जून-तारा माझ पनि, किन एक्लो हुन्छ धर्ती
तिम्रो साथ नभए नि, मर्ने छैन हाम्रो प्रिती
झ्याउँकिरी गुन्गुनाउँछे, सङ्गीतमा छैन सुर
पूर्णिमा नि फिक्का लाग्छ, भए पछि तिमी दुर
गाह्रो हुँदो रैछ काट्न, दिन भन्दा अझै राती
तिम्रो साथ नभए नि मर्ने छैन हाम्रो प्रिती
भीड माझ पनि देख्छु, सँधैं तिम्रो मात्र छायाँ
एकान्तमा हुँदा झनै, घुम्छौ मेरो दायाँ-बायाँ
याद मात्र भएको छ, मेरो आज बाँच्ने साथी
तिम्रो साथ नभए नि, मर्ने छैन हाम्रो प्रिती
– २०६७ वैशाख २७ सोमबार
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
अब के? व्हाट् नेक्स्ट? समाजले सफलता भनेर ठहर्याएको एउटा मुकाममा पुगेर खुशी हुन पुगेपछि आउने मनोभाव बडो सकसपूर्ण हुने रहेछ । जिन्दगीमा अगा...
-
चिया खान बाइक रोक्न लगाएँ । पछि आउने बाइकवाला पनि रोकिए, अनि सोधे "पर्स खसेको छ कसैको?" खल्ती नछामेरै भनेँ "छैन" । अन...
-
लौ न! लौ न!! कस्तो आपत मेरो साथ लागी आयो जो माथी यी औंला उठे, उ सँगै नाम गाँसी आयो लहरको सवारीमा रहर भेट्न खोजुन् जति लहरले बेर्दा भन्छन...
-
मलाई बिहे मनपर्दैन । मैले यो भन्दा खेरि संसार रिसाओस् मतलब भएन, मेरी श्रीमति रिसाउनु भएन । खासमा मलाई बिहे मन नपरेको हैन । मन नपरेको भए ब...
-
तिमी बिनाको जब रात आउँछ भित्तालाई नि खूब बात आउँछ मिठ्ठो लाग्दैछ मलाई यो जिन्दगी आजकाल तिम्रो, मात्र याद आउँछ आँखा खोलेर सपना बिच्का...
No comments:
Post a Comment