यति डुबे तिमी भित्र साँस फेर्न भुली सकेँ ।
बाँच्छु अब सँधै त्यहीँ मरण पनि टाली सकेँ ।।
मुटुको यो चार कोठा रमाउने संसार मेरो ।
यहिँ भित्र लाग्छ मलाई, स्वर्ग नर्क डुली सकेँ
विश्वास गर ढुक्क भई , छैन बाँकी रहस्य क्यै ।
खुल्ला किताब तिम्रो लागी, पाना पाना खुली सकेँ ।।
खुशी छु म आफ्नै हारमा, तिम्रो जीत चाह मेरो।
आफैँलाई ठूलो ठान्ने अहंकार ढाली सकेँ ।।
सल्कदैछु विस्तारै म योवनको राप सँगै ।
आगोको के खाँचो भयो, स्पर्शले बली सकेँ ।।
नखोजुन् है अब मलाई, कसैले नि संसारमा
कण कणमा हराएर, तिमी सँगै घुली सकेँ ।।
जन्म नाता भन्दा पनि, मन्को नाता प्यारो मलाई ।
मात्र तिम्रै रहेँ अब, बन्धन सारा छली सकेँ ।।
२०६७ जेष्ठ १४ , शुक्रवार
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
धर्ती आकाश भुल्छु, बादल बन्छु । सुख दुख भुल्छु, पागल बन्छु ।। पैताला र शिरको भेद भुल्छु । चालमा ताल दिन्छु, पायल बन्छु ।। सोच्छु एक थरी, हुन...
-
तिमीसँग रमाउने, जीन्दगीको सार भयो । धेरै धेरै जीत अनि, अलिकति हार भयो ।। मुस्कान छ प्यारो तिम्रो, रूपरँग नै मोहनी । हेर्नलाई आफ्नै आँखा, विच...
-
१.बुझाउन मनका कुरा म कवि बनेँ स्वरूप आफ्नो भुली तिम्रो छवि बनेँ मुटु छेउ लुकेको माया कहाँ देख्यौ र बाटो तिम्रो उजेली गर्न रवि बनेँ =...
-
साँची राख्छु आसुँहरू खप्न बाकीँ धेरै नै छ जीन्दगीका घाउहरू सेक्न बाँकी धेरै नै छ मध्यरातमा परेली यी नखुले त जाती हुन्थ्यो सम्झनाको बेहोश...
No comments:
Post a Comment