लौ न! लौ न!! कस्तो आपत मेरो साथ लागी आयो
जो माथी यी औंला उठे, उ सँगै नाम गाँसी आयो
लहरको सवारीमा रहर भेट्न खोजुन् जति
लहरले बेर्दा भन्छन् बिना खबर आँधी आयो
के झरेको थियो उता, दुइ बूँद मेरो नाममा
दिल भित्र उर्लिएर यता भने बाढी आयो
फुकी फुकी सल्काएर न्यानो हुन खोज्नेहरू
गुनासो चै किन जब पिरो धुँवा माथी आयो
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
प्रश्नै प्रश्नको सांग्लोले जिवन बेरिएको रहेछ बाँच्नलाइ जवाफ चाहिँदो रहेछ प्रश्न देखि वाक्क लागेपछि बाँच्नै देखि वाक्क भइदो रहेछ अनि ल...
-
अर्जेन्टिनामय भक्तपुर ! नम्रता र कविता साथी सन्तोष (@sapkl) ले हाइकिङ जाने हैन भनेर सोद्धासम्म जाने नजाने ठेगान लगाइसक्या थिइन । त...
-
धनकुटा जाने सोच थिएन । एक्कासी धनकुटा जाने भइयो । धनकुटा भन्ने बित्तिकै अनन्त अनुराग याद आए । फेसबुकमा मेसेज गरियो 'धनकुटा आउँदैछौं ।&...
-
एक हातमा फूल अर्कोमा छुरी छ ऊ सँग नै अँगालिन मञ्जुरी छ टाढा हुँदा माया हुन्छ त्यसैले त सँगै हिँड्दा छुटिन कै आतुरी छ
लु जमेछ ।
ReplyDelete-------
लहरको सवारीमा रहर भेट्न खोजुन् जति
लहरले बेर्दा भन्छन् बिना खबर आँधी आयो