जिन्दगीको यो कोसेली, पिरतीको यो कहानी
खुशी खोज्दै साथ रोज्दा रमाइलो भो बिरानी
आँखा बन्द हुँदा खुशी, आँखा खुले आखैँ दुःखी
सज्दै टुट्ने रहरको, आँखामा नै लाग्छ ताँती
सपनामा हाँसो छुट्दा, भिजेको छ यो सिरानी
रमाउने भुलाउने यही मन हो खुल्ला आकाश
चर्काउने दर्काउने यही मन हो घनघोर असार
मन नै हो सच्चा प्रेमी मनै हुन्छ बेइमानी
Showing posts with label Lyrics. Show all posts
Showing posts with label Lyrics. Show all posts
Tuesday, January 17, 2012
मेरा आँखा
अधरले बोली दिन्नन् मेरा मनका भाका
त्यसै दुख कहाँ पाउँछन् मेरा निश्छल आँखा
नखुलेका रहरहरू याद बनि रहे
यादहरू साथ बनि हरपल रही रहे
टुटी जाने सपनीका बिझाउँछ काडा
त्यसै दुख कहाँ पाउँछन् मेरा निश्छल आँखा
कहिले त स्वप्न अनेक उर्लि गर्छ खलबल
कहिले त आसुँको जोर परी हुन्छ सलबल
आँखाबाटै छुट्छ रहर फाल हाल्ने छाँगा
त्यसै दुख कहाँ पाउँछन् मेरा निश्छल आँखा
pic by Elzbieta_Mozyro
त्यसै दुख कहाँ पाउँछन् मेरा निश्छल आँखा
नखुलेका रहरहरू याद बनि रहे
यादहरू साथ बनि हरपल रही रहे
टुटी जाने सपनीका बिझाउँछ काडा
त्यसै दुख कहाँ पाउँछन् मेरा निश्छल आँखा
कहिले त स्वप्न अनेक उर्लि गर्छ खलबल
कहिले त आसुँको जोर परी हुन्छ सलबल
आँखाबाटै छुट्छ रहर फाल हाल्ने छाँगा
त्यसै दुख कहाँ पाउँछन् मेरा निश्छल आँखा
pic by Elzbieta_Mozyro
Sunday, December 11, 2011
एकतारे (गीत)
मैले हिँड्ने बाटोभरी कति भेटेँ चौतारो
बसुन्जेल छहारीमा म उसको उ मेरो
न म रोकिन्छु, न उ साथ हिँड्छ
सँगै हिड्ने साथी छैन तर नि छैन एक्लो
कहिले म बगर हिँडे, कहिले जघाँर तरेँ
अघि बढे पन्छाउँदै, सामु जति बाधा परे
सुस्ताउन रोकिँदा, शीतल छायाँ पाउँदा
भुलेँ एकै सुस्केरामा हिडाइका अप्ठेरो
थाहा छैन मलाई त जानु कहाँ पो छ
अगाडी हेर्दा खेरी अन्त्य हिन बाटो छ
आफ्नो भन्नु यही, पाउने मैले यत्ती
जिवन भन्नु यात्रा मेरो यही बाटो भो प्यारो
कन्चन देवकोटाको आवाजमा संगितवद्ध यो गीत सुन्नका लागि यहाँ क्लिक गर्नुहोस्
बसुन्जेल छहारीमा म उसको उ मेरो
न म रोकिन्छु, न उ साथ हिँड्छ
सँगै हिड्ने साथी छैन तर नि छैन एक्लो
कहिले म बगर हिँडे, कहिले जघाँर तरेँ
अघि बढे पन्छाउँदै, सामु जति बाधा परे
सुस्ताउन रोकिँदा, शीतल छायाँ पाउँदा
भुलेँ एकै सुस्केरामा हिडाइका अप्ठेरो
थाहा छैन मलाई त जानु कहाँ पो छ
अगाडी हेर्दा खेरी अन्त्य हिन बाटो छ
आफ्नो भन्नु यही, पाउने मैले यत्ती
जिवन भन्नु यात्रा मेरो यही बाटो भो प्यारो
कन्चन देवकोटाको आवाजमा संगितवद्ध यो गीत सुन्नका लागि यहाँ क्लिक गर्नुहोस्
Tuesday, July 26, 2011
याद (गीत)
जूनकिरी सँगै नाँच्छ तिमी याद आएपछि
दुख पिडा सबै भाग्छ तिमी याद आएपछि
गीत कुनै सुसाउँछ पवनको मिठो बोली
चन्द्रमाले चियाउँछ बादलको घुम्टो खोली
उज्यालो भै रात जाग्छ तिमी याद आएपछि
दुख पिडा सबै भाग्छ तिमी याद आएपछि
ताराको यो टिल्पिलमा छाइदिन्छ टुनामुना
मुहार उही देख्छु म त सपना हो कि विपना
वेहोशीमा दिल मात्छ तिमी याद आएपछि
दुख पिडा सबै भाग्छ तिमी याद आएपछि
दुख्दो रैछ (गीत)
काँडा भन्दा फूलको चोट अझ धेरै दुख्दो रैछ
छुँदा मात्रै पनि घाउ गहिराइमा पुग्दो रैछ
काँडालाइ त छलिदिन्छु धारिलो त्यो रूप देखि
कोमलतामा धार बोक्ने फूल चिन्ने कसो गरी
रूपरंगको मोहनीमा नजर यी चुक्दो रैछ
सिउँरिदा पराइ शिरमा कति रून्छ मालीको मन
घाउ माथी नून पर्छ मस्केर फूल हाँस्दा त झन
आफ्नोले नै घात गर्ने नियती नै हुँदो रैछ
– २०६८ श्रावण १०
छुँदा मात्रै पनि घाउ गहिराइमा पुग्दो रैछ
काँडालाइ त छलिदिन्छु धारिलो त्यो रूप देखि
कोमलतामा धार बोक्ने फूल चिन्ने कसो गरी
रूपरंगको मोहनीमा नजर यी चुक्दो रैछ
सिउँरिदा पराइ शिरमा कति रून्छ मालीको मन
घाउ माथी नून पर्छ मस्केर फूल हाँस्दा त झन
आफ्नोले नै घात गर्ने नियती नै हुँदो रैछ
– २०६८ श्रावण १०
Thursday, July 21, 2011
टाढा भएकै राम्रो (गीत)
नगाँसिने मुटुहरू आधा भएकै राम्रो
नजिक भइ दुख्नु भन्दा टाढा भएकै राम्रो
साटिएन खुशी कैले बाँकी रह्यो मात्र व्यथा
आँसुले नै मेट्ने गरी लेखिएछ हाम्रो कथा
मनका यी पाना फेरी सादा भएकै राम्रो
नजिक भइ दुख्नु भन्दा टाढा भएकै राम्रो
पिर बिसाउने काखमा काँडा विझाउन थाले
आँसु पुछ्ने हातले नै अब चोट दिन थाले
नबिर्सुँ म पिडा घाउ गाढा भएकै राम्रो
नजिक भइ दुख्नु भन्दा टाढा भएकै राम्रो
नजिक भइ दुख्नु भन्दा टाढा भएकै राम्रो
साटिएन खुशी कैले बाँकी रह्यो मात्र व्यथा
आँसुले नै मेट्ने गरी लेखिएछ हाम्रो कथा
मनका यी पाना फेरी सादा भएकै राम्रो
नजिक भइ दुख्नु भन्दा टाढा भएकै राम्रो
पिर बिसाउने काखमा काँडा विझाउन थाले
आँसु पुछ्ने हातले नै अब चोट दिन थाले
नबिर्सुँ म पिडा घाउ गाढा भएकै राम्रो
नजिक भइ दुख्नु भन्दा टाढा भएकै राम्रो
Tuesday, July 12, 2011
बाँकी धेरै छ (गीत)
साँची राख्छु आसुँहरू खप्न बाकीँ धेरै नै छ
जीन्दगीका घाउहरू सेक्न बाँकी धेरै नै छ
मध्यरातमा परेली यी नखुले त जाती हुन्थ्यो
सम्झनाको बेहोशीमा मन त्यसै माती रन्थ्यो
रंगिचंगी सपना अझै देख्न बाँकी धेरै नै छ
जोडी पाइला नहुँदैमा हिँड्न मैले छाड्नु हुन्न
पाइन्छ कहिँ खुशी धेरै खोज्न मैले थाक्नु हुन्न
अविरल छ यात्रा मेरो टेक्न बाँकी धेरै नै छ
२६ असार २०६८
जीन्दगीका घाउहरू सेक्न बाँकी धेरै नै छ
मध्यरातमा परेली यी नखुले त जाती हुन्थ्यो
सम्झनाको बेहोशीमा मन त्यसै माती रन्थ्यो
रंगिचंगी सपना अझै देख्न बाँकी धेरै नै छ
जोडी पाइला नहुँदैमा हिँड्न मैले छाड्नु हुन्न
पाइन्छ कहिँ खुशी धेरै खोज्न मैले थाक्नु हुन्न
अविरल छ यात्रा मेरो टेक्न बाँकी धेरै नै छ
२६ असार २०६८
Tuesday, June 1, 2010
एक्लो जीवन (गीत)
जून-तारा माझ पनि, किन एक्लो हुन्छ धर्ती
तिम्रो साथ नभए नि, मर्ने छैन हाम्रो प्रिती
झ्याउँकिरी गुन्गुनाउँछे, सङ्गीतमा छैन सुर
पूर्णिमा नि फिक्का लाग्छ, भए पछि तिमी दुर
गाह्रो हुँदो रैछ काट्न, दिन भन्दा अझै राती
तिम्रो साथ नभए नि मर्ने छैन हाम्रो प्रिती
भीड माझ पनि देख्छु, सँधैं तिम्रो मात्र छायाँ
एकान्तमा हुँदा झनै, घुम्छौ मेरो दायाँ-बायाँ
याद मात्र भएको छ, मेरो आज बाँच्ने साथी
तिम्रो साथ नभए नि, मर्ने छैन हाम्रो प्रिती
– २०६७ वैशाख २७ सोमबार
तिम्रो साथ नभए नि, मर्ने छैन हाम्रो प्रिती
झ्याउँकिरी गुन्गुनाउँछे, सङ्गीतमा छैन सुर
पूर्णिमा नि फिक्का लाग्छ, भए पछि तिमी दुर
गाह्रो हुँदो रैछ काट्न, दिन भन्दा अझै राती
तिम्रो साथ नभए नि मर्ने छैन हाम्रो प्रिती
भीड माझ पनि देख्छु, सँधैं तिम्रो मात्र छायाँ
एकान्तमा हुँदा झनै, घुम्छौ मेरो दायाँ-बायाँ
याद मात्र भएको छ, मेरो आज बाँच्ने साथी
तिम्रो साथ नभए नि, मर्ने छैन हाम्रो प्रिती
– २०६७ वैशाख २७ सोमबार
Subscribe to:
Posts (Atom)
Popular Posts
-
याद छ त्यो वालापनको दिन? हामी दुइ खेल्दै बगैंचामा पुगेका थियौ एउटा बुटामा ढुङ्गाले खोपेर मैले एउटा पिपलपाते आकृति कोरेको थिएँ हाँस्दै ...
-
ओ पहाडिन! तोहार हमार कौन कौन चीज मिलत है? मन मिलत है सोच मिलत है भविष्य कय योजना मिलत है नाहीँ मिलत है तो खाली ई नाम कय पिछे आय...
-
कार्यकक्षमा एकाबिहानै एकजना अपरिचित व्यक्ति आइपुगे र सिधै सोफामा विराजमान भए । "भाइ नमस्कार म फलाना" "अँ....नमस्कार सर, ब...
-
एउटा मुक्तक थियो, मनमा बसेको मान्छेको पिडा घटाउन रचेको थिएँ । एकदिन कालीदाइलाइ देखाएँ त्यो मुक्तक, मनपराउनु भयो । अनि त्यो गीतमा ढल्यो...
-
एउटा रमाइलो साँझ, धरहराको फेदमा...केही रमाइला मनहरूको साथ धरहराको फेदमै अस्ताउँदै अर्को एउटा तातो दिन म त राम्री छु :) ब्रो त ...