Sunday, June 10, 2012

कुन राम्रो ? प्रहरी, सशस्त्र वा सेना (ठट्टा)

(यो विशुद्ध हास्य प्रयोजनका लागि काल्पनिकतामा आधारित कथानक हो । अन्यथा लिएर गम्भिर हुन नपाइ :))
सेना, शसस्त्र प्रहरी, र प्रहरी बीच को सबभन्दा उत्कृष्ट भन्ने कुरामा बिबाद भएछ अनि प्रधानमन्त्रीले यो बिबाद सुल्झाउन एक किसिमको परिक्षा लिने विचार गरेछन " भोलिपल्ट उनले ३ वटा घना जंगलमा ३ वटा खरायो छोडेछन् अनि सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीलाइ एक-एक जंगलबाट खरायो खोजेर ल्याउन पठाएछन् |


सबैभन्दा पहिले प्रहरी आएछन, खालि हात | त्यस जंगलमा खरायो छोडेकै छैन भन्ने निष्कर्ष सहित |

दोश्रोमा शसस्त्र प्रहरी जंगलभरि खरायो नभेटे पछि बन नै डढाएर प्रफुल्ल मुद्रामा आएछन,

तेस्रोमा सेना एउटा निर्ममता पुर्बक कुटाइ खाएर थला परेको स्याल बोकेर आएछन र प्रधानमन्त्री सामु पेश गरेछन | स्याल पिडाले चिच्याऊँदै भनेछ, "हो हो हजुर, म खरायो हूँ, म खरायो हूँ |"











(जिमेल बज्जका ठूलेबाट साभार...)

Thursday, June 7, 2012

उमेर र सपना

क्ररिब ४ वर्ष अगाडी कोरिएको यो गन्थन...
=======================

५ वर्षे सबिन
............

रसबरी, जेरी स्वारी,
स्कूल नजाने,
बासँग बाइकमा घुम्ने,

१० वर्षे सबिन
..............
मःम,
खेलौना मोटर, साइकल,
स्कूलबसमा घुम्ने,
टिफिन टाइममा चोर पुलिस, रेस्लिङ,

Tuesday, June 5, 2012

हुनेवाली र तिनका दाजु

मेरो बहिनी छैनन्, बहिनी र दाजु विचको माया कस्तो हुन्छ भन्ने पनि राम्ररी बुझ्न पाएको थिइन मैले । तर आज एउटा घटना पछि चै स्पष्ट भएँ, बहिनीका लागि दाजुहरूले के सम्म गर्दा रहेछन् । फिल्ममा, यथार्थमा देखिरहेको कुरा चै हो यो, एउटा दाजुले बहिनीलाइ लभ गर्ने केटोलाइ कहिले रूचाएन । आफ्ना हजार गर्लफ्रेन्ड होस्, बहिनीलाइ चै कुनै केटोले जिस्काउन सम्म पनि हुँदैन । दाजु मर्न मार्न तयार हुन्छन् । 



Wednesday, May 30, 2012

प्रवेश निषेध (कविता)

याद छ ?
एअरपोर्टको उत्तरी कुनाको त्यो डाँडा
जहाँ हामी भेट्थ्यौ,
अनि रमाउँथ्यौ 

बाग्मतिको बांगो टिंगो डोबमा मर्किँदै
बौद्धनाथको दुई आँखालाई नमन गर्दै 
पश्चिममा पशुपतिनाथलाई छोएर आएको
बतासमा शितल हुँदैँ
शहरको छिर्के मिर्के सौन्दर्य नियाल्थ्यौं 
त्यहीँ बसेर हामी

धर्ती छोडेर आकाशको उँचाइ छुन 
हवाइजहाजहरू त्यहीँबाट छुट्थे 
धर्तीको अग्लो होचो 
स्थायीत्वलाइ त्यागेर
बादलको मनपरी स्वरूपमा ढल्न
ति विमानले कयौलाइ बोकेर जान्थ्यो

आजकल त्यो डाँडामा 
चारैतिर काँडेतार लागेको छ
सिपाहीहरूले कब्जा गरेपछि 
त्यो डाँडामा
हामीलाई प्रवेश निषेध छ





Popular Posts