जिन्दगी चल्दो छ । चल्नुको नाम गाडी । चल्नुको नाम जिन्दगी ।
खै कसले पैसा बनायो । बनाउने बेलामा त राम्रै सोचेर बनाएथ्यो होला, तर अहिले पैसाको श्रृजना गर्ने आफैले पनि माथीबाट हेरिरहेको भए,आफ्नो श्रृजनालाई धिक्कार्दै होला । अप्पनहाइमरलाई पनि त परमाणु बम बनाएकोमा खुशि त लागेको रहेनछ । पैसा सबै थोक हैन, तर पैसा धेरै थोक हो । अझ्झ पैसा केही होइन, रूपैँया धेरै थोक हो । रूपैँयाले नै जिन्दगी चलाउने रहेछ । हैन,हैन !रूपैँयाले जिन्दगी चलाउने हैन । रूँपैया भएन भने चैं जिन्दगी नचल्ने रहेछ । खुशि, हाँसो, वस्तु, अन्न, मनोरञ्जन सबै विक्री हुन्छन् र ती विक्रीको विनियमयको माध्यम रूपैँया हो ।
माया किन्न सकिन्न रे । प्रेम रूपैँयाले किन्न सक्दैन रे । खुशि चैं किन्न मिल्छ कि जस्तो लाग्न थालेको छ । संसार भुलेर संगीतमा डुब्ने माध्यम दुइ छन् अहिले मेरा लागि, एक मोबाइल, अर्को हेडफोन, अनि अर्को एउटा बडेमानको ब्लुटुथ स्पीकर । मोबाइल किनेको हो, हेडफोन उमेशले कोसेली दिएको, ब्लुटुथ उमेशले अमेरिकाबाट आउँदा ल्याइदिएको । औहौ, उमेश भन्ने साथीले मेरो स्वाद बुझ्छन् । ती दुइ उमेशहरू फरक हुन् है । एक उमेश सत्याल, अर्को उमेश आचार्य । मनका कुरा बुझ्ने साथीहरू !
जिन्दगी चल्दा चल्दै रूपैँयाको अभाव भयो भने के गर्ने? फ्याट्ट दिमागले भन्छ, बाउ सँग माग्ने । त्यो सहुलियत मसँग छैन । अनि सम्झेँ साथीहरू! मेरा साथीले मसँग पैसा मागे भने त म खल्ती टक्टकाएर दिन्छु । मलाई भयङ्कर अभाव भयो भने साथीलाई नै भन्छु । साथीले पक्कै दिन्छन् । नदिइ सुख । तर केही साथीले मसँग लगेका पनि छन् । परेका बेला एकवचन दायाँबायाँ नसोची, लु जा त भनेर पैसा दिएका साथीहरूले मलाइ कति मान्दा हुन्? मलाई चाहिँदा किड्नी बेचेरै पनि देलान् नि ।
ईस्स! दिएका दियै हुन् । दशौं पटक अनुनय गर्दा पनि पैसा दिँदैनन् । लु मानौं कि छैन होला । तर आफ्नै अगाडी गाडी फेरेको, व्यवसाय बढाएको देख्दा पैसा छैन भनेर कसरी मान्नु? शायद साथीको पैसा तिर्नु उसको प्राथमिकतामा परेन । कि म साथीमा परिन । यि दुवै कुरा हुन सक्छन् । यी दुवै कुरा मध्य कुनै एक भएपनि चित्त दुख्छ । चित्त दुखे त केही छैन, पैसा चैं आउनु पर्ने । चित्त दुखेको त समयले निको पार्ला, तर पैसा नभएको पीर समयले निको पार्दैन, झन् बढाउँछ ।
उधारो, सापटी लिनेको नाम सम्झदैँछु । कोही फिल्म बनाउँदैछन्, फिल्म रिलिज हुने क्रममा छ । शुभकामना भन्नु छ । कसैको फिल्म रिलिज भएर हिट पनि भइसक्यो । भुवन केसीले बक्स अफिस लागू गर्देका छन्, कति कमायो फिल्मले थाहा हुँदैछ । अर्को साथी फिल्म बनाउन सिक्दैछ । अर्को साथी विदेको भिसा कुर्दैछ । अर्को साथी कहिले जिन्दगीको चिठ्ठा पर्ला कि भनेर थरिथरिका चिठ्ठा ट्राइ मार्दैछ । एउटाले इलेक्ट्रिकल साइकल दिन्छु भनेर सापटी लग्यो, बेपत्ता भयो । तुलाचन भनेका थकाली हुन् अरे । थकालीहरू बेइमान् हुन्नन् भनेर एकजना गोर्खाली दाजुले सुनाउँदै थिए । काली बेइमान् हुन्नन्, बाहुन पनि हुन्नन् । ढकाल, पाण्डे, गौतम, कोइराला, थपलिया, अग्रवाल, गुप्ता कोही पनि बेइमान हुन्नन् ।
मान्छे बेइमान हुन्छ । ती बेइमानका इमान जाग्ला र कुनै दिन त तिर्लान् भनेर कुर्दैछु ।
मेरो जिन्दगी चलिराछ, रोकिया छैन । रूपैँया नभएर जिन्दगी कठिन भएको छैन, असहज चै छ । दिनेले देलान्, फिर्ता दिनेले देलान् । तर साथीले पक्कै दिन्छन् । नदिने त साथी नै भएन नि ।
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
उनीलाइ जानु थियो, गइन् । के भयो र? मलाइ थामिनु थियो, रोकिएको छु । वाचा उनले पनि गरेकी थिइनन् आखिर ! कहाँ दोष दिन मिल्यो मैले ? जसो गरी उन...
-
हजार चोट सहेर उ हाँसे जस्तो गर्छ आकाश पाताल बीचको हद नापे जस्तो गर्छ अचानोले खुकुरीलाई प्रेम त गर्न खोज्छ हरेक चोटमा ती गोदना खोपेे जस्...
-
धर्ती आकाश भुल्छु, बादल बन्छु । सुख दुख भुल्छु, पागल बन्छु ।। पैताला र शिरको भेद भुल्छु । चालमा ताल दिन्छु, पायल बन्छु ।। सोच्छु एक थरी, हुन...
-
हिड्नु अनि लड्नु, लडेपछि उठ्नु टुक्रा भएपनि, एक हुन जुट्नु रेखै रेखा जालो भरिएछ हात जालो विच किन हासोँ रेखा छुट्नु आसुँमात्र दिन्छ जमानाले स...
-
जति जति काट्दै फाल्यो उति धेरै पलाउँछ । नकाटेर बसुँ भने झनै साह्रो चिलाउँछ ।। दिकदार लागेर म फँडानी जो गर्न खोज्छु । भन्छिन् उनी केटा तेरो ...
No comments:
Post a Comment