Saturday, March 23, 2013

I Miss Gali ~ आई मिस गाली !

देश छोडेको लगभग एक महिना पुगेछ । आफू मस्तराम मान्छे, जहाँ पुगेपनि रमाउन सक्ने भएकाले रमाइएकै छ । फेरी संसार पहिले जस्तो ठूलो रहेन । मात्र केही घन्टाको समयान्तरले पारेको अप्ठेरो बाहेक भेटघाट, गफगाफमा खासै समस्या परेको छैन । फेसबुक, टुइटर, स्काइप, भाइबर, काकाओ, व्हाट्स एप लगायत विभिन्न माध्यमहरूबाट कुरा गर्न मनलागेका मान्छेहरू भेटिएकै छन्, गफ हाँकिएकै छ । यतापनि चिनाजान बढेपछि जिन्दगी सजिलो भएको छ । सबै सँग रमाइलो  गरिन्छ र सँधै खुशी रहने मान्छेको रूपमा चिनिएको छु । कसैले रमाइलो गरेकोमा चित्त दुखाएका छैनन् । 

तर केही कुरा साँच्चिकै मिस हुन्छन् । यो भाषा र संस्कृति नमिल्ने ठाउँमा मलाई सबैभन्दा मिस हुने कुरा चाँही 'गाली' हो । ब्लगमा छाडा नलेखुँ भनेको तर विषयवस्तु नै त्यही भएपछि म विप बिना नै सबैकुरा भन्छु । चित्त नबुझाउन पाउनु हुन्न कसैले । 

बाटोमा एक्कासी पुरानो साथी भेटियो भने के भन्नुहुन्छ? हाम्रो त सबैभन्दा पहिलो जाने सम्वाद नै
"मुजी...कहाँ मर्या थिस् साले?"
"ओइ जाँठ्ठा केटी पाएपछि खुब भाउ खाछस् है!!? "

Friday, March 1, 2013

रमाउँदै थिएँ (गजल– ८२)

जब म बाटोमा हराउँदै थिए
मलाई कुर्नेहरू रिसाउँदै थिएँ


अल्मलिए पाईला झनै हतारमा
डराउँदै थिएँ कि रमाउँदै थिएँ

जहाँ पनि पुग्छु त्यही जून देख्छु
म आकाशे स्वप्न सजाउँदै थिएँ

उसले सोध्छ मेरो आँसु किन छैन?
आँखाका सपना जोगाउँदै थिएँ

मेरो मनबाट म कहिले निस्किन
जता पुगेँ पनि रमाउँदै थिएँ

Tuesday, February 19, 2013

भुलाउनु छ (गजल ८१)

सपना तिम्रो देख्दै तिमीलाई भुलाउनु छ
आखिर कुनै बहानामा निदरी त्यो बोलाउनु छ

बोतल लिँदा दोधार हुन्छ पिउँ कि नपिउँ भनि
नशा माथी अर्को नशा फेरी किन  मिसाउनु छ

भरिएथ्यो तिम्रो माया अब याद नि थपियो
एउटा सानो मुटु मेरो कति ठूलो देखाउनु छ

नगर भो प्रस्ताव अब नायक बन्न त्यो कथामा
छोड यार ! मलाई किन जमाना हसाउनु छ

ठेक्का नलि 'एकतारे' संसारको दुःख साट्ने
यौटा छाडी बाँकीलाई त पक्कै रूवाउनु छ

Sunday, February 3, 2013

केही कविताहरू


१. दूरी


हामी बिच खहरे उर्लिएको छ
को पारी जाने, को वारी आउने?
मौसम फेरिएला,
खहरे सुस्ताउला
विश्वास जिउँदै राखौं
आउ,
बगरमा फूल फुलाई
प्रतिक्षा गरौं


२. रूप

तिमीले मलाई हेर्दा ऐना बन्न भन्छ्यौ
मलाई हेरी रहदाँ मुस्काई रहन्छु भन्छ्यौ
तर थाहा छ? चोट लागे ऐना त फुट्छ नि


३. त्रिवेणी
डायरी मे दबा हुवा सूखा गुलाब लौटा आया
कहती थी आजकल मेरे शेर बहुत चुभतेँ हैँ
उम्मिद मे हुँ के वो खिल के वापस आएगेँ


४. गुलजार
जिन राहों मे हम चले, सिर्फ धूल मिट्टी देख पाते है
गुलजार वो है, जो धूल मिट्टीको तालमहल बना देँते है

५. शेर
ये अंधेरा क्या निगलेगा मुझे ! मैं खुद इस में समा जाऊँ ।

ये देर का सूरज क्या काम, अब उजाले चुभेंगे मुझे ।।
 
 

Popular Posts