जानु थियो कतै टाढा फर्कि आएँ तिम्लाइ सम्झी
बाटो छेक्थे जून तारा तर्की आएँ तिम्लाइ सम्झी
कोईला सरी सल्क्यो मन आगो भने पुरानै हो
निभाउन आसुँ केही छर्की आएँ तिम्लाई सम्झी
बोझ सारा लुकाएर बादल भई रम्दै थिएँ
पहाडमा ठोक्के पछि दर्की आएँ तिम्लाइ सम्झी
मायाबाट बच्न भनि बाँचेको थेँ पत्थर बनि
आधा आधा मन गरी चर्की आएँ तिम्लाइ सम्झी
Monday, October 31, 2011
कथा यो मनको (गजल ६५)
पिडा सँगै मुस्काउछ उही कथा जीवनको
मुस्कानमै हराउँछन् दुई धारा नयनको
विछोडमा आँसु झारिन् आँसु सँगै प्रेम भयो
फेरी फेरी बग्दा न्यानो पाउँछु त्यै आँलिगनको
झिल्का काफी कहाँ हुन्छ ज्वालाहरू सल्काउन
गति चर्कै हुनु पर्छ बहकाउने पवनको
भित्ताको त्यो तस्विर हेरी कति बस्नु घर भित्रै
बोलाउँदैछ घरी घरी उषा किरण आँगनको
मुस्कानमै हराउँछन् दुई धारा नयनको
विछोडमा आँसु झारिन् आँसु सँगै प्रेम भयो
फेरी फेरी बग्दा न्यानो पाउँछु त्यै आँलिगनको
झिल्का काफी कहाँ हुन्छ ज्वालाहरू सल्काउन
गति चर्कै हुनु पर्छ बहकाउने पवनको
भित्ताको त्यो तस्विर हेरी कति बस्नु घर भित्रै
बोलाउँदैछ घरी घरी उषा किरण आँगनको
Subscribe to:
Comments (Atom)
Popular Posts
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
एउटा रमाइलो साँझ, धरहराको फेदमा...केही रमाइला मनहरूको साथ धरहराको फेदमै अस्ताउँदै अर्को एउटा तातो दिन म त राम्री छु :) ब्रो त ...
-
एकाबिहानै आँखा खुल्यो । छामछाम छुमछुम गर्दै छेवैमा रहेको मोबाइल समातियो र टुइटर खोलिहालियो । केही दिन अगाडी लेखिएको टुइटमा रिटुइट भएको नो...
-
अर्जेन्टिनामय भक्तपुर ! नम्रता र कविता साथी सन्तोष (@sapkl) ले हाइकिङ जाने हैन भनेर सोद्धासम्म जाने नजाने ठेगान लगाइसक्या थिइन । त...
-
Beauty of bike ride is you get to stop where ever you like and enjoy the scenery. This time I got bored of K-town and was heading for Lumb...

