टाढा कहीँ यौटा रात कुरेको छ
तर आज विहान फेरी हाँसेको छ
फेरी पनि उही साथ पाएर होला
आखाभरी स्वप्न उस्तै सजेको छ
छल्किएका आँखाहरू साक्षी हुन्छन्
मन एउटा कपास बनि बाँचेको छ
मर्छन् अनि पलाउँछन् चिस्यानमा
पर्खाइमा कति मुना हुर्केको छ
निको हुँदै हुन्न घाउ थाहा भयो
दुखाइको नै बानी अब परेको छ
एकतारे
२०६८।०४।२६ गाइजात्रा
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
याद छ त्यो वालापनको दिन? हामी दुइ खेल्दै बगैंचामा पुगेका थियौ एउटा बुटामा ढुङ्गाले खोपेर मैले एउटा पिपलपाते आकृति कोरेको थिएँ हाँस्दै ...
-
नाम जेसुकै दिए नाताको , भावना उही रहन्छ । पाउने नपाउने दैव खुशी, चाहना उहि रहन्छ ।। नचाहे पनि मेरो हाल बुझ्न, तिम्रो खुशी। तिमी सँगै रा...
-
यो संसार अजिब छ भन्थे, कोही कोही देख्दा चै साँच्चीकै संसार अजिब छ भन्ने कुरा माथी विश्वास लाग्छ । कुरो एउटा स्वप्रसिद्ध व्यक्तित्वको हो । वह...
-
तिमी बिनाको जब रात आउँछ भित्तालाई नि खूब बात आउँछ मिठ्ठो लाग्दैछ मलाई यो जिन्दगी आजकाल तिम्रो, मात्र याद आउँछ आँखा खोलेर सपना बिच्का...
No comments:
Post a Comment