धनकुटा जाने सोच थिएन । एक्कासी धनकुटा जाने भइयो । धनकुटा भन्ने बित्तिकै अनन्त अनुराग याद आए ।
फेसबुकमा मेसेज गरियो 'धनकुटा आउँदैछौं ।' उताबाट स्वागत पनि भयो ।
काठमाडौं छाडेको भोलीपल्ट धनकुटा पुग्ने भइयो । धरानबाट माथी उक्लेपछि फोनमा सम्वाद भयो ।
हामी धनकुटा जान लागेका, धनकुटा बजार पो सानो छ त । धनकुटा त ठूलो पो रहेछ । हाम्रा लागि अनन्त धनकुटा बस्छन् । तर धनकुटाको कुन कुनामा भन्ने कहिल्यै सोचिएन । विदा परेर घर गएका रहेछन् । कार्यस्थल पाख्रीबास । हामी जाने धनकुटा बजार । भेट कसरी जुर्ने?
साँझ नै तोङ्बा तान्न हिले जाने सोच थियो । धनकुटामा आतित्थया गर्ने साथीले योजना तुहाइ दिए । धनकुटा बजारमै तोङबा तानियो । भोली बिहान हिलेमा साक्षात तोङबादेवको सालिक हेर्न जाने भइयो । अनन्त सरकार त्यहीबाटो हुँदै धनकुटा आउँदै रहेछन् । हामी हिलेबजार घुमिवरी भात खाएर सक्किँदा ठिक्कै आइपुगे ।
पाँच जना तीनवटा बाइकमा गएका थियौं, एक सिट खाली भयो । अनन्तलाई सँगै हिलेबाट धनकुटा लाने भइयो । काठमाडौंबाट सापटी मागेर लगेको ड्युक बाइकले मस्त ज्यान दुखाएको थियो । बाइकमा बस्दा नै तसरिफ दुख्ने, ढाक बाङ्गिने भइसक्या अवस्था थियो । तर अनन्त बाइकमा पछाडी बसेपछि ढाडलाई बडो आराम मिल्यो । साथीको भूँडी बढेको देखेर सँधै चिन्ता लाग्थ्यो, अनन्तले भूँडी पालेकोमा खुशी लाग्यो । म बाइक कुदाउने, ऊ पछाडी बस्दा उसको भूँडीमा मेरो ढाडले बडो मजाले अडेस लगायो । हिलेदेखि धनकुटा बहुमुखी क्याम्पससम्मको छोटो मिठो यात्रामा मेरो ढाडले बडो मजाको मसाज पायो ।
अनन्तको परीक्षा थियो, धेरै बेर बस्न नसक्ने । मलाई बर्दिबास फिर्नुपर्ने, म पनि बस्न नसक्ने । अनन्तले धेरै बेर बस्न नपाएकोमा मन खिन्न पारे शायद, मेरो पनि मन हल्का खिन्न नै थियो तर व्यक्त गरिएन । त्यही दिन बेलुका बर्दिबास पुग्दा ढाड दुखिरहेकै थियो, अनि सोचीरहेथेँ काश अनन्तलाई सँगै ल्याउन पाएको भए ढाड दुख्दैन थियो होला ।

तस्विरः रोशन परियार |

No comments:
Post a Comment