Sunday, December 11, 2011

जीवन गीत

जीवन भन्नु आँखा भरी कैले आँसु कैले हाँसो
आशा भने मन भरी जीवन बाँध्ने भयो पासो

नयनबाट बगाएर मेट्छु व्यथा यो मनको
मुस्कानले सजाएर लेख्छु कथा जीवनको
रमाउँछु यसै गरी न त पिर छ न गुनासो
आशा भने मन भरी जीवन बाँध्ने भयो पासो

जीन्दगी यो रमाउने ढुक्ढुकीको रैछ माला
भरै छैन थाहै छैन कहिले यो टुटी जाला
बनाउँछु आज मेरो, भोलीको त छैन चासो
आशा भने मन भरी जीवन बाँध्ने भयो पासो

स्वर/संगीतः कञ्चन देवकोटा

No comments:

Post a Comment

Popular Posts