अधरले बोली दिन्नन् मेरा मनका भाका
त्यसै दुख कहाँ पाउँछन् मेरा निश्छल आँखा
नखुलेका रहरहरू याद बनि रहे
यादहरू साथ बनि हरपल रही रहे
टुटी जाने सपनीका बिझाउँछ काडा
त्यसै दुख कहाँ पाउँछन् मेरा निश्छल आँखा
कहिले त स्वप्न अनेक उर्लि गर्छ खलबल
कहिले त आसुँको जोर परी हुन्छ सलबल
आँखाबाटै छुट्छ रहर फाल हाल्ने छाँगा
त्यसै दुख कहाँ पाउँछन् मेरा निश्छल आँखा
pic by Elzbieta_Mozyro
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
एकाबिहानै आँखा खुल्यो । छामछाम छुमछुम गर्दै छेवैमा रहेको मोबाइल समातियो र टुइटर खोलिहालियो । केही दिन अगाडी लेखिएको टुइटमा रिटुइट भएको नो...
-
मेरो बहिनी छैनन्, बहिनी र दाजु विचको माया कस्तो हुन्छ भन्ने पनि राम्ररी बुझ्न पाएको थिइन मैले । तर आज एउटा घटना पछि चै स्पष्ट भएँ, बहिनीका...
-
उ र म ... हामी धेरै पुरानो साथी पनि होईन, लगभग एक वर्ष भयो होला चिनजान भएको । फेसबुकबाट साथी बनेपछि एउटा कार्यक्रममा भेटघाट भएको थियो हाम्र...
-
अर्जेन्टिनामय भक्तपुर ! नम्रता र कविता साथी सन्तोष (@sapkl) ले हाइकिङ जाने हैन भनेर सोद्धासम्म जाने नजाने ठेगान लगाइसक्या थिइन । त...
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
No comments:
Post a Comment