Saturday, December 8, 2012
भीडमा याद मेटिन्न रै'छ (गजल)
भीडमा याद मेटिन्न रै'छ
भीडमा साथ भेटिन्न रै'छ
कहाँ सकें त्यो दिल तोड्न
आफ्नै घर तोडिन्न रै'छ
आफू हेर्छु मुसुक्क हाँस्छु
ऐनामा आफै देखिन्न रै'छ
अरु रूँदा सम्झाउँथे खूब
आफू दुख्दा हाँसिन्न रै'छ
एक्लै दुख्दा बुझ्दैछ मनले
सबै दुःख बाँडिन्न रै'छ
यता आवोस् कि उता जावोस्
दोबाटोमा अडिन्न रै'छ
फूल सँगै पलाए पनि
काँडा भने ओईलिन्न रै'छ
संसार सँग भिड्न सक्छु म
आफै सँग सकिन्न रै'छ
आजादीको कैदी भएँ म
खुल्ला भई उडिन्न रै'छ
था' भो चित्त दुखेको मेरो
त्यसै गजल लेखिन्न रै'छ
खर्च कति गरिस् एकतारे?
त्यसै ताली पाइन्न रै'छ
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
एकाबिहानै आँखा खुल्यो । छामछाम छुमछुम गर्दै छेवैमा रहेको मोबाइल समातियो र टुइटर खोलिहालियो । केही दिन अगाडी लेखिएको टुइटमा रिटुइट भएको नो...
-
लूट भयंकर चल्यो, जसको मुखमा पनि लूटका पात्र, संवाद झुन्डिएका छन् । लूट हेरेको छैन मैले भनेर भन्न पनि लाज लाग्ने अवस्था आइसक्यो अहिले । यो लु...
-
World's Bloggers' Day 2012 and Celebration of 1st Anniversary of Meroreport.net Some of funny captures of the day Bann...
-
डुबिसकेको घाम अनि झिसमिसे साँझ, सूर्यास्त सँगै अँध्यारो छाउन थालेको थियो । सडक बत्ती, होर्डिङ्ग बोर्ड, साइनबोर्ड पनि सुस्ताएर निभेका थिए । ...
No comments:
Post a Comment