Showing posts with label twitter. Show all posts
Showing posts with label twitter. Show all posts

Thursday, August 7, 2014

फिलिङ वरिष्ठ

एकाबिहानै आँखा खुल्यो ।

छामछाम छुमछुम गर्दै छेवैमा रहेको मोबाइल समातियो र टुइटर खोलिहालियो । केही दिन अगाडी लेखिएको टुइटमा रिटुइट भएको नोटिफिकेसन रहेछ । जुरुक्क उठेँ र हत्तपत्त सो टुइट हेरेँ ।

१०० सय आरटी पुगेको रहेछ । बुरुक्कै उफ्रेँ । ज्यान अररिएर आयो, छाती तनक्क भो ।

म त आज देखि वरिष्ठ भएँ!!!



सलमान खानले २०० करोड कमाउँदा के मख्ख पर्यो होला र? जति म भइरहेको छु । #FeelingSalmanKhan

Sunday, June 15, 2014

ककनी टू नगरकोटः ऐतिहासिक टुइट पदयात्रा

अर्जेन्टिनामय भक्तपुर !
नम्रता र कविता
साथी सन्तोष (@sapkl) ले हाइकिङ जाने हैन भनेर सोद्धासम्म जाने नजाने ठेगान लगाइसक्या थिइन । तर विश्वकप नहेरी रातभरि सुतिसकेपछि शनिवार दिनभरि के गर्ने भन्ने प्रश्नले गिँज्याइरहँदा हाइकिङ जाने नै निर्णय गरियो । शनिवार बिहान ६.११ बजे विजय (@bzaydhital) ले फोन गर्दा उठिसकेको थिएँ । सल्लाघारी चोकमा चाँगु जाने गाडी चढ्नका लागि पहिले नै विजय र मेदिनी(@kbtdhal) पुगिसकेका रहेछन् ।
त्यहाँ कुर्दाकुर्दै अर्का पुराना साथी राजु (@dah_raj) पनि भेटिए । गाडी कुर्नु भन्दा अगाडी हिँड्नु उपयुक्त हुने प्रस्तावमा समर्थन जुटेपछि हामी चार अघि लाग्यौं । भक्तपुरको प्राचिन आर्किटेक्ट र विश्वकपको ज्वरो सँगै झुन्डिएका विभिन्न देशका झन्डाहरू हेर्दै डेकोचा पुगियो । चाँगु जाने गाडी चढ्ने बित्तिकै थप तीन टुइटे सिजन (@cjan_05), नम्रता (@wakil_sahiba) र सामना (@samanagotame) भेटिए । बस उकालो लाग्दै जाँदा बस भित्र रमाइलो पनि बढ्दै थियो । महिला सिटमा पुरुष बस्नु र राजुले सिट नपाउँदा चित्त दुखेको थियो, धन्न अपाङ्ग सिट खाली भयो र बस्न पाए । अँ साँच्ची राजुको पुरानो हेन्डल rara_dd का कारण अझै पनि धेरैले उनलाइ राजुदिदी भनेर चिन्छन् । त्यो कुरा लिएर जिस्काउँदा राजु जहिलेपनि हाँसेर रिस दबाउँछन् ।


Popular Posts