सपनाका बोझ थाम्ने त्यही काख सिरान थियो
बिसाएछु जीवन त्यहीँ जहाँ मेरो चिहान थियो
अँधेरोमा खोजेँ खुबै ज्योतीका ति झिल्काहरू
थाकि जब आँखा चिम्लेँ आँगनीमै विहान थियो
मिसिएर सागर बन्न चट्टान चिरी बहेका थ्यौ
उर्लिएका खोली सुके जब नजिक दोभान थियो
लक्ष्य नयाँ भेटाउँदै चल्नु थियो निरन्तर
विसाएछौ यात्रा शायद हतारको थकान थियो
उभिएथ्यो एक्लो द्रोही हरूवाको जमातमा
सगरमाथा सरी अटल त्यो त आत्म सम्मान थियो
– एकतारे, २०६८।०३।१६
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
एउटा रमाइलो साँझ, धरहराको फेदमा...केही रमाइला मनहरूको साथ धरहराको फेदमै अस्ताउँदै अर्को एउटा तातो दिन म त राम्री छु :) ब्रो त ...
-
डाली डाली उड्ने चरी बास बस्ने कहाँ तिमी जीवनको थकान तिम्रो बिसाइ हेर एकफेरी पिरतीको बतास न्यानो चलिरा'छ वरपर ढुँगा सरी मन हैन किन भाग्छ...
-
एकजना साथी विदेश जानु अगाडी भेटघाट गरौं भन्दै थिए, ल त जमघट गरूँ न भनेर सबैलाइ बोलाइयो । जमलस्थित एउटा क्याफेमा साथीहरूलाइ कुर्दै थिएँ । क्य...
-
तिमी बिनाको जब रात आउँछ भित्तालाई नि खूब बात आउँछ मिठ्ठो लाग्दैछ मलाई यो जिन्दगी आजकाल तिम्रो, मात्र याद आउँछ आँखा खोलेर सपना बिच्का...
-
कि त आफैं बाटो खोलिदेऊ भगवान् या कोदालो हातमा राखिदेऊ भगवान् अरु केही पनि माग्ने छैन तिमीसँग बस् आमाका इच्छा बुझिदेऊ भगवान्
No comments:
Post a Comment