सकारात्मक सोचले जीवन सफल बनाउँछ भन्छन् । अब देशमा भईरहेको बन्द, हड्तालका पनि सकारात्मक पक्षहरू
हेर्नु पर्ने भएको छ । कति नेता, पार्टी, वाइसिएल, युथफोर्सलाई गाली गर्नु? बन्दका फाइदाहरू पनि छन् नि ।
कसले भन्छ? बन्दले राष्ट्र अशान्त छ भनेर? काठमाडौं अहिले जति शान्त कहिले छ र? गाडीको कोलाहल छैन, धूवाँ धुलो छैन, बाटोमा आनन्दले हिँडन पाइएको छ । गोपीकृष्ण चोकमा स्वयम्भू यातायातको डर नमानि उभिन पाइया छ । शान्त छ राजधानी अहिले । आफ्नो त भक्तपुर सल्लाघारीको बास छ । ६ लेनको बाटो खन्ने डोजरले रातभरी भुइँचालो ल्याएर निद्रा खल्बलाउँथ्यो । ५ रात भयो आनन्दको निद्रा पाईएको छ । म जस्तो अल्छीलाई बन्द जस्तो आराम गर्ने अवसर अर्को कहाँ पाउनु? न घरका मान्छेबाट केही आपत्ती, न हाकिमबाट गयल भएको कारण सोधपुछ! आनन्दले सुत्यो बस!!
गर्मीको मौसम, मलाई काठमाडौका बाटाहरूमा घुम्न साह्रै रमाइलो लाग्छ । summer time र केटीहरूको dressing ! आहा!! क्या बात । तर मोटो र भद्दा ज्यानमा छोटो लुगा देख्दा मन कटक्क हुन्छ । यस्तै बन्द बेला बेलामा भइराखे त सबै केटीहरू Slim! अनि त आहा मेरो न्यूरोड दरबारमार्गको evening walk ले आँखा प्रसन्न हुन्थे । म त भन्छु US तिर पनि हामी नेपालीहरू गएर बेला बेलामा बन्द गरिराख्नुपर्छ । अनि पाउरोटी खाएर मोटाएका अमेरिकी ज्यान ठेकान लाग्थ्यो ।
बन्दको बेला टुँडिखेल, सानो गोचरन, जाउलाखेल जस्ता खेलमैदानमा मारामार हुँदैन । बिच बाटो मै फुटबल, क्रिकेट, ब्याडमिन्टन खेल्यो टेन्सन नै साफ । अलि Xtreme Sports मा रूची छ भने भिडन्त भएको ठाउँमा जाने अनि boxing, Karate, ढुंगा हान्ने, लाठी ठोकाठोक, दौड आदीमा आफ्नो दक्षता परिक्षण गर्न सकिन्छ । खेलकुद क्षेत्रमा बन्दले गरेको योगदान अमूल्य छ ।
प्रशासन सुधारका कुरा खुब पढिन्थ्यो । कमर्चारी कटौति, Right Sizing आदी इत्यादी । यस्तो बन्द हुँदै गरे त ३/४ कर्मचारी विदामा बस्थे । अब सरकारी अड्डाको काम थोरै कर्मचारीले कसरी चलाउने भन्ने अभ्यास राम्ररी हुन्थ्यो । भ्रष्टाचार पनि कम गर्छ बन्दले, सेवाग्राही मालपोत, यातायात, भन्सारमा आउनै सक्दैनन अनि कसले घुस दिने, कसले लिने??
५ दिन भयो बत्ती गएको छैन । अचम्म यो जुक्ती हाम्रा उर्जा मन्त्रीलाई किन फुरेन, उद्योग धन्दा सबै बन्द गरेपछि विद्युत खपत पनि हुँदैन लोडसेडिङ गर्न पनि परेन ।
आन्दोलनमा माउवादीले जिल्ला जिल्लाबाट मान्छे ल्याएका छन् । उनिहरूको लागि राजधानी घुम्न पाउने यो भन्दा राम्रो अवसर कहाँ पाउनु ? फ्रिमा खाने, बस्ने व्यवस्था, अनि भत्ता सहितको यो आनन्दको राजधानी भ्रमण त्यो पनि इष्टमित्र, आफन्त समेत सुनौलो अवसर दिएकै हो गाउँले दाजुभाई, दिदीबहिनीलाई पार्टीले ।
सबैभन्दा ठूलो फाईदा!
राजधानीका नागरिकले अभाव के हो भन्ने बुझ्दैछन् । आलू १५० धार्नी पुग्दा जिब्रो टोक्नेहरूले यो बुझ्छन कि देशका धेरै ठाउँमा खाद्यान्न पनि पुगेका छैन । गाडी नचलेर हिड्नु पर्दा, सराप्नेहरूले बुझ्दैछन कि मोटरबाटो नपुगेका पनि धेरै गाउँठाउँ छन् यो देशमा । खाद्यान्न, ओषधी, खानेपानी नपाएर कसरी मान्छे छट्पटिन्छन यो देशमा सबैले बुझ्दैछन...
Friday, May 7, 2010
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
एकाबिहानै आँखा खुल्यो । छामछाम छुमछुम गर्दै छेवैमा रहेको मोबाइल समातियो र टुइटर खोलिहालियो । केही दिन अगाडी लेखिएको टुइटमा रिटुइट भएको नो...
-
World's Bloggers' Day 2012 and Celebration of 1st Anniversary of Meroreport.net Some of funny captures of the day Bann...
-
लूट भयंकर चल्यो, जसको मुखमा पनि लूटका पात्र, संवाद झुन्डिएका छन् । लूट हेरेको छैन मैले भनेर भन्न पनि लाज लाग्ने अवस्था आइसक्यो अहिले । यो लु...
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
याद छ त्यो वालापनको दिन? हामी दुइ खेल्दै बगैंचामा पुगेका थियौ एउटा बुटामा ढुङ्गाले खोपेर मैले एउटा पिपलपाते आकृति कोरेको थिएँ हाँस्दै ...
very good. ani Cricket ko crage badi raheko nepal ma,, nepal varkharai matra division 3 ma junp hani sake ko team ho.. yaha ko harek nepali cricket ka fan chhan.. tara very sad yaha cricket play ground pani chhaina so banda ma hami jasta fan haru ra player haru ley khulera sadak ma ani highway ma cricket khelna pani ta paiyeako chha ni ta.
ReplyDeleteबन्द जिन्दाबाद ! हैन त ? ;-)
ReplyDelete