सिऊँदोमा रातो धर्सा, सिमाना त्यो कोरी देउ ।
ए ससुरा! अरुलाई नै तिम्री प्यारी छोरी देउ॥
मन हेर्ने छैन सुद्दी धन खोज्ने तिम्रो बुद्दी ।
मन मेरो मार्छु अब झुण्ड्याउन डोरी देउ ॥
माया मेरो नगन्नेलाई खानदान हेर्नेलाई।
तेस्लाई ज्वाई घोरी देउ, घमण्ड त्यो फोरी देउ॥
वाचा कसम भाँची दिईन्, दोधारमा बाँची दिईन्।
आँखाबाट पोखी दिएँ, माया मेरो सोरी देउ॥
दिएनन् याँ गरीखान हिडेँ धन कमाउन।
ए खैरे हो! बाँच्ने साथी, योटी भे'नी गोरी देउ॥
Tuesday, April 6, 2010
श्रद्धासुमन..लोकतन्त्रका योद्धालाई
झुके अग्ला डाँडा काडा, सुस्ताए ति उग्र खोला ।
गयौ तिमी अस्ताएर, ज्योती छर्ने को छ होला ?
जीवन यो घामपानी, एकदिन मरी जानु पर्ने ।
अमर मानव बन्यौ तिमी, धन्य तिम्रो मानव चोला ।।
मानव हौ तिमि पनि, भूलचूक सबै बिर्स्यौँ ।
सम्झी तिम्रा असल गुण, संसार नै साथ रोला ।।
तिम्रा गुण पछ्याउंदै अडिग बने विचारमा ।
महान नेता उही होला जस्लाई तिम्रो गुनले छोला ।।
तिम्रो छवी फैलिरहोस, बिर्सी अन्जान गल्तिहरू,
त्यै छविले बिधमान, देशको सारा मैलो धोला ।।
गयौ तिमी अस्ताएर, ज्योती छर्ने को छ होला ?
जीवन यो घामपानी, एकदिन मरी जानु पर्ने ।
अमर मानव बन्यौ तिमी, धन्य तिम्रो मानव चोला ।।
मानव हौ तिमि पनि, भूलचूक सबै बिर्स्यौँ ।
सम्झी तिम्रा असल गुण, संसार नै साथ रोला ।।
तिम्रा गुण पछ्याउंदै अडिग बने विचारमा ।
महान नेता उही होला जस्लाई तिम्रो गुनले छोला ।।
तिम्रो छवी फैलिरहोस, बिर्सी अन्जान गल्तिहरू,
त्यै छविले बिधमान, देशको सारा मैलो धोला ।।
कर्म गर...(गजल)
एसएलसी दिनेवित्तिकै छुट्टीमा मैले सुखसागर पुरा पढी भ्याएको थिएँ । त्यसले त मलाई पुरै नास्तिक बनायो, तर जीवन बुझ्ने तरिका पनि सिकायो । अहिले सम्म मैले बुझेको जीन्दगी यही हो ।)
कर्म गर फलको आशा नगर भन्थे ।
हात छन् ति तेरा भरमा नपर भन्थे ।।
चुनौती र बाधा कति आउँछ यहाँ ।
मुटु तेरो कमाई पर नसर भन्थे ।।
बेमौसमी फुल्ने सुन्दर् फुल तँ नै होस् ।
मुर्झाएर त्यसै भुइँ नझर भन्थे ।।
प्रकृतिले बनाएकी सबैलाई राम्रो ।
फरक देख्ने दोषी तेरो नजर भन्थे ।।
शरिर त्यो विलाई बाँकी रहन्न केही ।
दुनियाँलाई केही नदिई नमर भन्थे ।।
२०६६ चैत्र ७, शनिवार
कर्म गर फलको आशा नगर भन्थे ।
हात छन् ति तेरा भरमा नपर भन्थे ।।
चुनौती र बाधा कति आउँछ यहाँ ।
मुटु तेरो कमाई पर नसर भन्थे ।।
बेमौसमी फुल्ने सुन्दर् फुल तँ नै होस् ।
मुर्झाएर त्यसै भुइँ नझर भन्थे ।।
प्रकृतिले बनाएकी सबैलाई राम्रो ।
फरक देख्ने दोषी तेरो नजर भन्थे ।।
शरिर त्यो विलाई बाँकी रहन्न केही ।
दुनियाँलाई केही नदिई नमर भन्थे ।।
२०६६ चैत्र ७, शनिवार
बेईमान मन (गजल)
निरस छ प्रेमगीत, जिस्काउँछ रातो गुलाफ
के नै लाग्छ भएपछि आफ्नो मन आफ्नै खिलाफ
ढुकढुकी ताल रहित साँस चल्छ लय विना
प्रेम विना चल्ने किन? पागल मुटु खोज्छ जवाफ
यथार्थ चै बेग्लै तर एक्लै बाँच्ने फुर्ती हेर
हाँसो उठ्छ त्यसै त्यसै, देखी आफ्नो खोक्रो रवाफ
कति पायो कति दियो हिसाब राख्ने छैन चलन
दोष सारा विर्सीएर आफै खोजी हिड्छ निसाफ
२०६६ फाल्गुन २८, शुक्रवार
के नै लाग्छ भएपछि आफ्नो मन आफ्नै खिलाफ
ढुकढुकी ताल रहित साँस चल्छ लय विना
प्रेम विना चल्ने किन? पागल मुटु खोज्छ जवाफ
यथार्थ चै बेग्लै तर एक्लै बाँच्ने फुर्ती हेर
हाँसो उठ्छ त्यसै त्यसै, देखी आफ्नो खोक्रो रवाफ
कति पायो कति दियो हिसाब राख्ने छैन चलन
दोष सारा विर्सीएर आफै खोजी हिड्छ निसाफ
२०६६ फाल्गुन २८, शुक्रवार
Subscribe to:
Posts (Atom)
Popular Posts
-
एकाबिहानै आँखा खुल्यो । छामछाम छुमछुम गर्दै छेवैमा रहेको मोबाइल समातियो र टुइटर खोलिहालियो । केही दिन अगाडी लेखिएको टुइटमा रिटुइट भएको नो...
-
World's Bloggers' Day 2012 and Celebration of 1st Anniversary of Meroreport.net Some of funny captures of the day Bann...
-
लूट भयंकर चल्यो, जसको मुखमा पनि लूटका पात्र, संवाद झुन्डिएका छन् । लूट हेरेको छैन मैले भनेर भन्न पनि लाज लाग्ने अवस्था आइसक्यो अहिले । यो लु...
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
उ र म ... हामी धेरै पुरानो साथी पनि होईन, लगभग एक वर्ष भयो होला चिनजान भएको । फेसबुकबाट साथी बनेपछि एउटा कार्यक्रममा भेटघाट भएको थियो हाम्र...