देखेर मैले सँगसँगै पुगेका कालीलाइ भने..'रेस लाउनी हो?'
कालीको सिधा जवाफ आयो 'अँ रेस लाउने...तिमीनै लाउ आफै सँग'
बाटो त माथीबाट हेर्दा पो सिधा, राम्रो रहेछ । त्यहाँ पुग्दा पो थाहा भयो, कमै गाडी चल्ने बाटोमा ससाना ढुंगा थिए, जसमा तिव्र गति लिनु भनेको खतरा नै थियो। तथापी कुदियो अगाडी.. खाली बाटोमा विस्तारै चलाउन जानिएकै जो छैन । जाँदा जाँदै धेरै अगाडी पुगियो, पछाडीका साथीहरूको अत्तो पत्तो देखिएन । ठाउँठाउँमा साथीहरूलाइ कुर्दै अगाडी बढियो ।
आफू बाइक हाँक्ने भएपछि क्यामेरा जितेन्द्रलाइ जिम्मा लगाएको थिएँ, प्रोफेसनल क्यामेरा Manual mode मा नसिकेसम्म सकिँदैन । यही भएर पनि धेरै पलहरू miss भए..तथापि जितेन्द्रले क्यामेरा चलाउन सिकेरै छाडे ।
'कता जान लागेको? त्यता गए त काठमाडौं पुगिन्छ...'

हुइकिँदै जाँदा एक्कासी पक्की बाटो देखियो । हामी दुवैलाइ थाहा थिएन बाटो कहाँ निर पुग्छ भनेर, दोबाटोमा पुगेर दोधारै भयो दायाँ लागने कि बायाँ लाग्ने भनेर, धन्न त्यहाँ दिशानिर्देशका लागि लेखिएको थियो । साथीहरूलाइ झुक्याउँ न भनेर काठमाडौं जाने तर्फ मोडिएँ म, ठ्याक्क त्यहीबेला काली आइपुगे...
'कता जान लागेको? त्यता गए त काठमाडौं पुगिन्छ...'
'अनि के त्त..घरबाट फोन आयो, हामी फर्किन लागेको' हास्दै भन्यौ हामीले । हाँसेर भनेकोले होला कसैले पत्याएन हामीलाइ...
त्यहाँबाट लगभग ३ किमी यात्रा पश्चात हामी कुलेखानी पुग्यौं । बाइकबाट झर्ने बित्तिकै सबैको एउटै कुरामा मत मिल्यो ... भात खानेमा । त्यही रहेको होटेलमा खाना खाने जुर्यो । खाना सँगै चुस्की नलिने कुरै भएन । यहाँ पनि संयोग कस्तो मिल्यो भने बाइक हाँक्ने तिनैजना नपिउने परे भने सवारी चै मजाले पिउने । अब यात्रा सुरक्षित हुने त भइहाल्यो । ढुक्क भए साथीहरू, साथीहरूले बोतलबाट गिलासमा खन्याउँदा आफू भने रित्तो गिलास जुधाउनु पर्ने बाध्यता पर्यो, किन रित्तो गिलास जुधाउनु भनेर मैले पनि बोत्तल उठाएँ...
'चियर्स.....' सबैले एकस्वरमा गिलास ठोक्काए.. मैले भने रित्तो बोत्तल । अब चियर्स गरेपछि घुट्को नलाइ टेबलमा फिर्ता राख्न नमिल्ने, त्यही बोत्तल घोप्टाएँ मुखमा....बोत्तलमा रहेको केही थोपा सोमरस मुखमा पर्यो,.. भोड्काको तितो स्वाद फैलियो मेरो मुख भरि.....
क्रमशः.....
शोक पनि अजिब अजिबका हुन्छन् मान्छेका, फोटो लिने पनि अजिबकै शोक हुन्छ ।
ReplyDeleteयहानिर शोक हैन शोख/शौख हुनुपर्ने हो |यस वाक्यमा शोकले त अर्थको अनर्थ भयो सच्याउनु होला |