लौ न! लौ न!! कस्तो आपत मेरो साथ लागी आयो
जो माथी यी औंला उठे, उ सँगै नाम गाँसी आयो
लहरको सवारीमा रहर भेट्न खोजुन् जति
लहरले बेर्दा भन्छन् बिना खबर आँधी आयो
के झरेको थियो उता, दुइ बूँद मेरो नाममा
दिल भित्र उर्लिएर यता भने बाढी आयो
फुकी फुकी सल्काएर न्यानो हुन खोज्नेहरू
गुनासो चै किन जब पिरो धुँवा माथी आयो
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
खुल्ला आकाशलाइ कालो बादलले छेकेपछि बर्सिन्छन् थोपाहरू, घामका पारिलो किरणले बादलको घेरा चिरेर ती थोपाहरू चुमेपछि फैलिन्छ रंगहरूको एउटा वक्र...
-
- लक्ष्मण गिरी (तिलौराकोट, कपिलवस्तु +२ पढ्ने ताकाको कुरा हो। क्यालेन्डरमा वि.स. २०५९ चैत्र थियो । १० कक्षासम्म कृषि पढेको थिएँ । सामान...
-
आज पनि यता उता गर्दा गर्दै पौने दश भइसक्यो । उफ्फ...कति अल्छि भइयो भने । राती दुइ बजेसम्म त फिल्म नै हेरिन्छ, अनि उठ्दा नौ बज्छ । खाना खाएर ...
-
आज (२०६८ माघ २५ गते) विवाह बन्धनमा बाँधिएका साथीहरू होम कुमारी राइ र प्रचन्द्र श्रेष्ठ र भोली (२०६८ माघ २६ गते) विवाह बन्धनमा बाँधिन गइरह...
-
टाढा कहीँ यौटा रात कुरेको छ तर आज विहान फेरी हाँसेको छ फेरी पनि उही साथ पाएर होला आखाभरी स्वप्न उस्तै सजेको छ छल्किएका आँखाहरू साक्षी ...
लु जमेछ ।
ReplyDelete-------
लहरको सवारीमा रहर भेट्न खोजुन् जति
लहरले बेर्दा भन्छन् बिना खबर आँधी आयो