Showing posts with label वरिष्ठ. Show all posts
Showing posts with label वरिष्ठ. Show all posts

Thursday, August 7, 2014

फिलिङ वरिष्ठ

एकाबिहानै आँखा खुल्यो ।

छामछाम छुमछुम गर्दै छेवैमा रहेको मोबाइल समातियो र टुइटर खोलिहालियो । केही दिन अगाडी लेखिएको टुइटमा रिटुइट भएको नोटिफिकेसन रहेछ । जुरुक्क उठेँ र हत्तपत्त सो टुइट हेरेँ ।

१०० सय आरटी पुगेको रहेछ । बुरुक्कै उफ्रेँ । ज्यान अररिएर आयो, छाती तनक्क भो ।

म त आज देखि वरिष्ठ भएँ!!!



सलमान खानले २०० करोड कमाउँदा के मख्ख पर्यो होला र? जति म भइरहेको छु । #FeelingSalmanKhan

Popular Posts