चाह हैन तर पनि साथ सँग विदा माँगे ।
लाग्यो शायद मैले आफ्नै साँस सँग विदा मागेँ ।।
माग्यौ वाचा विछोडको, नाईँ भन्न कहाँ सकेँ?
विदाईमा उठेका ति हात सँग विदा मागेँ ।।
नपाएको हैन तर, अघाउन सकिएन ,
अपुरा ति मेरा सबै प्यास सँग विदा मागेँ ।।
के थाहा र? खुशीसँगै, ईक्षा पनि जल्दो रैछ ।
रहर पनि सँगै जले, राख सँग विदा मागेँ ।।
जन्मे एक्लै मर्छु एक्लै, बाँच्ने पनि शायद एक्लै ।
तिमीसितै ज्युँने मर्ने आश सँग बिदा मागें ।
Wednesday, April 28, 2010
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
मलाई जिस्काउँदै मुस्कुराइ हेर्यौ मानौं जून उदायो तिम्रो दुई आँखाहरू झिल्मिल सितारा झै चम्किए एक्कासी झल्मलायो मेरो अँधेरी मन तिमी गएपछि...
-
मेरो बहिनी छैनन्, बहिनी र दाजु विचको माया कस्तो हुन्छ भन्ने पनि राम्ररी बुझ्न पाएको थिइन मैले । तर आज एउटा घटना पछि चै स्पष्ट भएँ, बहिनीका...
-
उ घरको एकमात्र छोरो, अनि सबैको प्यारो । उमेरले भर्खरै २५ बसन्त काटेको र स्थायी जागिरे भई कमाईधमाई पनि राम्रै भएको । घरको मान्छेको एउटै...
-
How lonely can a person get in a big city? Among millions of people its hard to find friend. Here are few moment I captured during my ...
-
No comments:
Post a Comment