Sunday, December 11, 2011

एकतारे (गीत)

मैले हिँड्ने बाटोभरी कति भेटेँ चौतारो
बसुन्जेल छहारीमा म उसको उ मेरो
न म रोकिन्छु, न उ साथ हिँड्छ
सँगै हिड्ने साथी छैन तर नि छैन एक्लो

कहिले म बगर हिँडे, कहिले जघाँर तरेँ
अघि बढे पन्छाउँदै, सामु जति बाधा परे
सुस्ताउन रोकिँदा, शीतल छायाँ पाउँदा
भुलेँ एकै सुस्केरामा हिडाइका अप्ठेरो

थाहा छैन मलाई त जानु कहाँ पो छ
अगाडी हेर्दा खेरी अन्त्य हिन बाटो छ
आफ्नो भन्नु यही, पाउने मैले यत्ती
जिवन भन्नु यात्रा मेरो यही बाटो भो प्यारो

कन्चन देवकोटाको आवाजमा संगितवद्ध यो गीत सुन्नका लागि यहाँ क्लिक गर्नुहोस्

3 comments:

  1. gajjab lagyo sabin ji . song bhane rock type ko bhayachha hai

    ReplyDelete
  2. Thanks NareshJi, Kanchan has composed exactly same way I wanted..वहाँले मैले गीत लेख्दाखेरिको Mood ठ्याक्कै समातेका छन् र उही भावमा गीतमा संगीत गरेका छन् । जुनकि वहाँको शैली पनि हो, यो गीत रेकर्ड भएमा उच्चारणमा चाँही पक्कै परिमार्जन हुनेछ :)

    ReplyDelete
  3. जीवनयात्राको बयान गीतले सुन्दर ढंगले गरेको छ ।

    ReplyDelete

Popular Posts